दशैं मनाउन गाउँ फर्किनेको लर्को, पाँच दिनमा साढे तीन लाख यात्रु बाहिरिए

नेपालीको महान् पर्व बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा(व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किनेक्रम बढेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दसैँ मनाउनका लागि घटस्थापनादेखि आज बिहानसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए । उनका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ यात्रु काठमाडौँबाट बाहिरिएका छन् । काठमाडौँबाट दशैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका हुन् । दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडक बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए। ‘दसैँको समयमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौँ आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ’, उनले भने। यही असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको थियो । यस्तै, हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले दसैँका लागि अग्रिम टिकट बुकिङ लिएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३, असोज २८ गते १८ हजार ५२९ र असोज २९ गते पाँच हजार ७४ यात्रुले अग्रीम टिकट बुकिङ गरेका छन् । महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किनेक्रम हरेक वर्ष बढ्ने गरेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको तयारी
प्रधानमन्त्री बालेन्द्र साहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री साहले यस्तो बताएका हुन् । प्रधानमन्त्री साहको सन्देश वाचन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीलार्य विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताएको जानकारी दिए । प्रधानमन्त्री ...

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयाोजित कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको ...

जापानी खानाको स्वाद दिलाउन सौराहामा खुल्यो होक्वाइदो
३० असोज, चितवन । सन् २०१९ मा नेपालमा सुरु भएको होक्काइदो समूहले आफ्नो सात वर्षको यात्रामा दशौँ शाखाका रूपमा होक्काइदो रामेन हाउस सौराहामा अघि बढाएको छ। काठमाडौं र पोखरापछि चितवनको सौराहामा विस्तार भएको समूहले स्थानीय होटल तथा रेस्टुरेन्ट सञ्चालक, व्यवस्थापक, पर्यटनकर्मी र सञ्चारकर्मीको उपस्थितिमा जापानी खानाको स्वाद चखाउने तथा सुझाव आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरेको… ...

डिजिटल अर्थतन्त्रको कराधान र करदाता सेवामा सुधार गर्न अन्तर्राष्ट्रिय सहमति
डिजिटल अर्थतन्त्रको विस्तारसँगै कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउन सातौँ बेल्ट एण्ड रोड इनिसिएटिभ कर प्रशासन सहयोग मञ्च (ब्रिटाकोफ) सम्मेलनमा सदस्य राष्ट्रहरूबीच सहमति भएको छ । ...


