Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवतकाे राष्ट्रिय पहिचान

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवतकाे राष्ट्रिय पहिचान
Photo / Coverage: नेपालन्युज

नेपाल संवत् ११४७ सुरु भएको छ। काठमाडौंको वसन्तपुरदेखि ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल र देशका विभिन्न स्थानमा नयाँ वर्षको स्वागत गरिएको छ। नेवार समुदायले परम्परागत बाजागाजा, सांस्कृतिक झाँकी, र्‍याली र शुभकामना आदानप्रदानमार्फत न्हूदँ भिन्तुना मनाइरहेको छ। घरघरमा म्हः पूजा हुँदैछ। पुरानो वर्षलाई बिदा गरेर नयाँ वर्षमा प्रवेश गर्ने यो दिन नेवार समुदायका लागि केवल पात्रो फेरिने अवसर होइन, आफ्नो इतिहास, संस्कृति, भाषा र सामूहिक पहिचानलाई पुनः स्मरण गर्ने दिन पनि हो। तर नेपाल संवतको कथा नयाँ वर्षको उल्लास र सांस्कृतिक उत्सवमा मात्रै सीमित छैन। यसको इतिहासमा सामाजिक न्यायको एउटा चर्चित प्रसङ्ग जोडिएको छ। गरिब जनताको ऋणमोचन गराएर नयाँ संवत् चलाएको मानिने शङ्खधर साख्वाको कथा यससँग सम्बन्धित छ। राज्यले लामो समयसम्म बेवास्ता गरेको मौलिक संवतलाई राष्ट्रिय पहिचान दिलाउन भएको आन्दोलन पनि यसको इतिहासको अर्को महत्त्वपूर्ण अध्याय हो। राष्ट्रिय विभूतिको सम्मान, राष्ट्रिय संवत्को मान्यता र सरकारी कागजातमा यसको प्रयोग गर्ने निर्णयले नेपाल संवतलाई राज्यको औपचारिक पहिचानसँग जोडेको छ। बैंक, विद्यालय, विश्वविद्यालय, अदालत, स्थानीय तह, व्यापारिक कारोबार र सार्वजनिक सेवामा यसको प्रयोग कति प्रभावकारी छ भन्ने प्रश्न अझै बाँकी छ। यस वर्षको उत्सवसँगै एउटा पुरानो प्रश्न फेरि उठेको छ। नेपालकै नामबाट नामकरण भएको संवत्ले राष्ट्रिय मान्यता पाएको छ, तर राष्ट्रिय जीवनको दैनिक अभ्यासमा यो कति स्थापित भएको छ? सरकारी कार्यालयका कागजातमा विक्रम संवतसँगै नेपाल संवत् उल्लेख गर्ने निर्णय भए पनि बैंक, विद्यालय, विश्वविद्यालय, अदालत, स्थानीय तह, व्यापारिक कारोबार र सार्वजनिक सेवामा यसको प्रयोग कति प्रभावकारी छ भन्ने प्रश्न अझै बाँकी छ। नेपाल संवत् ११४७ को सुरुवातले यही बहसलाई फेरि अगाडि ल्याएको छ। नेपाल संवत् केवल नेवार समुदायको चाडपर्वसँग जोडिएको पात्रो हो कि सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो? यसको राष्ट्रिय मान्यताको अर्थ सरकारी निर्णयमा नाम उल्लेख हुनु मात्रै हो कि राज्यको संस्थागत व्यवहारमा समेत यसको स्थान सुनिश्चित हुनु हो? मौलिक संवत्को संरक्षण गर्ने जिम्मेवारी समुदायको मात्रै हो कि राज्यले पनि त्यसलाई व्यवहारमा उतार्नुपर्छ? यी प्रश्नको उत्तर खोज्न नेपाल संवत्को इतिहास, यसको सांस्कृतिक महत्त्व, म्हः पूजाको दर्शन, राष्ट्रिय मान्यताका लागि भएको आन्दोलन र सरकारी प्रयोगको वर्तमान अवस्थालाई एकैसाथ हेर्न आवश्यक छ। ऋणमोचनको ऐतिहासिक कथा नेपाल संवतको सुरुवातबारे प्रचलित ऐतिहासिक मान्यतामा शङ्खधर साख्वाको नाम अग्रस्थानमा आउँछ। जनश्रुति र परम्परागत इतिहासअनुसार लिच्छविकालीन राजा राघवदेवको शासनकालमा कान्तिपुरका व्यापारी शङ्खधर साख्वाले गरिब जनताको ऋण तिरिदिएर उनीहरूलाई ऋणमुक्त बनाएका थिए। त्यही सामाजिक कार्यको स्मरणमा नयाँ संवत् सुरु भएको मान्यता नेवार समुदायमा पुस्तौँदेखि प्रचलित छ। ऋण तिर्न नसक्दा परिवार र पुस्तौँसम्म आर्थिक बोझमा पर्न सक्ने अवस्थाबाट मानिसलाई मुक्त गराउनु सामान्य दान वा परोपकारभन्दा फरक सामाजिक हस्तक्षेपका रूपमा व्याख्या गरिन्छ। यस कथाको केन्द्रमा एउटा व्यापारीको सम्पत्ति वा व्यक्तिगत प्रतिष्ठा होइन, ऋणमा डुबेका मानिसलाई मुक्त गराउने सामाजिक कार्य छ। तत्कालीन समाजमा ऋणले मानिसको जीवन, श्रम र स्वतन्त्रतामाथि पार्ने प्रभाव आजको भन्दा कम थिएन। ऋण तिर्न नसक्दा परिवार र पुस्तौँसम्म आर्थिक बोझमा पर्न सक्ने अवस्थाबाट मानिसलाई मुक्त गराउनु सामान्य दान वा परोपकारभन्दा फरक सामाजिक हस्तक्षेपका रूपमा व्याख्या गरिन्छ। नेपाल संवत् ११४७ का अवसरमा हेटौँडामा आयोजित शुभकामना र्‍याली। शङ्खधर साख्वाको यही योगदानलाई नेपाल संवत्को सामाजिक आधारका रूपमा प्रस्तुत गरिन्छ। नयाँ संवत् सुरु हुनुको पछाडि जनताको आर्थिक मुक्ति र नयाँ जीवनको सुरुवात जोडिएको कथाले यसलाई अरू पात्रोभन्दा विशिष्ट सांस्कृतिक अर्थ दिएको छ। नयाँ वर्षको सुरुवातलाई केवल समयको गणनासँग होइन, समाजको नयाँ आरम्भसँग पनि जोडिएको मानिन्छ। नेपाल संवत्को सुरुवात लिच्छविकालीन राजा राघवदेवको शासनकालसँग जोडिन्छ। परम्परागत विवरणमा यसको प्रारम्भ इस्वी संवत् ८८० र विक्रम संवत् ९३७ आसपास भएको उल्लेख पाइन्छ। त्यस आधारमा अहिले नेपाल संवत् ११४७ सुरु भएको हो। नेपालको नामबाट यसको नामकरण भएको तथ्यले पनि यसलाई देशको ऐतिहासिक पहिचानसँग जोडेको छ। तर शङ्खधर साख्वाले नै संवत् सुरु गराएका हुन् भन्ने विषयमा ऐतिहासिक प्रमाणको व्याख्या एकरूप छैन। संवत्को प्रारम्भ र लिच्छविकालीन अभिलेखको गणनाबारे इतिहासकार तथा लिपिविज्ञबीच फरक मत देखिन्छ। लिपिविज्ञ श्यामसुन्दर राजवंशीले नेपालमा प्रचलित