प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको तयारी

प्रधानमन्त्री बालेन्द्र साहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री साहले यस्तो बताएका हुन् । प्रधानमन्त्री साहको सन्देश वाचन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीलार्य विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताएको जानकारी दिए । प्रधानमन्त्री साहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बुद्धिमत्ता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको बताए । आन्तरिक शान्ति सुरक्षा कायम गर्न प्रहरीको भुमिका महत्वपूर्ण रहेको बताएको पनि जानकारी दिए । उनले भने,‘ नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिवद्ध छ । प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बुद्धिमत्ता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको छ । आन्तरिक शान्ति सुरक्षा कायम गर्न प्रहरीको भुमिका महत्वपूर्ण छ । सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्न आवश्यक छ । प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने मित्रराष्ट्र तथा विकास साझेदारहरूप्रति धन्यवाद व्यक्त गर्दछु ।’ साहले सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्न आवश्यक रहेको बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’
शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएबापत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक अङ्गुर जिसी पुरस्कृत भएका छन् । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले उनलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरे । प्रहरी उपरीक्षक जिसीको नेतृत्वमा बाँके प्रहरीले ‘इन्तजार मोहम्मद अरबी खाँको हत्या’, ‘सिर्जना बुढा मगरलाई जलाएर ...

सौराहामा पहिलोपटक गुन्जिदै नेपथ्य
३० असोज, चितवन । पर्यटकीय नगरी सौराहामा आगामी मंसिर ३ गते चर्चित ब्याण्ड नेपथ्य पहिलोपटक गुञ्जिने भएको छ । ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित नेपाल डायरिज र एबी इभेन्ट्सको संयुक्त आयोजनामा सौराहामा नेपथ्यको कार्यक्रम हुन लागेको हो । कार्यक्रम सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदानमा हुने आयोजकले जनाएको छ । आयोजकले… ...

नेप्सेको पुनर्संरचना अघि बढाउन धितोपत्र बोर्डको पहल
३० असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको सुधार प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डका उच्च पदाधिकारी तथा नेप्सेको सञ्चालक समितिबीच छलफल भएको छ । नेपाल सरकारले गठन गरेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समितिले पेश गरेको प्रतिवेदनको कार्यान्वयन तथा दोस्रो बजार सञ्चालन, व्यवस्थापन एवम् उपकरण तथा सेवा विविधिकरण विषयमा बोर्ड तथा नेप्सेका… ...

रिलायन्सले इलन मस्कलाई भन्यो- हामी प्रतिस्पर्धाबाट कहिल्यै डराउँदैनौँ
अमेरिकाका चर्चित व्यवसायी एलन मस्कले भारतमा स्टारलिंकको प्रवेशमा रोक लगाइएको आरोप लगाएका छन्। ...


