Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुद: कुन खेल कहाँ हुँदैछन् ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुद: कुन खेल कहाँ हुँदैछन् ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ । कर्णालीमा भौगोलिक कठिनाइ र पुर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो । प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते तय गरिएको छ । तर, औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा भने सुरू भइसक्नेछ । क्रमश: अन्य खेल पनि खेलाइदै लगिने बताइएको छ । मुख्य आयोजक जिल्ला सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इनडोर र मार्शल आर्ट्सका खेलहरू सञ्चालन हुनेछन् । सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेलहरू हुनेछन् । त्यसैगरी कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेलका साथै ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ । यसबाहेक कबड्डी, आर्चरी, भारत्तोलन, ईस्पोर्ट्स र सेपाकताक्रो गरी कुल २३ खेल सुर्खेतमै सम्पन्न हुने तय भएको छ । कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेलहरू विभाजन गरिएको छ । जसअन्तर्गत दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेलहरू आयोजना गरिनेछन् । कर्णाली प्रदेशमा आवश्यक पूर्वाधार अभावका कारण प्रतियोगिताका केही खेलहरू छिमेकी लुम्बिनी प्रदेशमा समेत सञ्चालन गरिनेछ। यसअनुसार पौडी र सुटिङका खेलहरू नेपालगञ्ज (बाँके) मा आयोजना हुनेछन् भने टेनिस र खो-खोका खेलहरू बर्दियामा खेलाइने तय भएको छ । यसरी कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, ५ खेल कर्णालीका अन्य चार जिल्लामा र ४ खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा विभाजन गरेर दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न लागिएको हो । The post दशौँ राष्ट्रिय खेलकुद: कुन खेल कहाँ हुँदैछन् ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसिया कप क्रिकेटः नेपालले टस जित्यो
Latest NewsJust now

एसिया कप क्रिकेटः नेपालले टस जित्यो

काठमाडौँ। ओमानमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान विरुद्धको खेलमा नेपाललले ‘टस’ जितेको छ । ओमानको ए आई अमेरत क्रिकेट मैदानमा भएको टसमा नेपालले आफ्नो समूह चरणको अन्तिम पाकिस्तान विरुद्धको खेलमा टस जितेर पहिला ‘फिल्डिङ’ रोजेको हो । त्यसअनुरुप अब पाकिस्तानले पहिला ‘ब्याटिङ’ गर्नेछ । नेपाल एसिया कपबाट यसअघि नै बाहिरिसकेको छ । लगातार दुई खेलमा हार बेहोरेपछि ...

नेपालन्युज
एनपीएलका चार खेल खेलेर स्वदेश फर्किए डेभिड वार्नर
Latest NewsJust now

एनपीएलका चार खेल खेलेर स्वदेश फर्किए डेभिड वार्नर

काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन् । काठमान्डु गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनी स्वदेश फर्किएको जानकारी दिएका हुन् । केसीले वार्नरको योगदानको प्रशंसा गर्दै सुरक्षित यात्राको शुभकामना दिएका छन् । साथै, आगामी दिनमा पुन: भेट हुने अपेक्षासमेत व्यक्त गरेका छन् । वार्नरले एनपीएलमा ...

कर्पोरट खबर
१२७ रन बनाउँदै नेपालबाट फर्किए डेभिड वार्नर
Latest NewsJust now

१२७ रन बनाउँदै नेपालबाट फर्किए डेभिड वार्नर

काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन्। काठमान्डु गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनी स्वदेश फर्किएको जानकारी दिएका हुन्। केसीले वार्नरलाई सुरक्षित यात्राको शुभकामना दिँदै टोली र नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्। साथै, भविष्यमा पुनः भेट हुने अपेक्षासमेत व्यक्त गरेका छन्। वार्नरले एनपीएलमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play