संवत् र अभिलेखको मिति गणनाबारे उठेका प्रश्नमा शिलालेख, तिथि र गणितीय आधारलाई मुख्य प्रमाण मान्नुपर्ने तर्क गरेका छन्। उनका अनुसार संवत्को इतिहास लेख्दा प्रचलित मान्यता मात्रै होइन, अभिलेखको मिति र गणितीय हिसाब पनि मिल्नुपर्छ। राजवंशीको तर्क छ, “संवत् भनेको इतिहासको प्राण हो । संवत् नभएको इतिहासलाई कथा मात्र भन्न सकिन्छ।” नेपाल संवत् ११४७ का अवसरमा पाटनमा निकालिएको र्‍यालीमा सहभागी। राजवंशीले लिच्छविकालमा चलेको संवत् र पछि नेपाल संवत्का रूपमा विकसित भएको संवत्बीचको सम्बन्धबारे पनि प्रश्न उठाएका छन्। उनका अनुसार विसं ९३६ को कात्तिकमा नयाँ संवत् एकबाट सुरु भएको अभिलेखीय आधार देखिन्छ। त्यसलाई पछि नेपाल संवत् भनिएको हो कि होइन भन्ने विषयमा थप प्रमाण र गणितीय अध्ययन आवश्यक छ। यो बहसले नेपाल संवत्को सांस्कृतिक महत्त्वलाई कमजोर बनाउँदैन। बरु यसको इतिहासलाई अझ व्यवस्थित र प्रमाणमा आधारित बनाउने आवश्यकता देखाउँछ। शङ्खधर साख्वाको योगदान र संवत्को प्रारम्भबीचको सम्बन्धबारे प्रचलित कथालाई ऐतिहासिक स्रोतसँग तुलना गरेर अध्ययन गर्नुपर्ने देखिन्छ। इतिहासलाई सम्मान गर्नु भनेको प्रश्न गर्न नपाउनु होइन। प्रमाण, अभिलेख र अनुसन्धानका आधारमा इतिहासलाई अझ स्पष्ट बनाउनु पनि त्यसको सम्मान नै हो। नेपाल संवत् कुनै एक व्यक्तिको योगदान वा कुनै एक समुदायको सांस्कृतिक अभ्यासमा मात्र सीमित छैन। यसको इतिहासले नेपालको शासन, अभिलेख, व्यापार, धार्मिक अभ्यास र सामाजिक जीवनका विभिन्न कालखण्डलाई जोडेको छ। अक्सफोर्ड विश्वविद्यालयसँग आबद्ध अनुसन्धानकर्ता बाल गोपाल श्रेष्ठले नेपाल संवत्को ऐतिहासिक र सांस्कृतिक निरन्तरताबारे अध्ययन गरेका छन्। उनको अनुसन्धानले नेपाल संवत्लाई नेपालको सांस्कृतिक जीवनमा महत्त्वपूर्ण स्थान प्राप्त भएको संवत्का रूपमा विश्लेषण गर्छ। विक्रम संवत्सँग तुलना गर्दै नेपाल संवत्लाई राष्ट्रिय पात्रोका रूपमा प्रयोग गर्न सकिने र सरकारी तथा व्यावसायिक व्यवहारसँग यसको समन्वय गर्न सकिने उनको अध्ययनको निष्कर्ष छ। नेपाल संवत् कुनै एक व्यक्तिको योगदान वा कुनै एक समुदायको सांस्कृतिक अभ्यासमा मात्र सीमित छैन। यसको इतिहासले नेपालको शासन, अभिलेख, व्यापार, धार्मिक अभ्यास र सामाजिक जीवनका विभिन्न कालखण्डलाई जोडेको छ। यही कारण यसको अध्ययनलाई सांस्कृतिक उत्सवको विवरणमा मात्र सीमित गर्नु उपयुक्त हुँदैन। राष्ट्रिय मान्यताको लामो संघर्ष नेपाल संवत् लामो समयसम्म नेवार समुदायको सांस्कृतिक र धार्मिक जीवनमा निरन्तर प्रयोग हुँदै आए पनि आधुनिक राज्यको औपचारिक पात्रोमा यसको स्थान स्थापित हुन सकेको थिएन। सरकारी कामकाजमा विक्रम संवत्को प्रयोग प्रमुख रह्यो। नेपाल संवत्लाई राष्ट्रिय पहिचान दिलाउन भने प्रजातन्त्र स्थापनापछि नै अभियान सुरु भएको इतिहास पाइन्छ। २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने माग उठ्दै आएको थियो। यो माग केवल एउटा समुदायको नयाँ वर्षलाई सरकारी मान्यता दिलाउने विषय थिएन। नेपालको नामबाट नामकरण भएको संवत्लाई राष्ट्रिय पहिचानको हिस्सा बनाउने अभियान थियो। भाषा, संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षणसँग जोडिएको यो आन्दोलनले क्रमशः सामाजिक र राजनीतिक समर्थन प्राप्त गर्‍यो। साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नु नेपाल संवत्को इतिहासलाई राज्यस्तरमा स्वीकार गर्ने दिशाको महत्त्वपूर्ण कदम थियो। यसले लामो समयदेखि समुदायस्तरमा मनाइँदै आएको संवत्सँग जोडिएको व्यक्तित्वलाई राष्ट्रिय इतिहासको हिस्सा बनायो । यस अभियानको महत्त्वपूर्ण उपलब्धि २०५६ सालमा प्राप्त भयो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्‍यो। गरिब जनताको ऋणमोचन गराएको सामाजिक योगदान र मौलिक संवत् सञ्चालनसँग जोडिएको ऐतिहासिक भूमिकालाई उनको सम्मानको आधार बनाइएको थियो। साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नु नेपाल संवत्को इतिहासलाई राज्यस्तरमा स्वीकार गर्ने दिशाको महत्त्वपूर्ण कदम थियो। यसले लामो समयदेखि समुदायस्तरमा मनाइँदै आएको संवत्सँग जोडिएको व्यक्तित्वलाई राष्ट्रिय इतिहासको हिस्सा बनायो । त्यसपछि नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने मागले थप राजनीतिक र सामाजिक बल प्राप्त गर्‍यो। पाटनमा निकालिएको र्‍याली। २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिने घोषणा गर्‍यो। यो घोषणाले नेपाल संवत्लाई समुदायको सांस्कृतिक पात्रोबाट राष्ट्रिय पहिचानको दायरामा ल्यायो। तर मान्यता घोषणा हुनु र सरकारी व्यवहारमा नियमित प्रयोग हुनु फरक विषय थिए। घोषणा भएको वर्षौँसम्म पनि सरकारी कागजातमा यसको प्रयोग नियमित हुन सकेन। नेपाल संवत्को आन्दोलनमा संलग्न अगुवाहरूले यसलाई शुभकामना सन्देश र औपचारिक समारोहमा मात्रै सीमित राख्न नहुने बताउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले राष्ट्रिय मान्यताको व्यावहारिक अर्थ सरकारी निकायमा यसको प्रयोग सुनिश्चित हुनु भएको बताउँदै आएका