Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

10/23/2026, 1:16:03 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए । ‘साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात हुनसक्छ, उनले भने, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको तथा एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।’ महर्जनले साताको सुरु र मध्यमा भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जानकारी दिए । पहाडी भू–भागमा साताको सुरु र मध्यमा सबै प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साताको अन्त्यमा भने पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा हुनसक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराईका भू–भागमा साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन । साताको अन्त्यमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने मौसमविद् महर्जनले बताए । उनका अनुसार साताको अन्त्यमा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पर्ने भू–भागमा थोरै स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ । आगामी सातामा देशका विभिन्न भू–भागको अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

मुख्यसचिव र सचिवहरूलाई सवारी खरिद गर्न ६० लाखसम्म ऋण दिने
OthersJust now

मुख्यसचिव र सचिवहरूलाई सवारी खरिद गर्न ६० लाखसम्म ऋण दिने

सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका, २०८३ अनुसार सरकारले सवारीसाधन किन्न चाहने कर्मचारीलाई ऋण व्यवस्थापन गरिदिने भएको हो । ...

अनलाइन खबर
पीएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित, जनताको पैसा र सूचना सुरक्षित रहेको राष्ट्र बैंकको दाबी
OthersJust now

पीएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित, जनताको पैसा र सूचना सुरक्षित रहेको राष्ट्र बैंकको दाबी

बैंकहरूले वेबसाइट बन्द गर्दा वेबमा आधारित सेवा अनलाइन बैंकिङ, खाता खोल्ने, केवाईसी अपडेट, कतिपय भुक्तानी प्रणालीका सेवा प्रभावित भएको बैंकरहरूले बताएका छन् । ...

अनलाइन खबर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर, के सोधे के भने ?
OthersJust now

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर, के सोधे के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो । समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play