Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

धनुषाको ऐतिहासिक रघुनाथपुरमा पहिलोपटक भव्य तिहार शुभकामना साँझ सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
धनुषाको ऐतिहासिक रघुनाथपुरमा पहिलोपटक भव्य तिहार शुभकामना साँझ सम्पन्न
Photo / Coverage: केन्द्रबिन्दु

धनुषा । धनुषाको सबैला नगरपालिका–१२ स्थित ऐतिहासिक स्थल रघुनाथपुरमा पहिलोपटक तिहार विशेष शुभकामना साँझ भव्य रूपमा सम्पन्न भएको छ। तिहारको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकारहरूले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका छन्। लक्ष्मीपूजा समितिको आयोजना तथा श्री हरिहरनाथ धर्मशाला संरक्षण समितिको समन्वयमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, पप स्टार कमल खत्री, हास्य कलाकार सन्दीप क्षेत्री, कार्यक्रम प्रस्तोता तथा गायिका प्राश्ना पाण्डे, गायिका प्राप्ति तुलाचन र गायक राजा राजपुतले प्रस्तुति दिएका थिए। कार्यक्रममा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजक विक्रान्त कार्कीको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन विवेक खतिवडाले गरेका थिए। रघुनाथपुरमा पहिलोपटक राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको सहभागितामा यति ठूलो सांस्कृतिक कार्यक्रम आयोजना भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। उनीहरूले यस कार्यक्रमले ऐतिहासिक स्थलको पहिचान र सांस्कृतिक गतिविधिको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। लक्ष्मीपूजा समितिका संयोजक वीरेन्द्र महतोले रघुनाथपुरमा पहिलोपटक यस्तो भव्य कार्यक्रम आयोजना गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए। उनले आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, कार्यक्रम संयोजक महेश पूर्वे सुडीले कार्यक्रममा सहभागी सम्पूर्ण कलाकार तथा सहयोगीप्रति आभार व्यक्त गरे। यसअघि रघुनाथपुरमा यस किसिमको कार्यक्रम आयोजना नभएकाले स्थानीय दर्शकमा विशेष उत्साह देखिएको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ममता काफ्लेको परिवार भेटेपछि गायिका समीक्षा अधिकारी भावुक
Latest NewsJust now

ममता काफ्लेको परिवार भेटेपछि गायिका समीक्षा अधिकारी भावुक

• गायिका समीक्षा अधिकारीले ममता काफ्ले भट्टकी परिवारलाई भेटेर भावुक सन्देश व्यक्त गरेकी छन्। • उनले सानी नीमाको निर्दोषपन र बुझाइले मन छोएको बताइन्। • समीक्षाले ममताको चिरशान्तिको कामना गर्दै परिवारलाई कठिन समय सामना गर्ने शक्ति मिलोस् भनी प्रार्थना गरेकी छन्। ...

नेपालबहस
टोखा नगरपालिकामा भौतिक पूर्वाधार र आधुनिक प्रविधिमैत्री सेवा विस्तार
Latest NewsJust now

टोखा नगरपालिकामा भौतिक पूर्वाधार र आधुनिक प्रविधिमैत्री सेवा विस्तार

काठमाडौँ, कात्तिक २४ गते । काठमाडौँ उपत्यकाका स्थानीय तहहरु मध्ये टोखा नगरपालिकाले भौतिक पूर्वाधार र सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउँदै लगेको छ । नगरपालिकाले अहिले आधुनिक पूर्... ...

गोरखापत्र
टेकअफ गर्ने क्रममा समस्या आएपछि श्री एयरलाइन्सका दुई जहाज फर्किए
Latest NewsJust now

टेकअफ गर्ने क्रममा समस्या आएपछि श्री एयरलाइन्सका दुई जहाज फर्किए

काठमाडौँ । भैरहवा उडानका लागि तयारी अवस्थामा रहेका श्री एयरलाइन्सका दुईवटा विमान टेकअफ गर्ने क्रममा अचानक समस्या आएपछि पार्किङमै फर्काइएका छन्। दुवै विमानमा प्राविधिक समस्या आएको भन्दै उडान रोकेर पार्किङमा ल्याइएको... ...

रातोपाटी
अब लाइनमा बस्न नपर्ने, सिभिल हस्पिटलको अपोइन्टमेन्ट घरबाटै
Latest NewsJust now

अब लाइनमा बस्न नपर्ने, सिभिल हस्पिटलको अपोइन्टमेन्ट घरबाटै

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) ले बिरामीलाई घरबाटै ओपीडी टिकट लिन सकिने अनलाइन अपोइन्टमेन्ट सेवा सुरु गरेको छ। अस्पतालले सामाजिक सञ्जालमार्फत नयाँ सेवा सञ्चालनमा ल्याएको जानकारी दिँदै अब बिरामीले घरमै बसेर सात दिनअघिसम्मको अपोइन्टमेन्ट बुक गर्न र आफूले चाहेको चिकित्सकसँग जाँच गराउने पालो सुरक्षित गर्न सक्ने जनाएको छ। नयाँ सेवाबाट अस्पताल पुगेर टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play