दशैंको रौनकबीच विदेशिनेको लर्को, भविष्य खोज्दै युवा

नेपालीहरूको प्रमुख पर्व बडादशैंमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ । दशैंको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ । विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन् । यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएको छ । चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ । तर केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा विदेसिने युवाको सङ्ख्या बढ्दो छ । अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ । आफ्नै गाउँघर, सहर–बजार अर्थात् स्वदेशमा अध्ययन तथा पेसा–व्यवसाय गर्न छोडेर विदेशतर्फ आकर्षित हुने आमप्रवृत्तिका कारण गाउँघर रित्तो भई खेतबारी बाँझिएको अवस्था छ । यसैबीच, रोजगारीका लागि विदेसिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताए । उनले भने, ‘योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन । आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु ।’ शिक्षा, स्वास्थ्यको व्यवस्थासहित परिवारको दैनिकी चलाउने, आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि केही बचत गर्ने उद्देश्यले नेपाली युवा विदेसिने गरेको उनको भनाइ छ । विमानस्थलमै भेटिएका गुल्मीका प्रकाश खत्री स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा आफ्नो भविष्य निर्माणका लागि युवा पुस्ताको विदेश रोजाइ हुने गरेको बताउँछन् । “नेपालमा रोजगारीको अवसर नभएको, भएपनि सेवासुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरुको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउने भन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,” उनले भने । यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आएका कैलालीका ठक्कर कलेल वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न तथा जीवनस्तर उकास्न सहयोग पुर्याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी विदेसिँदा मुलुकमा दीर्घकालीन चुनौती उत्पन्न हुनसक्ने बताउँछन् । दक्ष तथा मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उनको चिन्ता छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चितवन प्रहरीद्वारा पहिलो पटक निःशुल्क बस सेवा सञ्चालन
बडादसैँअन्तर्गत टीकाको दिन आमसर्वसाधारण जनताको हितलाई ध्यानमा राखी चितवन प्रहरीले पहिलो पटक भरतपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले टीकाको दिन सहज रुपमा सार्वजनिक सवारीसाधन नपाइने भएकाले नेपाल पुलिस स्कुल, शान्तिपुरका दुई वटा बस प्रयोग गरी ८४० जना यात्रुलाई निःशुल्क बस सेवा दिएको जनाएको छ । दुई वटा बसमध्ये एउटा पुल्चोकदेखि केन्द्रीय बस टर्मिनल हुँदै आँपटारी ...

श्रीलंकाविरुद्ध ह्यारी ब्रुकले बनाए कीर्तिमानी दोहोरो शतक
५ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी दोहोरो शतक बनाएका छन्। उनले पाकिस्तानमा जारी त्रिकोणात्मक शृङ्खला अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ११४ बलमा दोहोरो शतक पूरा गरेका हुन्। ब्रुक एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने ब्याटर बनेका छन्। उनले भारतका शुभमन गिलको ११७ बलमा दोहोरो शतक पूरा गर्ने कीर्तिमान तोडेका हुन्।… ...

फेसबुकको गल्ती : न्यु मेक्सिकोमा मेटालाई किन तोकियो २५ अर्ब डलर जरिवाना ?
५ कात्तिक, काठमाडौं । डाटा गोपनीयताका विषयमा उपभोक्ताहरूलाई जानाजानी भ्रमित पारेको ठहर गर्दै न्यु मेक्सिकोका एक न्यायाधीशले मेटा प्लेटफर्म्सलाई अमेरिकी राज्य न्यु मेक्सिकोलाई २५ अर्ब डलर तिर्न आदेश दिएका छन्। फैसलाको तीन हप्ताभन्दा बढी समयपछि आएको आदेशमा न्यायाधीश फ्रान्सिस म्याथ्युले लेखेका छन्, ‘फेसबुकको गल्ती जुन वर्षौंदेखि र योजनाबद्ध रूपमा सर्वसाधारणमाझ प्रसारण गरिएको छ– फेसबुकको मुख्य… ...

दसैंमा पनि रोकिएन रोजगारीका लागि विदेशिने युवाको लर्को
५ कात्तिक, काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ। दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन्। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार… ...


