थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक पुगे मुस्ताङ

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ । समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पिक छिचोल्दै विदेशी पर्यटक मनाङ हुँदै मुक्तिनाथसम्म निस्कन्छन् । यो पदमार्ग विदेशी पर्यटकका लागि साहसिक र जोखिमपूर्ण पदमार्गका मानिन्छ । गत असोज ११ गतेको भारी वर्षा र हिमपातले अवरुद्ध बनेको थोरङला पास पदमार्गको हिउँ पन्छाइएपछि विदेशी पर्यटक मुस्ताङ आउन थालेका हुन् । उक्त पदमार्गको थोरङ फेदी माथिको पदमार्गमा जमेको हिउँ मुस्ताङका पर्यटन व्यवसायीले पन्छाएर आवागमन सहज पारिएको थियो । मनाङतर्फ पनि सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायी मिलेर थोरङला पास पहुँचमार्गको हिउँ पन्छाएर राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको पदमार्ग सहज बनाइएको थियो । बर्सेनि दुई सिजन चल्ने पदमार्ग विदेशी पर्यटक अङ्ग्रेजी वषएको मे, जुन र जुलाइमा पदयात्रा गर्ने गर्छन् । एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले हिउँदयाम अघिको अक्टोबर र नोभेम्बरमा पनि उल्लेख्य विदेशी पर्यटक थोरङला पास हुँदै मुस्ताङ आउने गरेको जनाए । थोरङ पास पदमार्ग हिउँ सफा गरेपछि बिहीबारसम्म ७७२ जना विदेशी पर्यटक मुस्ताङ आइपुगेको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक थकालीको भनाइ छ । मुक्तिनाथ होटल एशोसियनका अध्यक्ष सुरज गुरुङले राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास गर्ने सिजन सुरु भएकाले विदेशी पर्यटकको मनाङबाट आउने सङ्ख्या बढ्दै गइरहेको बताए । पर्यटकीय यामको सुरुआती समयमै थोरङला पास क्षेत्रमा भारी हिमपात हुँदा उक्त पदमार्ग अवरुद्ध हुन पुगेको थियो । अध्यक्ष गुरुङका अनुसार मनाङ र मुस्ताङका पर्यटन व्यवसायी र सुरक्षाकर्मीले दुईतर्फी पदमार्गको हिउँ पन्छाइएपछि मनाङबाट मुस्ताङ प्रवेश गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । अध्यक्ष गुरुङका अनुसार थोरङला पास हुँदै दैनिक सय बढी पर्यटक मुक्तिनाथ निस्किने गरेका छन् । बेनी–जोमसोम सडकमार्गबाट आउने पर्यटक घटे पनि थोरङला पास गरी आउने विदेशी पर्यटकको उपस्थितिले मुक्तिनाथका धेरैजसो होटलमा पर्यटक भरिन थालेको उनको भनाइ छ । यस वर्षको नोभेम्बर अन्तिमसम्म मनाङबाट थोरङला पासगरी विदेशी पर्यटक मुस्ताङ आउने सिजन भएको अध्यक्ष गुरुङले बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

साइबर सुरक्षा जोखिमपछि सतर्कता अपनाउन नेपाल राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बैंकले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त जोखिमका कारण वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको हो । यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना ...

समृद्धिको बाटोमा तगारो
जुन देशको माटोले सुन फलाउने सामर्थ्य राख्छ र जसको युवा जनशक्तिले विश्वका मरुभूमिलाई हरियालीमा बदल्न सक्छ, त्यो देश आफैँ भने किन सधैँ परनिर्भर र गरिब रहिरहन्छ? स्रोत र सम्भावनाको प्रचुरताबीच दूरदृष्टिको खडेरी र नीतिगत अलमलले पिल्सिएको मुलुकको कथा लेखिरहँदा प्राकृतिक सौन्दर्यको अनुपम वरदान, जलस्रोतको प्रचुर सम्भावना, जैविक विविधता र सिर्जनशील युवा जनशक्तिको खानी भएर पनि नेपाल लामो समयदेखि आर्थिक पछौटेपन र ...

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
काठमाडौं। पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो। ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन ...

पीएचपीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि बैंकका वेबसाइट बन्द, रकम र विवरण सुरक्षित
• नेपाल राष्ट्र बैंकसहित अधिकांश बैंक र वित्तीय संस्थाले पीएचपी प्रोग्रामिङ भाषामा देखिएको सुरक्षा त्रुटिका कारण आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन्। • ह्याकरले संवेदनशील विवरण चोरी गर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता अपनाइएको छ र प्रणाली अद्यावधिकको काम भइरहेको छ। • सर्वसाधारणले बैंकका आधिकारिक सूचनामा विश्वास गर्न, अपरिचित लिङ्क नखोल्न र शङ्कास्पद गतिविधिहरूमा सतर्क रहन सुझाव दिइएको ...


