मतदाताले अस्वीकार गरेका राष्ट्रपति या त आफ्नो अडानबाट पछि हट्न सक्छन् या आफू झुक्न तयार छैनन् भन्ने देखाउन सक्छन्। डोनाल्ड ट्रम्पले दोस्रो विकल्प रोजेका छन्। यस निर्णयले उनको अन्तिम प्राथमिकताबारे केही महत्त्वपूर्ण कुरा उजागर गरेको छ, जुन दुई वर्षको अस्तव्यस्त शासनकालमा ओझेलमा परेको थियो। उपराष्ट्रपति जेडी भान्सले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको ठूलो पराजयको दोष इरान युद्धलाई दिएका छन्। त्यसमा उनले जीवनयापनको बढ्दो लागत, मुद्रास्फीति र इजरायलसँगको सम्बन्धलाई पनि जोड्छन्। ट्रम्प स्वयंले पनि ‘इरान त्यसको एउटा हिस्सा थियो’ भनेर स्वीकार गरेका छन्। बाहिरका आलोचकहरूले भ्रष्टाचारलाई औँल्याएका छन्। देशका नागरिकले इन्धन र खाद्यान्नका लागि बढी मूल्य तिरिरहेका बेला सत्तामा रहेको एउटा परिवार थप धनी बन्दै गएको दृश्यलाई उनीहरूले प्रश्नको घेरामा राखेका छन्। मतदाताले उनको प्रशासनका कामकारबाहीलाई मात्र होइन, त्यसको समग्र चरित्रलाई नै अस्वीकार गरेका थिए। मतदाताको फैसलाको जवाफ दिन ट्रम्पले आफ्ना प्रमुख कर्मचारीमध्ये सम्भवतः सबैभन्दा अलोकप्रिय व्यक्तिलाई पदोन्नति गरे । यी व्याख्या गलत होइनन्। तर निर्वाचनपछि ट्रम्पले चालेको पहिलो कदमले उनको प्रशासनका अधिकारीहरूले खुलस्त भन्न नसकेको एउटा कुरातर्फ संकेत गर्छ। मतदाताले उनको प्रशासनका कामकारबाहीलाई मात्र होइन, त्यसको समग्र चरित्रलाई नै अस्वीकार गरेका थिए। मतदाताको फैसलाको जवाफ दिन ट्रम्पले आफ्ना प्रमुख कर्मचारीमध्ये सम्भवतः सबैभन्दा अलोकप्रिय व्यक्तिलाई पदोन्नति गरे । त्यो पनि अलोकप्रिय व्यक्तिहरूको कमी नभएको प्रशासनमा। ती व्यक्ति हुन्, स्टिफन मिलर। शासन सञ्चालनमा मिलरको निर्णायक भूमिका यो नियुक्ति किन महत्त्वपूर्ण छ भने ट्रम्प परम्परागत अर्थमा शासन सञ्चालन गर्ने राष्ट्रपति होइनन्। उनी अध्यक्षता गर्छन्, राजनीतिक प्रदर्शन गर्छन् र प्रशासन चलाउने काम अरूलाई सुम्पन्छन्। यस्तो राष्ट्रपतिका लागि चिफ अफ स्टाफ अर्थात् प्रमुख स्वकीय प्रशासनिक अधिकारी केवल सहयोगी हुँदैनन्। उनी एक प्रकारका प्रधानमन्त्रीसरह हुन्छन्। सुसी वाइल्सले ट्रम्प प्रशासनको दैनिक सञ्चालनको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। अब ट्रम्प पहिलेभन्दा पनि कम संलग्न रहने संकेत देखिएकाले मिलरले अन्ततः देशको शासन सञ्चालनमा निर्णायक प्रभाव जमाउन सक्छन्। उनले आप्रवासन नियन्त्रण अभियान चलाएजस्तै सरकार चलाउने सम्भावना छ- कार्यकारी आदेशमार्फत, कानुनलाई शासनको