प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयाोजित कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको विश्वास जित्न आवश्यक रहेको जिकिर गरे । प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्ने बताए । उनले भने, ‘प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्छ । साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको विश्वास जित्न आवश्यक छ । प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ । सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन ।’ गृहमन्त्री गुरुङले सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहने र गलत कार्यको संरक्षण नगर्ने चेतावनी दिए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’
शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएबापत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक अङ्गुर जिसी पुरस्कृत भएका छन् । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले उनलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरे । प्रहरी उपरीक्षक जिसीको नेतृत्वमा बाँके प्रहरीले ‘इन्तजार मोहम्मद अरबी खाँको हत्या’, ‘सिर्जना बुढा मगरलाई जलाएर ...

सौराहामा पहिलोपटक गुन्जिदै नेपथ्य
३० असोज, चितवन । पर्यटकीय नगरी सौराहामा आगामी मंसिर ३ गते चर्चित ब्याण्ड नेपथ्य पहिलोपटक गुञ्जिने भएको छ । ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित नेपाल डायरिज र एबी इभेन्ट्सको संयुक्त आयोजनामा सौराहामा नेपथ्यको कार्यक्रम हुन लागेको हो । कार्यक्रम सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदानमा हुने आयोजकले जनाएको छ । आयोजकले… ...

नेप्सेको पुनर्संरचना अघि बढाउन धितोपत्र बोर्डको पहल
३० असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको सुधार प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डका उच्च पदाधिकारी तथा नेप्सेको सञ्चालक समितिबीच छलफल भएको छ । नेपाल सरकारले गठन गरेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समितिले पेश गरेको प्रतिवेदनको कार्यान्वयन तथा दोस्रो बजार सञ्चालन, व्यवस्थापन एवम् उपकरण तथा सेवा विविधिकरण विषयमा बोर्ड तथा नेप्सेका… ...

रिलायन्सले इलन मस्कलाई भन्यो- हामी प्रतिस्पर्धाबाट कहिल्यै डराउँदैनौँ
अमेरिकाका चर्चित व्यवसायी एलन मस्कले भारतमा स्टारलिंकको प्रवेशमा रोक लगाइएको आरोप लगाएका छन्। ...


