Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/अर्थमन्त्री वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने

अर्थमन्त्री वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने

10/23/2026, 12:55:24 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्री वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका हुन् । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ को विशेष सत्र जारी छ । ‘निकटताबाट समृद्धिः भारत–नेपाल अवसर’ शीर्षकको सत्रमा उनी अतिथि वक्ता छन् । यसअघि अर्थमन्त्री वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एनडी टिभी विश्व सम्मेलनको सम्बोधन सत्रमा सहभागी थिए । बिहीबार रातिको प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने सत्रमा अतिथिको रुपमा उनी सहभागी भएका हुन् । उक्त सत्रपछि भारतीय प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा. वाग्लेबीच संक्षिप्त भेट र कुराकानी समेत भएको थियो । उक्त सम्मेलनको विशेष सत्रमा भारतीय विदेश मन्त्री डा.एस जयशंकरले सम्बोधन गर्दा पनि वाग्ले अतिथिको रुपमा कार्यक्रममा सहभागी थिए । सो क्रममा उनीहरूबीच परिवर्तन भइरहेको विश्व व्यवस्थाका सम्बन्धमा रोचक प्रश्नोत्तर समेत भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

मुख्यसचिव र सचिवहरूलाई सवारी खरिद गर्न ६० लाखसम्म ऋण दिने
OthersJust now

मुख्यसचिव र सचिवहरूलाई सवारी खरिद गर्न ६० लाखसम्म ऋण दिने

सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका, २०८३ अनुसार सरकारले सवारीसाधन किन्न चाहने कर्मचारीलाई ऋण व्यवस्थापन गरिदिने भएको हो । ...

अनलाइन खबर
पीएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित, जनताको पैसा र सूचना सुरक्षित रहेको राष्ट्र बैंकको दाबी
OthersJust now

पीएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित, जनताको पैसा र सूचना सुरक्षित रहेको राष्ट्र बैंकको दाबी

बैंकहरूले वेबसाइट बन्द गर्दा वेबमा आधारित सेवा अनलाइन बैंकिङ, खाता खोल्ने, केवाईसी अपडेट, कतिपय भुक्तानी प्रणालीका सेवा प्रभावित भएको बैंकरहरूले बताएका छन् । ...

अनलाइन खबर
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
OthersJust now

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए । ‘साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको ...

पर्दाफास
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर, के सोधे के भने ?
OthersJust now

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर, के सोधे के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो । समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play