सीमाका रूपमा नभई पार गर्नुपर्ने अवरोधका रूपमा व्यवहार गर्दै। मिलरको प्रत्यक्ष सम्बन्ध इरान युद्धको विफलता, बढ्दो मूल्यवृद्धि वा भ्रष्टाचारसँग छैन। उनले भन्सार शुल्कसम्बन्धी नीति बनाएका होइनन्, न त कुनै क्रिप्टोकरेन्सीसम्बन्धी बोर्डमा बसेका छन्। उनी ट्रम्पका प्रमुख निर्वासन रणनीतिकार हुन्। कागजातविहीन आप्रवासीलाई पहिचान गर्ने र देशबाट निष्कासन गर्ने अभियानको प्रमुख अनुहारका रूपमा उनले त्यसलाई अहिलेको स्वरूपमा पुर्याएका छन्। मिलरले दैनिक तीन हजार पक्राउको लक्ष्य निर्धारण गरे र अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) लाई आपराधिक अभिलेख भएका व्यक्तिमा मात्र सीमित नरही कागजातविहीन जोकोहीलाई पक्राउ गर्न दबाब दिए। सयौँ निर्वासित व्यक्तिलाई उनीहरूले पहिले कहिल्यै नदेखेका अफ्रिकी देशहरूमा विमानबाट पुर्याइयो र त्यहाँ कुनै आरोपसमेत नलगाई हिरासतमा राखियो। यो मिलरले निर्माण गरेको दमनकारी संयन्त्र हो। यसको परिणाम अमेरिकाले हालैका दशकमा विरलै देखेको प्रहरी कारबाहीको स्वरूपमा देखा पर्यो। पहिचान खुल्ने चिह्न नभएका सवारीसाधनमा आएका, अनुहारमा मास्क लगाएका संघीय एजेन्टहरूले आफ्नो परिचय नदिई र पक्राउ पुर्जी नदेखाई सडकबाटै मानिसहरूलाई नियन्त्रणमा लिन थाले। यस अभियानको मारमा अमेरिकी नागरिकसमेत परे। मिनियापोलिसमा रेनी गुड र एलेक्स प्रेटी संघीय एजेन्टको गोलीबाट मारिए। सयौँ निर्वासित व्यक्तिलाई उनीहरूले पहिले कहिल्यै नदेखेका अफ्रिकी देशहरूमा विमानबाट पुर्याइयो र त्यहाँ कुनै आरोपसमेत नलगाई हिरासतमा राखियो। यो मिलरले निर्माण गरेको दमनकारी संयन्त्र हो। त्यसका उत्साही सञ्चालक अहिले अमेरिकाको सबैभन्दा शक्तिशाली गैरनिर्वाचित पदमा पुगेका छन्। मतदाताको असन्तुष्टिबीच विवादास्पद नियुक्ति मतदाताले यस दमनकारी संयन्त्रबारे आफ्नो फैसला सुनाइसकेका थिए। एक्जिट पोलमा सहभागी दस जनामध्ये छ जनाले आईसीईको कार्यशैलीप्रति असहमति जनाएका थिए। हिस्पैनिक मतदाताले डेमोक्र्याटिक पार्टीलाई रिपब्लिकन पार्टीको तुलनामा झन्डै दुई गुणा बढी समर्थन गरेका थिए। मिलरको नियुक्तिपछि रिपब्लिकन सिनेटर थोम टिलिसले यसलाई ‘सम्भव सबै विकल्पमध्ये सबैभन्दा खराब’ निर्णय भने। नयाँ डेमोक्र्याटिक बहुमतसँग सम्बन्ध सुधार्ने संकेतका रूपमा यति विभाजनकारी व्यक्तिलाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने प्रश्नसमेत उनले उठाए। मानौँ, ट्रम्पको उद्देश्य त्यस्तो सम्बन्ध सुधार्नु नै थियो। ट्रम्पले कारण र परिणामबीचको सम्बन्ध