छन्। श्रेष्ठको भनाइ छ, “नेपाल संवत्को प्रयोगको अवस्था कुन स्तरमा पुग्यो भने राष्ट्रिय मान्यता पाएको हुन्छ भनेर बुँदागत रूपमै स्पष्ट हुनुपर्ने खाँचो छ।” मन्त्रिपरिषद्को २०८० कात्तिक २७ गतेको निर्णयअनुसार विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने व्यवस्था अघि बढाइयो। उनका अनुसार सरकारी कार्यालयमा संवत् प्रयोग गर्ने निर्णय भए पनि त्यसको अनुगमन गर्ने संयन्त्र आवश्यक छ। कुन निकायले प्रयोग गरिरहेको छ, कुन निकायमा प्रयोग भएको छैन र प्रयोगलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा स्पष्ट नीति हुनुपर्ने उनको जोड छ। नेपाल संवत् आन्दोलनका अगुवा तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले पनि सरकारी निर्णयलाई सबै तह र निकायमा कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका छन्। उनको जोड नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय व्यवहारमा लागू हुनुपर्नेमा छ। राष्ट्रिय संवत्को प्रयोगलाई कागजातमा मात्र सीमित नराखी राज्यका विभिन्न निकायसम्म विस्तार गर्नुपर्ने उनको धारणा छ। यसबीच नेपाल संवत्को प्रयोगलाई सरकारी कागजातमा समावेश गर्ने निर्णय २०८० सालमा भयो। मन्त्रिपरिषद्को २०८० कात्तिक २७ गतेको निर्णयअनुसार विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने व्यवस्था अघि बढाइयो। निर्णयले नेपाल संवत्को प्रयोगलाई औपचारिक प्रशासनिक अभ्यासमा जोड्ने बाटो खोल्यो। नेपाल संवत् ११४७ को अवसरमा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भीमसेन मन्दिरमा शङ्खधर साख्वाको तस्बिरमा माल्यार्पण गर्दै नेवार सेवा समिति घोराहीका पदाधिकारी। यो निर्णय नेपाल संवत् आन्दोलनका लागि अर्को महत्त्वपूर्ण उपलब्धि थियो। तर कार्यान्वयनको अवस्था अझै अध्ययन र अनुगमनको विषय बनेको छ। सरकारी कार्यालयका पत्र, सूचना, निर्णय र प्रकाशनमा नेपाल संवत् प्रयोग गर्ने अभ्यास सबै निकायमा समान रूपमा स्थापित भएको छ कि छैन भन्ने प्रश्नको उत्तर राज्यसँग स्पष्ट तथ्याङ्कका रूपमा उपलब्ध हुनुपर्छ। मान्यता छ, प्रयोग कति? नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिइएको छ । सरकारी कागजातमा विक्रम संवत्सँगै नेपाल संवत् उल्लेख गर्ने निर्णय पनि भइसकेको छ। तर राष्ट्रिय मान्यता प्राप्त संवत्को प्रयोग राज्यको दैनिक व्यवहारमा कति स्थापित छ भन्ने प्रश्न अझै महत्त्वपूर्ण । चन्द्रमासमा आधारित पात्रो प्रणाली, तिथि र मितिको गणना, सरकारी अभिलेखमा रूपान्तरण तथा विक्रम संवत् र इस्वी संवत्सँग समन्वय गर्नुपर्ने विषयलाई चुनौतीका रूपमा प्रस्तुत गरिन्छ। सरकारी कार्यालयको पत्राचार, नागरिकता, राहदानी, अदालतका कागजात, स्थानीय तहका निर्णय, विश्वविद्यालयका प्रमाणपत्र, बैंकिङ कारोबार र सार्वजनिक सूचनामा संवत्को प्रयोग कसरी भइरहेको छ भन्ने विषयमा नियमित विवरण सार्वजनिक हुन सकेको छैन। निर्णयपछि कुन निकायले कति प्रतिशत कागजातमा नेपाल संवत् समावेश गर्‍यो भन्ने तथ्याङ्क सार्वजनिक भए मात्र कार्यान्वयनको वास्तविक अवस्था थाहा हुन्छ। नेपाल संवत्को प्रयोगका लागि प्राविधिक समस्या पनि उठाइँदै आएको छ। यसको चन्द्रमासमा आधारित पात्रो प्रणाली, तिथि र मितिको गणना, सरकारी अभिलेखमा रूपान्तरण तथा विक्रम संवत् र इस्वी संवत्सँग समन्वय गर्नुपर्ने विषयलाई चुनौतीका रूपमा प्रस्तुत गरिन्छ। तर यी समस्या समाधान गर्न नसकिने प्रकृतिका छैनन्। नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत्लाई एकैपटक देखाउने सफ्टवेयर तथा मोबाइल अनुप्रयोग विकास भइसकेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठानको समन्वयमा तयार गरिएको तिथिमिति सफ्टवेयर र नेपाल संवत् मोबाइल अनुप्रयोग २०८० सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो। यसले तीनवटै संवत्को मिति र तिथि हेर्न सकिने सुविधा उपलब्ध गराउने उद्देश्य राखेको थियो। तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुमा आयोजित र्‍याली। सफ्टवेयर र अनुप्रयोग विकास हुनु प्राविधिक सहजताको एउटा आधार हो। तर राज्यका सबै कार्यालयमा त्यसको प्रयोग सुनिश्चित गर्न तालिम, प्रणालीगत एकीकरण र नियमित अद्यावधिक आवश्यक हुन्छ। कर्मचारीले प्रयोग गर्न नजानेको, कार्यालयको सूचना प्रणालीमा सुविधा नरहेको वा आधिकारिक मिति गणनामा एकरूपता नभएको अवस्था रह्यो भने निर्णय कागजमा सीमित हुन सक्छ। अनुसन्धानकर्ता बाल गोपाल श्रेष्ठले नेपाल संवत्लाई राष्ट्रिय पात्रोका रूपमा प्रयोग गर्न व्यावहारिक कठिनाइ नहुने तर्क गरेका छन्। उनको अध्ययनले चन्द्रमासमा आधारित पात्रोलाई सरकारी र व्यावसायिक व्यवहारसँग समन्वय गर्न सकिने विषयलाई उठाएको छ। यसले नेपाल संवत् प्रयोग गर्न प्राविधिक रूपमा असम्भव छ भन्ने तर्कलाई चुनौती दिन्छ। नेवार समुदायको मात्रै संवत् भनेर बुझ्ने प्रवृत्ति हटाउनुपर्छ। नेपालको नामबाट नामकरण भएको संवत् भएकाले यसको संरक्षण र प्रयोग राष्ट्रिय दायित्व हो भन्ने सन्देश राज्यले व्यवहारबाट दिनुपर्छ। नेपाल संवत्को