बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएबापत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक अङ्गुर जिसी पुरस्कृत भएका छन् । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले उनलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरे । प्रहरी उपरीक्षक जिसीको नेतृत्वमा बाँके प्रहरीले ‘इन्तजार मोहम्मद अरबी खाँको हत्या’, ‘सिर्जना बुढा मगरलाई जलाएर मारिएको घटना’, ‘अफ्सना बस्नेतको अपहरण तथा हत्या’ र ‘विशाल चन्द ठकुरीको हत्या’मा संलग्न फरार अभियुक्तलाई पक्राउ गरी सफल अनुसन्धान गरेको थियो । गृहमन्त्री गुरुङले ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रहरी चौकी कोठियाघाट, बर्दियामा कार्यरत प्रहरी सहायक हबल्दार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाशसिंह महरालाई प्रदान गरे । यस्तै ‘मोतिलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत’ पुरस्कारबाट इलाका प्रहरी कार्यालय रातापानी मुगुमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्धबहादुर बुढा पुरस्कृत भए। उक्त पुरस्कारको राशी रु ५१ हजार रहेको छ । यस वर्षको ‘मोतिकला मिथिला अमर प्रहरी छात्रवृत्ति’ अशक्त प्रहरी नायब निरीक्षक हितबहादुर तामाङकी सुपुत्री विदुर नगरपालिका–११ घर की छात्रा आशिका लामा र अमर प्रहरी जवान विन्देश्वर साहका सुपुत्र सर्लाहीको विष्णुपुर गाउँपालिका–६ का अनजयकुमार साहलाई प्रदान गरियो । सो छात्रवृत्तिको राशि वार्षिक रु एक लाख रहेको छ । कार्यक्रममा गृहमन्त्री गुरुङले ‘अच्युत मीना अमर प्रहरी पुरस्कार’ अमर प्रहरी पदमबहादुर साउँदको सुपुत्र कैलालीका विप्लव साउँद र अमर प्रहरी रामबहादुर साउँदको सुपत्री अछामकी रञ्जना साउँद तथा ‘अच्युत मीना अमर प्रहरी छात्रवृत्ति’ अमर प्रहरी शेरसिंह साउँदको सुपुत्र बैतडीका अनिल साउँद र अमर प्रहरी रामबहादुर साउँदकी सुपुत्री कैलालीकी नवीना साउँदलाई जनही रु ५१ हजारको पुरस्कार र छात्रवृत्ति प्रदान गरे । त्यसअघि गृहमन्त्री गुरुङले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए । नेपाल प्रहरीको एक टुकडीले गृहमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो । प्रहरीलाई विभिन्न कार्यालय स्थापनाका लागि यस वर्ष ३५ सहित ४२८ जनाले जग्गा दान गरेको सो कार्यक्रममा जानकारी दिइयो । विभिन्न कालखण्डमा एक हजार ७९८ अमर प्रहरीले कर्तव्य पालनको सिलसिलामा वीरगति प्राप्त गरेका छन् । यस वर्ष प्रहरी नायब निरीक्षकसहित पाँच जनाले वीरगति प्राप्त गरेको छ भने २५ जना प्रहरी कर्मचारी बेपत्ता भएका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु
३० असोज, काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार केहीबेर अघिदेखि नियमित बैठक सुरु भएको हो। ...

ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेट
३० असोज, काठमाडौं । नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटवार्तामा नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ… ...

एमसीसी परियोजनाको म्याद एक वर्ष थप्न अमेरिकाको सहमति
नेपालमा मिलेनिअम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना निर्धारित समयमा सम्पन्न गर्न नसकिने भएपछि नेपाल सरकारले सम्झौता कार्यान्वयनको म्याद एक वर्ष थप्न गरेको अनुरोध अमेरिकाले स्वीकार गरेको छ। एमसीसी परियोजना कार्यान्वयन गर्ने निकाय मिलेनिअम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)का अनुसार म्याद थपसम्बन्धी निर्णयको अनुमोदन भने अर्थ मन्त्रालयबाट हुन बाँकी छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म एमसीसी परियोजनाको ...

३ दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : मन्त्री लम्साल
३० असोज, काठमाडौं । अत्यधिक हिमपातका कारण अवरुद्ध भएको कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडक खण्ड ३ दिनभित्र सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् । मन्त्री लम्सालले शुक्रबार सामाजिक सञ्जालमार्फत अवरुद्ध सडक खुलाउन मन्त्रालयको डिभिजन टोलीले जोखिमपूर्ण अवस्थामा काम गरिरहेको जानकारी दिएका हुन्। समुद्री सतहबाट करिब ४ हजार ५०० मिटरको… ...


