साइबर सुरक्षा जोखिमपछि सतर्कता अपनाउन नेपाल राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बैंकले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त जोखिमका कारण वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको हो । यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ । राष्ट्र बैंकले यस अवधिमा बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन आग्रह गरेको छ । साथै, सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन, प्रयोग भइरहेका प्रणालीलाई सुरक्षित बनाउन र नियमित सुरक्षा निगरानी बढाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई अपिल गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा जोखिमको प्रकृतिबारे विस्तृत विवरण भने खुलाइएको छैन ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सख्या नाच
दाङको घोराही उपमहानगरपालिका–१० स्थित लमडरुवा गाउँमा थारु समुदयमा नाचिने परम्परागत सख्या नाच प्रस्तुत गर्दै थारू समुदायका महिला । ...

घमाइलो मौसममा रमाइलो दसैं
काठमाडौं।दसैं आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैं आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशंका उब्जाएको थियो। कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि ! विगतका दसैंमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा सहज होला भन्नेमा उनी ढुक्क हुन सकेकी थिइनन्। दसैं ...

तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु पुष्टि, ६५ घाइते
तिब्बतमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पपछि १२ हजार ४०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। राहत र उद्धार जारी छ। शुक्रबार बिहानसम्म ४०० भन्दा बढी परकम्प गएको जनाइएको छ। स्थानीय आपत्‌कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै... ...
_qRDrm29r1Q.webp)
भीसीटीएस प्रणाली अस्थायी रुपमा बन्द, ट्रक चलाउनेले बिलबिजक बोक्नुपर्ने
काठमाडौँ। राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको रहेको 'भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम' (भीसीटीएस) प्रणाली प्राविधिक सुरक्षा संवेदनशीलताका कारण अस्थायी रूपमा बन्द गरिएको छ। प्रणाली बन्द भएपछि मालवाहक सवारीसाधनहरूले नियमानुसारका बिलबिजक... ...