प्रयोग विस्तार गर्न सरकारले कम्तीमा तीनवटा काम गर्नुपर्ने देखिन्छ। पहिलो, सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने निर्णयको कार्यान्वयन अनुगमन गर्नुपर्छ। दोस्रो, सरकारी सूचना प्रणाली र डिजिटल अभिलेखमा नेपाल संवत्को मिति स्वतः रूपान्तरण हुने सुविधा राख्नुपर्छ। तेस्रो, विद्यालय, विश्वविद्यालय, बैंक तथा सार्वजनिक संस्थामा यसको ऐतिहासिक र व्यावहारिक जानकारी विस्तार गर्नुपर्छ। नेपाल संवत्लाई राष्ट्रिय पात्रोका रूपमा मान्यता दिइएको विषय सबै नेपालीले बुझ्ने वातावरण निर्माण गर्नु पनि आवश्यक छ। यसलाई नेवार समुदायको मात्रै संवत् भनेर बुझ्ने प्रवृत्ति हटाउनुपर्छ। नेपालको नामबाट नामकरण भएको संवत् भएकाले यसको संरक्षण र प्रयोग राष्ट्रिय दायित्व हो भन्ने सन्देश राज्यले व्यवहारबाट दिनुपर्छ। नेपाल संवत्को राष्ट्रिय मान्यता सरकारी कार्यालयमा मात्र सीमित हुनुपर्ने पनि होइन। निजी क्षेत्र, बैंक, वित्तीय संस्था, विद्यालय, सांस्कृतिक संस्था र सार्वजनिक सञ्चारमा यसको प्रयोग विस्तार गर्न सकिन्छ। यसले पात्रोको प्रयोग बढाउने मात्र होइन, नयाँ पुस्तालाई आफ्नो इतिहास र सांस्कृतिक सम्पदासँग जोड्ने काम पनि गर्छ। नेपाल संवत् आन्दोलनका अगुवाहरूले सरकारी निर्णयको अनुगमन र संवत्सम्बन्धी स्पष्ट नीतिको माग गर्नुको कारण यही हो। औपचारिक समारोहमा शुभकामना दिने र राष्ट्रिय पहिचानको प्रशंसा गर्ने काम महत्त्वपूर्ण भए पनि त्यसलाई दैनिक व्यवहारमा उतार्नु अझ महत्त्वपूर्ण छ। म्हः पूजाको आत्मदर्शन नेपाल संवत्को नयाँ वर्षसँगै नेवार समुदायमा म्हः पूजा गरिन्छ । नेपाल भाषामा ‘म्हः’ को अर्थ शरीर हो। शरीर र आत्मालाई सम्मान गर्दै गरिने यो पूजा नेवार समुदायको विशिष्ट सांस्कृतिक तथा धार्मिक परम्परा हो। यसले मानिसले आफ्नै अस्तित्व, चेतना र जीवनप्रति सम्मान गर्नुपर्ने सन्देश दिन्छ। म्हः पूजा अरूलाई पूजा गर्नेभन्दा फरक छ। यसमा मानिसले आफ्नै शरीरलाई मण्डलको अगाडि राखेर पूजा गर्छ। परिवारका सदस्यहरू क्रमशः बसेर आफ्नो मण्डलमा पूजा गर्ने परम्परा छ। घर सफा गर्ने, पूजा गर्ने स्थान तयार गर्ने, मण्डल बनाउने र आवश्यक सामग्री सजाउने कामबाट यसको तयारी सुरु हुन्छ। मण्डल म्हः पूजाको मुख्य आधार हो। परम्परागत रूपमा चोक्टा वा ढुङ्गाको धुलो प्रयोग गरेर भुइँमा मण्डल बनाइन्छ। मण्डलमा विभिन्न प्रतीक र सामग्री राखिन्छन्। परिवारका सदस्यहरू आ-आफ्नो मण्डलअगाडि बसेर पूजा गर्छन्। परिवारकी ज्येष्ठ महिला अर्थात् नकिनले पूजा विधि सञ्चालन गर्ने परम्परा पनि कतिपय घरमा कायम छ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नै आत्माको पूजा गर्ने परम्परा विकास भएको हो। पूजामा चामल, अक्षता, फूल, फलफूल, तेलको बत्ती, धूप, मिठाई र सगुनका सामग्री राखिन्छन्। सगुनमा अण्डा, माछा, दही र अन्य परिकार समावेश हुने परम्परा छ। यी सामग्रीलाई स्वास्थ्य, समृद्धि, शक्ति र दीर्घायुको प्रतीकका रूपमा लिइन्छ। परिवारका सदस्यलाई सगुन दिएर शुभकामना आदानप्रदान गरिन्छ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नै आत्माको पूजा गर्ने परम्परा विकास भएको हो। गौतमको भनाइ छ, “आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने तथा मानव जीवन सार्थक हुने धार्मिक विश्वास रहेको छ।” म्हः पूजाको व्याख्या धार्मिक मान्यतामा मात्र सीमित छैन। यसलाई आत्मसम्मान, आत्मशुद्धि र जीवनप्रतिको कृतज्ञताको अभ्यासका रूपमा पनि बुझ्न सकिन्छ। मानिसले वर्षभरि अरूका लागि काम गर्छ, परिवार र समाजप्रतिको जिम्मेवारी पूरा गर्छ। नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर र अस्तित्वलाई सम्मान गर्नु जीवनको मूल्य सम्झने अभ्यास हो। संस्कृति अध्येता तथा लेखक केसरलाल श्रेष्ठले म्हः पूजाको अर्थ शरीरको अस्तित्व र स्वास्थ्यसँग जोडेर व्याख्या गरेका छन्। उनका अनुसार मानिसको शरीरले नै जीवन धान्ने भएकाले त्यसको स्वस्थता र संरक्षणका लागि पूजा गर्ने सांस्कृतिक अर्थ यसमा निहित छ। बौद्ध धर्मका अध्येता मिनबहादुर शाक्यले म्हः पूजालाई शरीर, मन र आत्माको शुद्धीकरणसँग जोडेर व्याख्या गरेका छन्। उनको व्याख्यामा यो पूजा अज्ञानता र नकारात्मक प्रवृत्तिबाट मुक्त हुँदै चेतना र सदाचारतर्फ अघि बढ्ने अवसर पनि हो। बौद्ध नेवार समुदायमा यसलाई बुद्धत्वका गुण प्राप्त गर्ने दिशामा शुभ सुरुवातका रूपमा समेत लिइन्छ। म्हः पूजाको उत्पत्तिबारे लिखित प्रमाण स्पष्ट नभए पनि यो परम्परा नेवार र बज्राचार्य समुदायमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको छ। यसको विधि र सामग्रीमा स्थान तथा समुदायअनुसार केही भिन्नता हुन सक्छ। तर आत्मसम्मान र जीवनप्रतिको कृतज्ञताको भाव यसको साझा आधारका रूपमा रहँदै आएको छ। म्हः पूजा परम्परागत रूपमा विस्तृत विधि र पारिवारिक सहभागितासहित गरिन्छ। तर आधुनिक जीवनशैली, सानो आवास, व्यस्त समयतालिका र परिवारका सदस्य विदेशमा रहने अवस्थाले यसको अभ्यासमा परिवर्तन ल्याएको छ। ललितपुरकी प्रगति महर्जनले म्हः पूजाको भावलाई