नबुझेका होइनन्। उनले त्यसैअनुसार निर्णय गरेका हुन्। मतदातालाई थप आक्रोशित नबनाई मिलरलाई पदोन्नति गर्न चाहेको भए उनले एक महिना पर्खन सक्थे। तर मध्यावधि निर्वाचनमा ठूलो पराजय बेहोरेको तीन दिनपछि नै उनले नियुक्तिको घोषणा गरे। त्यतिबेला सञ्चारमाध्यमका पर्दामा एक्जिट पोलका नतिजा छाइरहेका थिए। नियुक्तिको समय आफैँमा एउटा सन्देश थियो। ट्रम्पले मिलरलाई ‘राजनीतिक रूपमा निकै राम्रो’ रहेको व्यक्तिका रूपमा वर्णन गरे। राजनीतिक रूपमा यति ठूलो मूल्य चुकाउन तयार हुनुले उनको यस अभियानप्रतिको प्रतिबद्धताको गहिराइ देखाउँछ। सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोर्न सक्ने क्षति यस निर्णयको अनुमान गर्न सकिने मूल्य हो। त्यो मूल्य चुकाएर ट्रम्पले देशलाई आफ्नो प्राथमिकताको स्पष्ट संकेत दिएका छन्। सामूहिक निर्वासनको यो उन्मत्त अभियान उनका लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा उनले देखाएका छन्-कांग्रेसभन्दा बढी, आफ्नै पार्टीको भविष्यभन्दा बढी र सन् २०२४ मा आफूलाई समर्थन गर्न आग्रह गरेका हिस्पैनिक मतदाताभन्दा पनि बढी। राजनीतिक रूपमा यति ठूलो मूल्य चुकाउन तयार हुनुले उनको यस अभियानप्रतिको प्रतिबद्धताको गहिराइ देखाउँछ। यसको प्रमाण त्यही दिन दिउँसो देखिएको थियो। नियुक्तिको घोषणा हुनुभन्दा केही समयअघि ट्रम्पले समाचार कार्यक्रम ‘६० मिनेट’ लाई दिएको अन्तर्वार्तामा निर्वासनसम्बन्धी नीति ‘सायद अत्यधिक कठोर हुन सक्छ’ भनेका थिए। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका कामदारलाई बस्न दिने विषयमा डेमोक्र्याटहरूसँग सम्झौता गर्न सकिने प्रस्तावसमेत उनले राखेका थिए। तर त्यसको केही समयपछि उनले आफूले सम्भावित रूपमा अस्वीकार गरेको नीतिका प्रमुख योजनाकारलाई नै ह्वाइट हाउसको शक्तिशाली पदमा पुर्याए। यसमा कुनै विरोधाभास थिएन। उनका शब्दहरू अन्तर्वार्ताकारका लागि थिए; नियुक्ति भने मतदातालाई गरिएको अपमान थियो। उनले समस्याको पहिचान स्वीकार गरे, तर त्यसको समाधान अस्वीकार गरे। त्यो पनि एउटै दिनमा। ट्रम्पको राजनीतिक हिसाब र मिलरप्रतिको भरोसा यस नियुक्तिले ट्रम्पको कथित ‘लेनदेनमुखी’ राजनीतिक शैलीका सीमासमेत उजागर गर्छ। लेनदेनमुखी राजनीतिज्ञले आफूलाई घाटा पुर्याउने वस्तु वा व्यक्तिलाई त्याग्छ। कुनै व्यक्ति वा नीतिले लाभ दिन छाडेपछि त्यसलाई पन्छाउनु उसको स्वाभाविक निर्णय हुन्छ। ट्रम्पले विगतमा धेरैलाई त्यसरी नै हटाएका छन्- सेनापति, वकिल, मन्त्रिपरिषद्का सदस्य र आफ्नो पहिलो कार्यकालमा