Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौं। पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो। ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो छाप छाडेका थिए। उनले प्रतियोगितामा ६ खेल खेल्दै दुई शतकसहित ३८३ रन बनाएका थिए। उनले प्रतियोगितामा बनाएको ३८३ रन एकै संस्करणको पुरुष टी–२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो। ३० वर्षीय दायाँहाते ब्याटर फरहान पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका अनुभवी खेलाडी हुन्। उनले पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित एक हजार ५५४ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा उनले १८६ खेलबाट नौ शतक र ३८ अर्धशतकसहित पाँच हजार ७७५ रन बनाइसकेका छन्। उनले व्यावसायिक क्रिकेटमा हालसम्म लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेलेका छन्। फरहानका लागि एनपिएल चौथो विदेशी लिग हुनेछ। कर्णाली याक्सले यसअघि पाकिस्तानका अलराउन्डर हुसेन तलत, बङ्गलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ। एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ देखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सख्या नाच
ताजा खबरJust now

सख्या नाच

दाङको घोराही उपमहानगरपालिका–१० स्थित लमडरुवा गाउँमा थारु समुदयमा नाचिने परम्परागत सख्या नाच प्रस्तुत गर्दै थारू समुदायका महिला । ...

हाम्राकुरा
घमाइलो मौसममा रमाइलो दसैं
ताजा खबरJust now

घमाइलो मौसममा रमाइलो दसैं

काठमाडौं।दसैं आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैं आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशंका उब्जाएको थियो। कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि ! विगतका दसैंमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा सहज होला भन्नेमा उनी ढुक्क हुन सकेकी थिइनन्। दसैं ...

नेपालन्युज
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु पुष्टि, ६५ घाइते
ताजा खबरJust now

तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु पुष्टि, ६५ घाइते

तिब्बतमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पपछि १२ हजार ४०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। राहत र उद्धार जारी छ। शुक्रबार बिहानसम्म ४०० भन्दा बढी परकम्प गएको जनाइएको छ।  स्थानीय आपत्‌कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै... ...

नेपालखबर
भीसीटीएस प्रणाली अस्थायी रुपमा बन्द, ट्रक चलाउनेले बिलबिजक बोक्नुपर्ने
ताजा खबरJust now

भीसीटीएस प्रणाली अस्थायी रुपमा बन्द, ट्रक चलाउनेले बिलबिजक बोक्नुपर्ने

काठमाडौँ। राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको रहेको 'भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम' (भीसीटीएस) प्रणाली प्राविधिक सुरक्षा संवेदनशीलताका कारण अस्थायी रूपमा बन्द गरिएको छ। प्रणाली बन्द भएपछि मालवाहक सवारीसाधनहरूले नियमानुसारका बिलबिजक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play