आफूभित्रको चेतनालाई सम्मान गर्ने अभ्यासका रूपमा व्याख्या गरेकी छन्। उनको अनुभवमा वर्षभरि देवीदेवताको पूजा गरिए पनि म्हः पूजाले मानिसलाई आफ्नै अस्तित्वतर्फ फर्केर हेर्ने अवसर दिन्छ। प्रगति महर्जनको भनाइ छ, “हामी वर्षभरि मूर्तिहरूको पूजा गर्छौँ । म्हः पूजाले हामीलाई रोकेर आफ्नै अस्तित्वलाई सम्मान गर्न सम्झाउँछ।” यसले म्हः पूजाको दार्शनिक पक्षलाई स्पष्ट पार्छ । मानिसले बाह्य शक्तिसँग आशीर्वाद माग्नुका साथै आफ्नै शरीर, मन र चेतनाको महत्त्व बुझ्नुपर्छ भन्ने सन्देश यसमा छ। परम्परा र बदलिँदो जीवनशैली म्हः पूजा परम्परागत रूपमा विस्तृत विधि र पारिवारिक सहभागितासहित गरिन्छ। तर आधुनिक जीवनशैली, सानो आवास, व्यस्त समयतालिका र परिवारका सदस्य विदेशमा रहने अवस्थाले यसको अभ्यासमा परिवर्तन ल्याएको छ। पहिले मण्डल हातैले बनाउने परम्परा थियो। अहिले धेरै घरमा धातु वा कागजका तयार ढाँचा प्रयोग हुन थालेका छन्। पूजा सामग्री तयार गर्ने तरिका पनि सहज बनाइएको छ। कतिपय परिवारले समय अभावका कारण पूजाको विधि छोट्याउने गरेका छन्। काठमाडौंका धीरेन्द्रमान श्रेष्ठले परम्परागत मण्डल बनाउने अभ्यासमा आएको परिवर्तनलाई समयसँगै विकसित भएको व्यवहारका रूपमा हेरेका छन्। उनका अनुसार पहिले मण्डल बनाउन धैर्य र सीप आवश्यक पर्थ्यो, अहिले तयार सामग्री प्रयोग गर्दा समय कम लाग्छ। श्रेष्ठको भनाइ छ, “नेवार संस्कृतिका अभ्यास निकै विस्तृत हुन्छन्। अहिलेको जीवनमा सबै कुरा पुरानै ढङ्गले गर्न सधैँ सम्भव हुँदैन । म्हः पूजा बदलिएको छ, तर यसको मूल भावना कायम छ।” उनका नाति कर्मेन्द्र श्रेष्ठले पनि विदेशमा बसोबास गर्ने परिवार बढ्दै जाँदा सामूहिक रूपमा पर्व मनाउने अनुभवमा परिवर्तन आएको बताएका छन्। उनका अनुसार म्हः पूजाले शरीर, स्वास्थ्य र दीर्घायुको महत्त्व सम्झाउँछ। परिवारसँग बसेर मनाउँदा यसको मनोवैज्ञानिक र सांस्कृतिक प्रभाव थप बलियो हुन्छ। कर्मेन्द्र श्रेष्ठको भनाइ छ, “धेरै मानिस विदेशमा बस्न थालेपछि सँगै बसेर पर्व मनाउने अनुभव बदलिएको छ। तर आफ्नो शरीर र जीवनलाई सम्मान गर्ने यसको मूल भावना उस्तै छ।” यसरी परम्परा परिवर्तन हुनु स्वाभाविक भए पनि त्यसको अर्थ विधि र सांस्कृतिक अर्थ दुवै हराउनु हुनु हुँदैन। नयाँ पुस्ताले मण्डल बनाउने तरिका, सामग्रीको प्रतीकात्मक अर्थ, पूजा विधि र यसको दर्शन बुझ्न सके परम्परा आधुनिक जीवनमा पनि निरन्तर रहन सक्छ। परम्परागत अभ्यासलाई नयाँ पुस्ताले आफ्नै शैलीमा प्रस्तुत गर्ने क्रम पनि बढेको छ। तर तस्बिर र प्रदर्शनमा मात्र सीमित नभई यसको सांस्कृतिक अर्थ बुझाउनु आवश्यक छ। सामाजिक सञ्जाल र डिजिटल माध्यमले पनि नयाँ पुस्तालाई सांस्कृतिक अभ्याससँग जोड्ने काम गरेका छन्। मण्डलका नयाँ डिजाइन, पूजा सामग्री र विधिबारे जानकारी साझा हुन थालेको छ। परम्परागत अभ्यासलाई नयाँ पुस्ताले आफ्नै शैलीमा प्रस्तुत गर्ने क्रम पनि बढेको छ। तर तस्बिर र प्रदर्शनमा मात्र सीमित नभई यसको सांस्कृतिक अर्थ बुझाउनु आवश्यक छ। नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजाबीचको सम्बन्धले नेवार समुदायको समयबोध र जीवनदर्शनलाई पनि देखाउँछ। वर्षको अन्तिम दिन पुरानो हिसाब बन्द गर्ने र नयाँ वर्षको पहिलो दिन आत्मपूजा गर्ने अभ्यासले आर्थिक जीवन, पारिवारिक सम्बन्ध र व्यक्तिगत अस्तित्वलाई एउटै सांस्कृतिक चक्रमा जोडेको छ। व्यापार, बहीखाता र नयाँ वर्ष नेपाल संवत्को नयाँ वर्षको अर्को महत्त्वपूर्ण पक्ष व्यापारिक परम्परासँग जोडिएको छ। काठमाडौं उपत्यकाका व्यापारी तथा व्यवसायीले लक्ष्मीपूजाका दिन पुरानो बहीखाता बन्द गर्ने र नयाँ वर्षको पहिलो दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा कायम राखेका छन्। पुरानो हिसाबकिताब मिलाउने, बाँकी रकमको विवरण तयार गर्ने र नयाँ वर्षका लागि नयाँ खाता खोल्ने अभ्यासले नेपाल संवत्लाई व्यापारिक जीवनसँग जोडेको छ। यो केवल धार्मिक वा सांस्कृतिक अभ्यास होइन, आर्थिक गतिविधिको वार्षिक चक्रसँग सम्बन्धित परम्परा पनि हो। परम्परागत व्यापारमा बहीखाता अत्यन्त महत्त्वपूर्ण हुन्थ्यो । वर्षभरिका कारोबार, उधारो, ऋण, भुक्तानी र नाफानोक्सानको विवरण त्यसमा राखिन्थ्यो। नयाँ वर्ष सुरु हुँदा पुरानो हिसाब बन्द गरेर नयाँ खाता खोल्नुले आर्थिक अनुशासन र नयाँ सुरुवातको प्रतीकात्मक अर्थ बोकेको थियो। आज व्यापारिक कारोबार डिजिटल प्रणालीमा रूपान्तरण हुँदै गएको छ। लेखा सफ्टवेयर, बैंकिङ प्रणाली, कर विवरण र डिजिटल भुक्तानीले परम्परागत बहीखाताको स्वरूप बदलिएको छ। तर नेपाल संवत्को नयाँ वर्षमा पुरानो हिसाब मिलाउने र नयाँ वर्षको कारोबार सुरु गर्ने सांस्कृतिक अभ्यासको अर्थ अझै कायम छ। यसलाई आधुनिक व्यवसायसँग जोड्न सकिन्छ। डिजिटल लेखा प्रणालीमा नेपाल संवत्को मिति राख्ने सुविधा, व्यावसायिक पात्रोमा नेपाल संवत्का महिना र तिथि समावेश गर्ने अभ्यास तथा नयाँ वर्षका अवसरमा व्यापारिक संस्थाले सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कामले यसको प्रयोग विस्तार गर्न सक्छ। नेपाल