लगभग हरेक वर्ष परिवर्तन गरेका चिफ अफ स्टाफसमेत। शुद्ध चुनावी हिसाबले हेर्दा मिलर अब ट्रम्पका लागि लाभभन्दा हानि बढी पुर्याउन सक्ने राजनीतिक पात्र हुन्। उनलाई पदोन्नति गर्नु सामान्य लेनदेनको निर्णय होइन। यो चुनावी राजनीतिका स्थापित हिसाबकिताबसँग पनि मेल खाँदैन। मिलरलाई ‘मागा आन्दोलनको वैचारिक इड’ भनिएको छ। ट्रम्पले कुनै रणनीतिकारलाई मात्र पदोन्नति गरेका होइनन्। यो निर्णयलाई ट्रम्पले बाँकी दुई वर्ष कसरी बिताउने भन्ने रणनीतिक हिसाबका रूपमा पनि बुझ्न सकिँदैन। ट्रम्प निरन्तर समाचार चक्रमा बाँच्छन्। निर्वाचनको रातको समाचार चक्रले उनलाई अपमानित गरेको थियो । मतदाताले लोकतान्त्रिक प्रक्रियामार्फत आफ्नो प्रशासनबारे आफ्नो धारणा स्पष्ट रूपमा सुनाइसकेका थिए। मिलरको नियुक्ति त्यसको आवेगपूर्ण जवाफ थियो। ट्रम्पले मतदातासँग हिसाब चुक्ता गर्न खोजे- त्यस्तो एक मात्र प्रतिद्वन्द्वीसँग, जसलाई उनी जागिरबाट हटाउन, मुद्दा लगाउन वा देशबाट निष्कासन गर्न सक्दैनन्। उनले त्यसको जवाफ एउटै तरिकाले दिए: मतदाताको फैसलाले आफूलाई परिवर्तन गर्न नसकेको देखाएर। मिलरलाई ‘मागा आन्दोलनको वैचारिक इड’ भनिएको छ। ट्रम्पले कुनै रणनीतिकारलाई मात्र पदोन्नति गरेका होइनन्। उनले आफ्नै राजनीतिक आवेग र दमनकारी इच्छाको प्रतिनिधित्व गर्ने त्यस ‘इड’लाई पदोन्नति गरेका हुन्। आप्रवासन नीतिको पछाडि राष्ट्रिय पहिचानको प्रश्न त्यसो भए ट्रम्पले वास्तवमा केको रक्षा गरिरहेका छन्? मिलरले यसबारे आफ्नो धारणा स्पष्ट पारिसकेका छन्। उनको विचारमा आप्रवासनले विदेशी संस्कृति र विश्वास प्रणालीलाई अमेरिकाभित्र प्रवेश गराउँछ। लाखौँ मानिसलाई निष्कासन नगरिए अमेरिकाको राष्ट्रिय चरित्र अपरिवर्तनीय रूपमा बदलिने उनको तर्क छ। अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई नागरिकता दिने संवैधानिक व्यवस्थालाई सीमित गर्न पनि उनले काम गरेका छन्। अमेरिकामा जन्मिएका व्यक्तिले नागरिकता प्राप्त गर्ने जन्मसिद्ध नागरिकताको सिद्धान्त अमेरिकी संविधानको एउटा महत्त्वपूर्ण प्रत्याभूति हो। मिलरले अघि बढाएको अभियानको मूल प्रश्न कसले आप्रवासन कानुन उल्लङ्घन गरेको छ भन्ने मात्र होइन। वास्तविक प्रश्न अमेरिकामा को बस्न पाउने र कसलाई अमेरिकी समाजको सदस्यका रूपमा स्वीकार गर्ने भन्ने हो। यस अभियानको सन्देश सरकारले कानुनी रूपमा देशनिकाला गर्न सक्ने व्यक्तिहरूमा मात्र सीमित छैन। लाखौँ अमेरिकी नागरिकलाई समेत यसले एउटा सन्देश दिइरहेको छ- तपाईंसँग आवश्यक कागजात हुन सक्छन्, तर