दशैंको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन् । बडादशैंका अवसरमा नवदुर्गाको अवतारस्वरुप राष्ट्र प्रमुखले नवकन्याहरुको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ । सोही परम्परा अनुरुप राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार नवकन्याहरुको पूजाअर्चना गरेका हुन् । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजाअर्चना गर्ने गरिन्छ । सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गरेका थिए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कर्णालीमा साढे ५ लाख पर्यटक पुगे
कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख ४० हजार ७२८ जना आन्तरिक तथा बाह्य पर्यटक आएको सरकारी तथ्यांक छ । तर, प्रदेशको साहसिक पर्यटनको महत्वपूर्ण क्षेत्र जलयात्रा (¥याफ्टिङ) का लागि आउने पर्यटकको संख्या भने मन्त्रालयले सार्वजनिक गरेको विवरणमा समेटिएको छैन । यसले प्रदेशको पर्यटन तथ्यांक संकलन प्रणाली र विवरणको पूर्णतामाथि प्रश्न उठाएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण ...

सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा
बडादशैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बलले नेपालको निशान, मौलो तथा कोत पूजा गरेको छ । कार्तिक ३ गते महानवमीका दिन सशस्त्र प्रहरी बलले नेपालको निशान, मौलो तथा कोत पूजा हलचोक स्वयम्भूस्थित नम्बर १९ बगलामुखी विशेष कार्यदल गणमा आयोजना गरेको हो । संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यतामा बिहान ७ बजेर ३५ मिनेटको पूजाको संकल्प साइतमा सुरु भएको पूजा ...

सलमान खानलाई बिश्नोई समाजले भन्यो, ‘माफी माग’
बलिउड अभिनेता टाइगर श्रॉफमाथि गोली प्रहारको घटना सार्वजनिक भएपछि अभिनेता सलमान खान र लरेन्स बिश्नोईबीचको पुरानो विवाद फेरि चर्चामा आएको छ । यसैबीच, जोधपुरका बिश्नोई समाजसँग सम्बन्धित देवन्द्र बुढियाले सलमान खानलाई समाजसँग माफी मागेर विवाद अन्त्य गर्न आग्रह गरेका छन् । बुढियाका अनुसार, कुनै समुदायसँग माफी माग्दैमा व्यक्तिको प्रतिष्ठा घट्दैन । सलमान खानले आफैँ अघि… ...