संवत् व्यापारिक समुदायको ऐतिहासिक अभ्याससँग जोडिएको भए पनि अहिले यसको प्रयोग मुख्यतः परम्परागत समुदाय र सांस्कृतिक संस्थामा सीमित देखिन्छ। आधुनिक बैंकिङ र व्यावसायिक प्रणालीमा यसको प्रयोग बढाउन प्राविधिक सुविधा र संस्थागत इच्छाशक्ति आवश्यक हुन्छ। नेपाल संवत्को पात्रोमा चन्द्रमास र तिथिको गणना प्रयोग हुने भएकाले यसको मिति हरेक वर्ष इस्वी संवत् वा विक्रम संवत्को एउटै दिनमा पर्दैन। चन्द्रमासमा आधारित पात्रो र सौरमासमा आधारित पात्रोबीचको अन्तर मिलाउन अधिमासको व्यवस्था पनि हुन्छ। यही कारण नेपाल संवत्को मिति गणना र रूपान्तरणका लागि प्रामाणिक पात्रो तथा प्राविधिक प्रणाली आवश्यक हुन्छ। अभियानमा नेवार समुदायका अगुवा, सांस्कृतिक संस्था, भाषासेवी, इतिहासकार र सामाजिक अभियन्ताको भूमिका महत्त्वपूर्ण रह्यो। यसलाई कठिनाइका रूपमा मात्र हेर्नु उचित हुँदैन। विश्वका विभिन्न समुदायले चन्द्रमासमा आधारित पात्रो प्रयोग गर्दै आएका छन्। नेपाल संवत्को गणना र सरकारी प्रयोगलाई व्यवस्थित बनाउन सकिने आधार तयार भइसकेका छन्। अब आवश्यक कुरा त्यसलाई सरकारी तथा व्यावसायिक प्रणालीमा नियमित प्रयोग गर्ने हो। पहिचानको आन्दोलन र साझा सम्पदा नेपाल संवत्को राष्ट्रिय मान्यताको आन्दोलन भाषा, संस्कृति र पहिचानसँग जोडिएको लामो सामाजिक अभियान हो। यस अभियानमा नेवार समुदायका अगुवा, सांस्कृतिक संस्था, भाषासेवी, इतिहासकार र सामाजिक अभियन्ताको भूमिका महत्त्वपूर्ण रह्यो। नेपाल संवत्को नयाँ वर्षलाई न्हूदँ भिन्तुना भनेर शुभकामना दिने, सांस्कृतिक र्‍याली निकाल्ने र सार्वजनिक कार्यक्रम गर्ने अभ्यासले यसलाई समुदायको सीमाभन्दा बाहिर पुर्‍याउन सहयोग गरेको छ। वसन्तपुर, पाटन, भक्तपुर, मध्यपुर थिमि र उपत्यकाका विभिन्न क्षेत्रमा हुने कार्यक्रमले नयाँ पुस्तालाई सांस्कृतिक इतिहाससँग जोड्ने काम गरेका छन्। यस वर्ष पनि वसन्तपुरबाट सांस्कृतिक झाँकी र बाजागाजासहित र्‍याली निकालिएको छ। परम्परागत पोसाक, धिमे बाजा, बाँसुरी र विभिन्न सांस्कृतिक प्रस्तुति र्‍यालीका आकर्षण बनेका छन्। भक्तपुरमा पनि विभिन्न टोल र सङ्घसंस्थाको सहभागितामा भिन्तुना र्‍याली आयोजना गरिएको छ। यसले नेपाल संवत्को उत्सव काठमाडौं उपत्यकाको सांस्कृतिक जीवनमा कति गहिरो रूपमा जोडिएको छ भन्ने देखाउँछ। नेपाल संवत्लाई राष्ट्रिय सम्पदाका रूपमा बुझ्नुपर्ने धारणा राज्यका उच्च तहबाट पनि व्यक्त हुँदै आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सन् २०२४ मा नेपाल संवत्लाई धर्म, संस्कृति र सामाजिक जीवनसँग जोडिएको विशिष्ट राष्ट्रिय सम्पदाका रूपमा व्याख्या गरेका थिए। उनको भनाइमा नेपालको नामबाट नामकरण भएको यो संवत् सबै नेपालीको साझा सम्पदा हो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा शुभकामना दिँदै यसलाई नेपालको मौलिक समयचक्र र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा व्याख्या गरेका छन्। राष्ट्रपति पौडेलले बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय समाजमा नेपाल संवत्ले सांस्कृतिक विविधता जोगाउन भूमिका खेल्ने उल्लेख गरेका थिए। शङ्खधर साख्वाले आफ्नो सम्पत्ति प्रयोग गरेर गरिब जनतालाई ऋणमुक्त गराएको कार्यलाई उनले तत्कालीन समाजका लागि महत्त्वपूर्ण सामाजिक सुधारका रूपमा व्याख्या गरेका थिए। त्यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्लाई नेपाली माटोको मौलिक संवत् भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने धारणा राखेका थिए। उनको भनाइमा नेपाल संवत् आयातित पात्रो नभई नेपाली इतिहास र माटोसँग जोडिएको संवत् हो। यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा शुभकामना दिँदै यसलाई नेपालको मौलिक समयचक्र र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा व्याख्या गरेका छन्। उनले शङ्खधर साख्वाले जनतालाई ऋणमुक्त गराएर सुरु गरेको संवत्को सामाजिक पक्षलाई पनि स्मरण गरेका छन्। प्रधानमन्त्री शाहले म्हः पूजाले आत्मशुद्धि, आत्मबोध र आत्मसम्मानको सन्देश दिने उल्लेख गरेका छन्। उनका अनुसार यस परम्पराले नेवार समुदायको मौलिक संस्कृति, आपसी सद्भाव, आत्मबल र जातीय एकतालाई बलियो बनाउँछ। प्रधानमन्त्री शाहको सन्देशमा नेपाल संवत् नेपालको “मौलिक समयचक्र, सांस्कृतिक पहिचान र गौरवको प्रतीक” भएको उल्लेख छ। नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनबाट विकसित र संरक्षित भएको तथ्यलाई सम्मान गर्दै यसलाई राष्ट्रिय सम्पदाका रूपमा स्थापित गर्नु आवश्यक छ। राज्यका प्रमुख पदाधिकारीबाट आउने यस्ता सन्देशले नेपाल संवत्को राष्ट्रिय महत्त्व स्वीकार गरेको देखाउँछन्। तर राष्ट्रिय पहिचानको वास्तविक अर्थ औपचारिक सन्देशभन्दा अगाडि जान्छ। सबै समुदायले यसलाई आफ्नो साझा इतिहासका रूपमा बुझ्ने र राज्यका संस्थाले यसको प्रयोगलाई निरन्तरता दिने वातावरण निर्माण हुनुपर्छ। नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनबाट विकसित र संरक्षित भएको तथ्यलाई सम्मान गर्दै