काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन्। काठमान्डु गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनी स्वदेश फर्किएको जानकारी दिएका हुन्। केसीले वार्नरलाई सुरक्षित यात्राको शुभकामना दिँदै टोली र नेपाली क्रिकेटमा पुर्याएको योगदानको प्रशंसा गरेका छन्। साथै, भविष्यमा पुनः भेट हुने अपेक्षासमेत व्यक्त गरेका छन्। वार्नरले एनपीएलमा काठमान्डु गोर्खाजका लागि चार खेल खेल्दै कुल १२७ रन बनाएका थिए। रोचक संयोग के छ भने उनले खेलेका चारवटै खेलमा काठमान्डु गोर्खाज विजयी भएको थियो। चार खेलमै टोलीलाई जित दिलाउने संयोगसहित वार्नरले आफ्नो छोटो एनपीएल यात्रा टुङ्ग्याएका छन्। उनको उपस्थितिले टोलीको ब्याटिङमा अनुभव र मजबुती थपेको थियो।
१२७ रन बनाउँदै नेपालबाट फर्किए डेभिड वार्नर

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