यस देशमा तपाईंको उपस्थितिको वैधतामाथि प्रश्न उठाउन सकिन्छ। ट्रम्प जनताको असन्तुष्टिबारे अनभिज्ञ छैनन्। जनताले स्पष्ट रूपमा अस्वीकार गरिसकेको कठोर नीतिबाट पछि हट्नुको सट्टा उनले अमेरिकाको बहुजातीय लोकतन्त्रलाई कमजोर पार्ने हिंसात्मक अभियानका प्रमुख योजनाकारलाई सत्ताको केन्द्रमा स्थापित गरेका छन्। रिपब्लिकन पार्टीको भविष्य र ट्रम्पको प्राथमिकता मिलरको पदोन्नतिले रिपब्लिकनहरूलाई आफ्नो राजनीतिक भविष्य ट्रम्पका लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा पनि बताउँछ। दिवंगत सिनेटर लिन्डसे ग्राहमले यसै वर्षको सुरुतिर आफ्ना सहकर्मीहरूलाई चेतावनी दिएका थिए: ‘डोनाल्ड ट्रम्पलाई स्टिफन मिलर उनका लागि बोझ हुन् भनेर मनाउन सकिन्छ भन्ने विश्वास गर्ने मेरा सहकर्मीहरूलाई शुभकामना।’ उनीहरूले मतदातालाई फेरि विश्वास दिलाउनुपर्नेछ, जबकि ट्रम्पले भर्खरै उनीहरूलाई टाढा धकेल्ने नीतिका प्रमुख योजनाकारलाई आफ्नो प्रशासनको नेतृत्वमा पुर्याएका छन्। सन् २०२८ मा चुनाव जित्न रिपब्लिकनहरूले ट्रम्पको यही नीतिका कारण पार्टीबाट टाढिएका हिस्पैनिक मतदातालाई फेरि आफ्नो पक्षमा ल्याउनुपर्नेछ। तर ट्रम्प स्वयं त्यस निर्वाचनमा उम्मेदवार हुने छैनन्। उम्मेदवार रिपब्लिकनहरू हुनेछन्। उनीहरूले मतदातालाई फेरि विश्वास दिलाउनुपर्नेछ, जबकि ट्रम्पले भर्खरै उनीहरूलाई टाढा धकेल्ने नीतिका प्रमुख योजनाकारलाई आफ्नो प्रशासनको नेतृत्वमा पुर्याएका छन्। यस्तो अवस्थामा उनीहरूलाई शुभकामना दिनुबाहेक के नै भन्न सकिन्छ र? ब्रुकिङ्स इन्स्टिच्युसनका बिल गाल्स्टनले मिलरको नियुक्तिलाई अमेरिकी जनताप्रतिको अपमान भनेका छन्। तर यो नियुक्ति अपमान मात्र होइन, एउटा स्वीकारोक्ति पनि हो । पराजयको क्षणमा मानिसले आफूले त्याग्न नसक्ने कुराको वास्तविक महत्त्व प्रकट गर्छ। सैद्धान्तिक रूपमा ट्रम्पले युद्ध त्याग्न सक्थे, भन्सार शुल्कसम्बन्धी नीति बदल्न सक्थे, यहाँसम्म कि आर्थिक लाभका अवसरसमेत छाड्न सक्थे। तर उनले आफ्नो राजनीतिक परियोजनाको नैतिक पतन त्याग्न सकेनन् । अन्ततः यही त्यो दुर्ग हो, जसको रक्षा उनी अन्तिम समयसम्म गर्नेछन्। (स्टिफन होम्स ‘न्युयोर्क विश्वविद्यालय स्कुल अफ ल’का प्राध्यापक हुन्। उनी इभान क्रास्टेभसँग मिलेर लेखिएको द लाइट द्याट फेल्ड: अ रेकनिङ-पेन्गुइन बुक्स, २०१९ का सहलेखक हुन्।) -प्रतिलिपि अधिकार: प्रोजेक्ट सिन्डिकेट, २०२६
ट्रम्पले किन रोजे स्टिफन मिलर?

Read Complete Original Article
Published originally on नेपालन्युज