यसलाई राष्ट्रिय सम्पदाका रूपमा स्थापित गर्नु आवश्यक छ। कुनै समुदायले जोगाएको संस्कृति राष्ट्रिय सम्पदा बन्न सक्दैन भन्ने सोचले विविधतायुक्त समाजलाई कमजोर बनाउँछ। बरु कुनै समुदायको मौलिक परम्परालाई राज्यले सम्मान र संरक्षण गर्दा राष्ट्रिय एकता बलियो हुन्छ। इतिहासको बहस र अनुसन्धानको आवश्यकता नेपाल संवत्को इतिहासबारे सार्वजनिक रूपमा प्रचलित विवरणमा शङ्खधर साख्वा, राजा राघवदेव र ऋणमोचनको प्रसङ्ग प्रमुख रूपमा आउँछ । तर इतिहास लेखनमा जनश्रुति, अभिलेख र प्रमाणको स्थान फरक हुन्छ। परम्परागत कथाले समुदायको स्मृति र सांस्कृतिक चेतना जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ। तर त्यसलाई ऐतिहासिक निष्कर्षका रूपमा स्थापित गर्न अभिलेखीय प्रमाण, शिलालेख, हस्तलिखित ग्रन्थ र मिति गणनाको अध्ययन आवश्यक हुन्छ। नेपाल संवत्को प्रारम्भबारे अनुसन्धान गर्ने क्रममा लिच्छविकालीन संवत्, शक संवत् र पछि प्रचलनमा आएको नेपाल संवत्बीचको सम्बन्धबारे बहस देखिन्छ। कतिपय अनुसन्धानकर्ताले संवत्को प्रारम्भलाई राजा राघवदेवको शासनकालसँग जोड्छन् भने कतिपयले शङ्खधर साख्वाको भूमिकाबारे प्रत्यक्ष ऐतिहासिक प्रमाण पर्याप्त नभएको तर्क गर्छन्। साख्वाको योगदानलाई सांस्कृतिक स्मृति र सामाजिक सेवाको दृष्टिले मूल्याङ्कन गर्न सकिन्छ । तर संवत्को ऐतिहासिक प्रारम्भबारेको प्रश्नलाई प्रमाणका आधारमा अध्ययन गर्नुपर्छ। लिपिविज्ञ श्यामसुन्दर राजवंशीले शिलालेखको मिति र संवत्को गणनामा देखिएका असङ्गतिबारे प्रश्न उठाएका छन्। उनका अनुसार कुनै पनि संवत्को इतिहास लेख्दा अभिलेखमा उल्लेख भएको मिति र त्यसको गणितीय रूपान्तरण मिल्नुपर्छ। यस विषयमा थप अनुसन्धान आवश्यक रहेको उनको धारणा छ। यसको अर्थ शङ्खधर साख्वाको सामाजिक योगदानलाई अस्वीकार गर्नु होइन। साख्वाको योगदानलाई सांस्कृतिक स्मृति र सामाजिक सेवाको दृष्टिले मूल्याङ्कन गर्न सकिन्छ । तर संवत्को ऐतिहासिक प्रारम्भबारेको प्रश्नलाई प्रमाणका आधारमा अध्ययन गर्नुपर्छ। नेपाल संवत्को इतिहासबारे अनुसन्धानलाई विश्वविद्यालय, इतिहास विभाग, पुरातत्त्व अध्ययन र अभिलेख संरक्षणसँग जोड्नुपर्ने आवश्यकता छ। देशभरका शिलालेख, ताम्रपत्र, हस्तलिखित ग्रन्थ, व्यापारिक अभिलेख र धार्मिक दस्तावेजको व्यवस्थित सूची तयार गर्न सकिन्छ। नेपाल संवत्को मिति र अन्य संवत्सँगको सम्बन्धबारे प्राज्ञिक अध्ययनलाई प्रोत्साहन गर्न सकिन्छ। यसले नेपाल संवत्को इतिहासलाई अझ बलियो बनाउनेछ। राष्ट्रिय पहिचानको आधार प्रमाण र अनुसन्धानमा पनि उभिनुपर्छ। कुनै ऐतिहासिक व्यक्तित्वलाई सम्मान गर्नु र इतिहासका स्रोतबारे आलोचनात्मक अध्ययन गर्नु परस्पर विरोधी कुरा होइनन्। नेपाल संवत्को विषयमा भएका अनुसन्धानलाई विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समेट्नु पनि आवश्यक छ। नयाँ पुस्ताले संवत्को इतिहास, मिति गणना, शङ्खधर साख्वाको सामाजिक योगदान र म्हः पूजाको सांस्कृतिक अर्थ बुझ्न सके मात्र यसको निरन्तरता बलियो हुन्छ। नयाँ वर्षको सन्देश र राज्यको जिम्मेवारी नेपाल संवत् ११४७ को सुरुवातले एउटा सांस्कृतिक उत्सवसँगै राज्यको जिम्मेवारी पनि स्मरण गराएको छ। नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरिसकेको छ। सरकारी कागजातमा यसको प्रयोग गर्ने निर्णय पनि भएको छ। अब त्यसलाई नियमित, एकरूप र संस्थागत अभ्यास बनाउनु आवश्यक छ। यसका लागि सरकारले नेपाल संवत्को प्रयोगसम्बन्धी स्पष्ट कार्यविधि बनाउन सक्छ। सरकारी कार्यालयका पत्र, सूचना, निर्णय र डिजिटल अभिलेखमा विक्रम संवत्सँगै नेपाल संवत् उल्लेख गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सकिन्छ। स्थानीय तह र प्रदेश सरकारलाई पनि यसको प्रयोगका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सकिन्छ। बैंकको विवरण, कारोबार मिति, बिलिङ प्रणाली र व्यावसायिक पात्रोमा नेपाल संवत्को विकल्प उपलब्ध गराउँदा यसको प्रयोग दैनिक जीवनसँग जोडिन्छ। नेपाल संवत्को मिति गणना गर्ने आधिकारिक प्रणालीलाई अद्यावधिक र विश्वसनीय बनाउनुपर्छ। सरकारी वेबसाइट, मोबाइल अनुप्रयोग र डिजिटल सेवामा नेपाल संवत्को मिति देखिने सुविधा विस्तार गर्न सकिन्छ। कर्मचारीलाई तालिम दिनुका साथै विद्यालय र विश्वविद्यालयमा यसको अध्ययनलाई प्रोत्साहन गर्न सकिन्छ। