Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/तीन महिनामा २० बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

तीन महिनामा २० बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

10/22/2026, 5:11:47 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन महिनामा २० बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा तीन महिनाको अवधिमा ३३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनहरुले स्वेच्छाले चढाएको भेटीका रुपमा नगद ३३ लाख भन्दा बढी संकलन भएको हो । चालुु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा पाथीभराको दर्शन गरी चडाएको भेटी ३३ लाख २६ हजार ६५० रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । सो अवधिमा २० हजार ५२२ जना भक्तजनहरु पाथीभरामा पुगेर पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आर्थिक वर्षका पहिलो महिना अर्थात साउनमा तीनलाख १८ हजार पाँचसय रुपैयाँ भेटी संकलन भएको थियो । सो महिनामा २ हजार ४६९ जना भक्तनहरुले पाथीभराको दर्शन गरेका थिए । ६ हजार १२३ जना भक्तजनहरुले भदौ महिनामा दर्शन गर्दा २३ लाख ६७ हजार रुपैयाँ भेटी संकलन भएको थियो । त्यस्तै असोज महिनामा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी संकलन भएको छ । सो महिनामा ११ हजार ९३० जना भक्तजनहरुले पाथीभरामा पुगेर पूजापाठ गरेको थियो । तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा धाम पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ । सुकेटारसम्म पक्की सडक रहेको छ भने काफ्लेपाटीसम्म कच्ची सडकले यात्रालाई चुनौतीपूर्ण बनाएको छ । त्यस्तै काठमाडौं—सुकेटार हावाईमार्ग समेत प्रयोग गर्न सकिने छ । क्षेत्र विकास समितिका अनुसार काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुँदा श्रद्धालुहरूका लागि यात्रा विशेष बन्ने गरेको छ । पैदल मार्गलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबर छाना राखिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दशैंको रौनकबीच विदेशिनेको लर्को, भविष्य खोज्दै युवा
OthersJust now

दशैंको रौनकबीच विदेशिनेको लर्को, भविष्य खोज्दै युवा

नेपालीहरूको प्रमुख पर्व बडादशैंमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ । दशैंको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ । ...

पर्दाफास
साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृ*त्यु, नेपाल सरकारको कडा निन्दा
OthersJust now

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृ*त्यु, नेपाल सरकारको कडा निन्दा

५ कात्तिक, काठमाडौं । साउदी अरेबियाको सेबा आयल फिल्डमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ। बुधबार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। साउदी ऊर्जा मन्त्रालयका अनुसार,… ...

अनलाइन खबर
स्टेयरिङ र पेडलबिनाकै साइबरक्याब यसै वर्ष बेच्ने टेस्लाको घोषणा, नियामकको छानबिन जारी
OthersJust now

स्टेयरिङ र पेडलबिनाकै साइबरक्याब यसै वर्ष बेच्ने टेस्लाको घोषणा, नियामकको छानबिन जारी

५ कात्तिक, काठमाडौं । अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले स्टेयरिङ ह्विल र ब्रेक तथा एक्सेलेरेटर पेडलबिनाको दुई सिटे पूर्ण स्वचालित कार ‘साइबरक्याब’ यसै वर्षको अन्त्यसम्ममा ग्राहकलाई बिक्री गर्न सुरु गर्ने घोषणा गरेको छ। अमेरिकाको सडक सुरक्षा मापदण्डअनुसार यस्तो गाडी चलाउन मिल्ने–नमिल्ने विषयमा नियामक निकायले छानबिन गरिरहेका बेला टेस्लाले बिक्री योजना सार्वजनिक गरेको हो। रोबोट्याक्सीका… ...

अनलाइन खबर
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
OthersJust now

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play