तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ : सगरमाथा क्लब २४ स्वर्णसहित पहिलो दिनमै शीर्ष स्थानमा

नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै स्वर्ण जितेर अग्रता लिएको छ । नेपाल पौडी सघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबको आयोजना गरेको प्रतियोगिताको पहिलो दिन ४० वटा इभेन्ट सम्पन्न हुँदा सगरमाथा क्लले २४ वटा स्वर्ण मेडल जितेर अग्रता लिएको प्रतियोगिताका प्रमुख रेफ्री विष्णु खड्का क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा नयाँ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले १० स्वर्ण जितेर दोस्रो अग्रता लिएको छ । प्रतियोगितामा ललितपुरको रातो बंगला र मपिल क्यानेडिन स्कुल काठमाडौं दुई दुई स्वर्ण जितेर तेस्रो स्थानमा अग्रता र लखनउ भारतको गल्स कलेज र शिखा एकेडेमीका चौथो स्थानमा अग्रता लिएको खड्काले बताए । अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडिहरुले प्रतिस्पर्धा गर्ने छन । खेलाडीहरुका बिचमा फ्रि स्टाइल, बेष्टस्ट्रोक , ब्याकस्ट्रोक , बटरफ्लाइ , रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुटटा छुटटै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । आइतबार थप ४० इभेन्ट रहेका छन् । प्रतियोगितामा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट १५० जना खेलाडीहरु सहभागी भएका छन् । स्वीमिङलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेपालगन्जका स्वीमिङ खेलप्रेमी उद्योगी, ब्यवसायी, डाक्टर, इन्जिनियर, कानुन ब्यवसायी, चार्टर एकाउन्टेड , सञ्चारकर्मी लगायत नागरिक समाजका अगुवाहरुको पहलमा गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो । यस अघि नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गरेका थिए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

रास्वपा बैठकमा उठ्यो रवि–बालेन सम्बन्धको चिसोदेखि न्यायाधीशको महाभियोग
स्वर्णिम वाग्लेलाई पार्टी र सरकारबीचको समन्वय समिति संयोजक बस्न प्रस्ताव गरियो । तर उनले भने, ‘म नै मिडियाबाट थाहा पाइरहेको हुन्छु । म संयोजक बस्दैमा यो समस्या समाधान हुँदैन । म बस्दिनँ ।’ ...

भारतमा १२ वर्षमा ४९ करोड ६० लाख मानिस गरिबीबाट बाहिरिएको विश्व बैंकको दाबी
भारतमा पछिल्लो १२ वर्षमा गरिबीको दर उल्लेख्य रूपमा घटेको विश्व बैंकले जनाएको छ। विश्व बैंकले अक्टोबर २०२६ मा सार्वजनिक गरेको ‘पोभर्टी एन्ड इक्विटी ब्रिफ’ प्रतिवेदनअनुसार सन् २०११ देखि २०२३ सम्म भारतका ४९ करोड ६० लाख मानिस प्रतिदिन ४.२० अमेरिकी डलरको न्यून मध्यम आयस्तरको गरिबीको रेखाभन्दा माथि उक्लिएका छन्। प्रतिवेदनअनुसार यस अवधिमा भारतको गरिबी दर ५७.७ प्रतिशतबाट घटेर १६.१ प्रतिशतमा झरेको छ। ...

लोकसेवा तयारी २८ औँ श्रृङ्खला : कार्यसम्पादन प्रोत्साहनसम्बन्धी प्रश्नोत्तर
काठमाडौँ, कात्तिक १४ गते । गोरखापत्रको लोकसेवा तयारी विशेष कार्यक्रमको २८ औँ श्रृङ्खलामा कार्यसम्पादन प्रोत्साहन प्रणालीसम्बन्धी विषयगत प्रश्नोत्तर समावेश छन् । गोरखापत्र अनलाइनका... ...

सुदूरपश्चिम र विराटनगरबीचको खेलमा अन्योल, सुदूरपश्चिमका खेलाडीले मैदान छाडे
१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुन सकेको छैन । वर्षाले प्रभावित खेल अम्पायरले ५–५ ओभरको खेलाउने निर्णय गरेका थिए । जसअनुसार साँझ ७:२५ का लागि टस र ७:४१ मा खेल सुरु हुने निर्णय भनिएको थियो । तर, सुदूरपश्चिम रोयल्सले असहमति जनाएको छ । सुदूरपश्चिम रोयल्सका… ...