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका डिजिटल प्रणालीमा पनि नेपाल संवत्को प्रयोग विस्तार गर्न सकिन्छ। बैंकको विवरण, कारोबार मिति, बिलिङ प्रणाली र व्यावसायिक पात्रोमा नेपाल संवत्को विकल्प उपलब्ध गराउँदा यसको प्रयोग दैनिक जीवनसँग जोडिन्छ। सांस्कृतिक संरक्षणको जिम्मेवारी समुदायको मात्रै होइन। राज्यले नीति, बजेट, शिक्षा र संस्थागत संरचनामार्फत सहयोग गर्नुपर्छ। स्थानीय तहले नेपाल संवत्का ऐतिहासिक स्थल, शङ्खधर साख्वासँग जोडिएका स्मारक, अभिलेख र सांस्कृतिक परम्पराको संरक्षण गर्न सक्छन्। सांस्कृतिक र्‍याली र पर्वलाई पर्यटनसँग जोड्दा स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्न सक्छ। नेपाल संवत्को नयाँ वर्षमा आयोजना हुने सांस्कृतिक कार्यक्रमलाई केवल एकदिने उत्सवका रूपमा नहेरी वर्षभरि चल्ने सांस्कृतिक गतिविधिसँग जोड्न सकिन्छ। भाषा, लिपि, बाजागाजा, परम्परागत नृत्य, मण्डल कला र ऐतिहासिक दस्तावेजको संरक्षणका लागि स्थानीय तहले कार्यक्रम सञ्चालन गर्न सक्छन्। म्हः पूजाले मानिसलाई आफ्नै शरीर र जीवनको सम्मान गर्न सिकाउँछ। नेपाल संवत्ले समय, इतिहास र सामूहिक पहिचानको स्मरण गराउँछ। नेपाल संवत्को राष्ट्रिय पहिचानलाई बलियो बनाउन यसको इतिहासबारे प्रमाणमा आधारित सामग्री तयार गर्नु पनि उत्तिकै आवश्यक छ। शङ्खधर साख्वाको जीवनी, नेपाल संवत्को ऐतिहासिक विकास, मिति गणना र म्हः पूजाको सांस्कृतिक दर्शनबारे नेपाली तथा अन्य भाषामा पुस्तक, वृत्तचित्र र शैक्षिक सामग्री तयार गर्न सकिन्छ। नेपाल संवत् ११४७ को अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि नेपाल संवत्लाई सबै नेपालीको साझा सम्पदाका रूपमा व्याख्या गरेका थिए। तर यस्ता अभिव्यक्तिलाई राज्यको नियमित नीतिमा रूपान्तरण गर्न सके मात्र राष्ट्रिय मान्यताको अर्थ पूरा हुन्छ। नेपाल संवत्को इतिहासमा शङ्खधर साख्वाको नाम सामाजिक न्यायसँग जोडिएको छ। ऋणमा परेका मानिसलाई मुक्त गराएर नयाँ सुरुवात गराएको कथाले यसको सांस्कृतिक अर्थलाई अझ गहिरो बनाएको छ। आजको समाजमा पनि आर्थिक असमानता, ऋणको बोझ र सामाजिक विभेदका प्रश्न विद्यमान छन्। त्यसैले साख्वाको कथालाई केवल विगतको गौरवका रूपमा होइन, सामाजिक उत्तरदायित्व र मानवीय सम्मानको सन्देशका रूपमा पनि बुझ्न सकिन्छ। राष्ट्रिय मान्यता प्राप्त संवत् सरकारी कार्यालयका कागजातमा देखिनुपर्छ। विद्यालयका विद्यार्थीले यसको इतिहास बुझ्नुपर्छ। म्हः पूजाले मानिसलाई आफ्नै शरीर र जीवनको सम्मान गर्न सिकाउँछ। नेपाल संवत्ले समय, इतिहास र सामूहिक पहिचानको स्मरण गराउँछ। नयाँ वर्षले पुरानो हिसाब मिलाएर नयाँ सुरुवात गर्ने सन्देश दिन्छ। यी सबै पक्षले नेपाल संवत्लाई एउटा पात्रोभन्दा धेरै ठूलो सांस्कृतिक सम्पदा बनाएका छन्। नेपाल संवत् ११४७ को स्वागतमा वसन्तपुरमा बज्ने धिमे र बाँसुरीका धुन, पाटन र भक्तपुरका सांस्कृतिक झाँकी, घरघरमा बनाइने मण्डल र परिवारका सदस्यले गर्ने आत्मपूजाले एउटा मौलिक परम्परालाई जीवन्त राखेका छन्। तर यसको भविष्य र्‍याली र शुभकामनामा मात्रै निर्भर रहनु हुँदैन। राष्ट्रिय मान्यता प्राप्त संवत् सरकारी कार्यालयका कागजातमा देखिनुपर्छ। विद्यालयका विद्यार्थीले यसको इतिहास बुझ्नुपर्छ। विश्वविद्यालयमा यसको अध्ययन हुनुपर्छ। बैंक तथा व्यावसायिक प्रणालीमा यसको प्रयोग सहज हुनुपर्छ। राज्यका निकायले यसको संरक्षण र प्रवर्द्धनलाई नियमित जिम्मेवारीका रूपमा लिनुपर्छ। नेपाल संवत् ११४७ को नयाँ वर्षले यही प्रश्न राज्यसामु राखेको छ। नेपालको नाम बोकेको संवत्लाई सबै नेपालीको साझा सम्पदाका रूपमा स्थापित गर्ने हो भने यसको सम्मान उत्सवमा मात्र होइन, राज्यको व्यवहारमा पनि देखिनुपर्छ। राष्ट्रिय मान्यता घोषणाले सुरु गरेको यात्रा अब प्रभावकारी कार्यान्वयन र साझा अपनत्वतर्फ अघि बढ्नुपर्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्वमा बढ्दो तापक्रमले तताएको बहस
Latest NewsJust now

विश्वमा बढ्दो तापक्रमले तताएको बहस

काठमाडौं । विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबारदेखि टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप–३१० मा जलवायु सङ्कटको गम्भीरता र त्यसको सामना गर्ने उपायबारे गम्भीर मन्थन र बहस सुरु भएको छ । बढ्दो तापक्रम, चरम मौसमी घटना र जलवायुजन्य विपद्ले पृथ्वीको पारिस्थितिकीय सन्तुलन र मानव अस्तित्वमै चुनौती थपिरहेका बेला त्यसको सामना गर्न ...

केन्द्रबिन्दु
उतिबेलाको तिहार
Latest NewsJust now

उतिबेलाको तिहार

तिहार उतिबेलाको, सम्झना यतिबेलाको । नोस्टाल्जिया भनिने पूर्वस्मृतिको सम्मोहनले कहाँ कहाँ पुर्‍याउँदै छ यो पङ्क्तिकारलाई । जीवनको लामो कालखण्ड बितिसक्दा पनि बाल्यकालमा देखे–भोगेको त... ...

गोरखापत्र
दशौं राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमै हुने
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमै हुने

कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका २३ खेल मुख्य आयोजकस्थल सुर्खेतमा हुने भएको छ।  आगामी मंसिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगिता भौगोलिक कठिनाइ र पूर्वाधारका कारण धेरै खेल सुर्खेतमै सञ्चालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्रतियोगितामा ३२ खेल हुनेछन्।  मन्त्रालयका अनुसार द... ...

नेपालखबर
विश्वमा बढ्दो तापक्रमले तताएको बहस
Latest NewsJust now

विश्वमा बढ्दो तापक्रमले तताएको बहस

काठमाडाैँ । विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबारदेखि टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा जलवायु सङ्कटको गम्भीरता र त्यसको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play