Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/तीन महिनामै खाद्य कम्पनी ताप्लेजुङको एक करोड दुई लाखको व्यापार

तीन महिनामै खाद्य कम्पनी ताप्लेजुङको एक करोड दुई लाखको व्यापार

10/23/2026, 12:25:27 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन महिनामै खाद्य कम्पनी ताप्लेजुङको एक करोड दुई लाखको व्यापार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दई लाखभन्दा बढीको व्यापार गरेको छ । साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख ७५० रुपियाँको व्यापनर गरेको हो । गत आर्थिक वर्षमा २०८२–८३ मा एक करोड ६ लाख रुपियाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आर्थिक वर्ष साउन, भदौ र असोज महिनामात्र एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले बताए । तिम्सिननका अनुसार तीन महिनामा अवधिमा कुल एक हजार १८२ क्विन्टल बढी व्यापार गरेको छ । कार्यालयका अनुसार सबैभन्दा बढी जिरा मसिनो चामल ५० लाख ६५ हजार २५ रुपियाँको ५७२ क्विन्टल बिक्री भएको छ । त्यस्तै सोना चामल २० लाख ९० हजार ६२५ रुपियाँको ३४० क्विन्टल बिक्री भएको कार्यालय प्रमुख तिम्सिनाको भनाइ छ । ताप्लेजुङमा कम्पनी स्थापना भएको ४८ वर्षपछि खाद्यले चिनी र दाल समेत बिक्री गर्न सुरु गरेको थियो । २४८ दशमलब ५ क्विन्टल चिनी बिक्रीबाट २७ लाख ३५ हजार ५०५ रुपियाँ व्यापार भएको कार्यालयले उल्लेख गरेको छ । यस्तै, २१ दशमलव ५ क्विन्टल दाल बिक्री गरेका छन । दालबाट तीन लाख १३ हजार ५०५ रुपियाँ बराबरको व्यापार गरेको छ । चाडपर्वकै समयमा खाद्यले चिनी तथा दाल विशेष छुटमा बिक्री सुरु गरेपछि उपभोक्ताको चाप वृद्धि हुँदा धेरै परिमाणमा खाद्यान्न बिक्री गर्न सफल भएको कार्यालयको भनाइ छ । खाद्यले चिनी प्रतिकिलोग्राम ११० रुपियाँ र दाल प्रतिकिलोग्राम १४५ रुपियाँ निर्धारण गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
OthersJust now

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए । ‘साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको ...

पर्दाफास
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर, के सोधे के भने ?
OthersJust now

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर, के सोधे के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो । समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन ...

पर्दाफास
अर्थमन्त्री वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने
OthersJust now

अर्थमन्त्री वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका हुन् । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ को विशेष सत्र जारी छ । ‘निकटताबाट समृद्धिः भारत–नेपाल अवसर’ शीर्षकको सत्रमा उनी अतिथि वक्ता छन् । यसअघि अर्थमन्त्री वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play