Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

अब लाइनमा बस्न नपर्ने, सिभिल हस्पिटलको अपोइन्टमेन्ट घरबाटै

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब लाइनमा बस्न नपर्ने, सिभिल हस्पिटलको अपोइन्टमेन्ट घरबाटै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) ले बिरामीलाई घरबाटै ओपीडी टिकट लिन सकिने अनलाइन अपोइन्टमेन्ट सेवा सुरु गरेको छ। अस्पतालले सामाजिक सञ्जालमार्फत नयाँ सेवा सञ्चालनमा ल्याएको जानकारी दिँदै अब बिरामीले घरमै बसेर सात दिनअघिसम्मको अपोइन्टमेन्ट बुक गर्न र आफूले चाहेको चिकित्सकसँग जाँच गराउने पालो सुरक्षित गर्न सक्ने जनाएको छ। नयाँ सेवाबाट अस्पताल पुगेर टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ। यसअघि मिडासले विकास गरेको ‘सिभिल सर्भिस हस्पिटल नेपाल’ एपमा भने अनलाइन अपोइन्टमेन्ट बुकिङको सुविधा उपलब्ध थिएन। अस्पतालले आफ्नो वेबसाइटमा एन्ड्रोइड प्रयोगकर्ताका लागि ‘सीएसएच’ नामक नयाँ मोबाइल एपको एपीके लिंक राखेको छ। एप डाउनलोड नगरी वेबसाइटबाटै पनि अपोइन्टमेन्ट बुक गर्न सकिने व्यवस्था गरिएको छ। मोबाइल नम्बर प्रयोग गरेर अनलाइन प्रणालीमा लगइन गर्न सकिन्छ। लगइनपछि बिरामीले आफ्नो नाम, लिङ्ग, उमेर र स्वास्थ्य समस्या उल्लेख गरी सम्बन्धित विभाग छनोट गर्नुपर्छ। त्यसपछि टोकन लिने विकल्प देखिन्छ। अस्पतालले सात दिनपछिसम्मको अपोइन्टमेन्ट लिन सकिने बताए पनि वेबसाइटमा भने मिति छनोट गर्ने विकल्प स्पष्ट रूपमा देखिएको छैन। अनलाइन बुकिङ प्रणालीमा निजामती कर्मचारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै विकल्प राखिएको छ। निजामती कर्मचारीले आफ्नो सङ्केत नम्बर (पीआईएस) प्रविष्ट गरी प्रमाणीकरण गर्नुपर्ने हुन्छ भने सर्वसाधारणले मोबाइल नम्बर प्रयोग गरेर प्रक्रिया अघि बढाउन सक्छन्। दर्ताका क्रममा मोबाइलमा नागरिक एप वा एसएमएसमार्फत ६ अङ्कको ओटीपी कोड प्राप्त हुन्छ। पहिलो पटक दर्ता गर्दा प्रयोगकर्ताले आफ्नो विवरणसहित परिवारका अन्य पाँच जनासम्मको विवरण थप्न सक्ने व्यवस्था छ। यसरी परिवारका बढीमा छ जनाको पारिवारिक स्वास्थ्य परिचयपत्र बनाउन सकिन्छ। बिरामीले आफ्नो स्वास्थ्य समस्या वा लक्षण नेपाली, अङ्ग्रेजी वा रोमन लिपिमा टाइप गरेर सम्बन्धित विभाग वा चिकित्सक छनोट गर्न सक्छन्। विवरण पुष्टि गरेपछि प्रणालीमा नेपालपे क्यूआर कोड उपलब्ध हुन्छ। उक्त क्यूआर कोड स्क्यान गरी १५ मिनेटभित्र भुक्तानी गरिसक्नुपर्छ। तोकिएको समयमा भुक्तानी नभए बुकिङ स्वतः रद्द हुने अस्पतालले जनाएको छ। भुक्तानी पूरा भएपछि डिजिटल टिकट वा टोकन डाउनलोड गर्न सकिन्छ। अस्पतालमा आफ्नो पालो कहिले आउँछ भन्ने जानकारी नागरिक एपमार्फत हेर्न र ट्र्याक गर्न सकिने व्यवस्था पनि गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना
Latest NewsJust now

अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७ आरम्भ भएको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ओलीले मौलिक परम्परा, प्रकृतिप्रेम... ...

रातोपाटी
नेपाल संवतकाे राष्ट्रिय पहिचान
Latest NewsJust now

नेपाल संवतकाे राष्ट्रिय पहिचान

नेपाल संवत् ११४७ सुरु भएको छ। काठमाडौंको वसन्तपुरदेखि ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल र देशका विभिन्न स्थानमा नयाँ वर्षको स्वागत गरिएको छ। नेवार समुदायले परम्परागत बाजागाजा, सांस्कृतिक झाँकी, र्‍याली र शुभकामना आदानप्रदानमार्फत न्हूदँ भिन्तुना मनाइरहेको छ। घरघरमा म्हः पूजा हुँदैछ। पुरानो वर्षलाई बिदा गरेर नयाँ वर्षमा प्रवेश गर्ने यो दिन नेवार समुदायका लागि केवल पात्रो फेरिने अवसर होइन, आफ्नो इतिहास, संस्कृति, ...

नेपालन्युज
महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ
Latest NewsJust now

महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाब सामना गरिरहेका युद्धमन्त्री पीट हेग्सेथको बचाउ गरेका छन्। उनले हेग्सेथले दुई युद्ध जितेको दाबी गर्दै महाभियोगको पहल गर्ने रिपब्लिकन... ...

रातोपाटी
११४७ वर्षदेखि निरन्तर प्रचलनमा रहेको राष्ट्रिय संवत्ले पाठ्यक्रमदेखि नोटसम्म स्थान पाउनुपर्ने माग
Latest NewsJust now

११४७ वर्षदेखि निरन्तर प्रचलनमा रहेको राष्ट्रिय संवत्ले पाठ्यक्रमदेखि नोटसम्म स्थान पाउनुपर्ने माग

• नेपाल संवतको संरक्षण र विकासमा राज्यले पर्याप्त ध्यान नदिएको भन्दै शंखधर साख्वाः प्रतिष्ठानले विशेष नीति बनाउनुपर्ने माग गरेको छ। • नेपाल संवतलाई सम्पूर्ण नेपालीको साझा सम्पत्ति मान्दै यसको ऐतिहासिक र सामाजिक महत्वको बारेमा नयाँ पुस्तालाई जानकारी गराउन विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। • नेपाल संवतको प्रयोग विस्तार गर्न र यसको महत्वलाई पुनः स्थापित गर्न विभिन्न ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play