डोल्पा कारागारबाट फरार कैदीबन्दी तथा थुनुवाकाे खोजीका लागि प्रहरीको सार्वजनिक अपिल

काठमाडौं, कात्तिक १५ । डोल्पा कारागार कार्यालयबाट कारागार फोडेर भागेका कैदीबन्दी तथा थुनुवाकाे विवरण प्रहरीले सार्वजनिक गरेकाे छ। हिजाे कारागार कार्यालय डोल्पाबाट उनीहरू भागी फरार भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। कारागारबाट फरार हुनेमा विभिन्न कसुरका कैदीबन्दी तथा थुनुवाहरू रहेका छन्। प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाउँदै सर्वसाधारण तथा सरोकारवालाहरूलाई सहयोगका लागि हार्दिक अनुरोध गरेको छ। फरार रहेका व्यक्तिहरूको विवरण: १. काली प्रसाद रोकाया – उमेर २९ वर्ष, ठेगाना: त्रिपुरासुन्दरी नगरपालिका-७, डोल्पा (हुलिया: गहुँगोरो) २. धन बहादुर भन्ने हरि बहादुर बुढा – उमेर २८ वर्ष, ठेगाना: त्रिपुरासुन्दरी नगरपालिका-४, डोल्पा (हुलिया: गहुँगोरो) ३. यज्ञ वि.क. – उमेर २५ वर्ष, ठेगाना: बारेकोट गाउँपालिका-१, जाजरकोट (हुलिया: गहुँगोरो) ४. तिलक भण्डारी – उमेर ३८ वर्ष, ठेगाना: आठविसकोट नगरपालिका-५, रुकुम पश्चिम (हुलिया: गहुँगोरो) ५. राम बहादुर कामी – उमेर ३२ वर्ष, ठेगाना: आठविसकोट नगरपालिका-१०, रुकुम पश्चिम (हुलिया: गहुँगोरो) ६. रेशम राना – उमेर २८ वर्ष, ठेगाना: कुमाख गाउँपालिका-५, सल्यान (हुलिया: गहुँगोरो) ७. कैलाश भन्ने कपिल परियार – उमेर १९ वर्ष, ठेगाना: नलगाड नगरपालिका-९, जाजरकोट (हुलिया: गहुँगोरो) ८. निशान भन्ने अदेश भण्डारी – उमेर ३२ वर्ष, ठेगाना: आठविसकोट नगरपालिका-३, रुकुम पश्चिम (हुलिया: गहुँगोरो) फरार रहेका यी व्यक्तिहरूलाई कतै देखेमा वा उनीहरूको बारेमा कुनै किसिमको सूचना प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय डोल्पाको निम्न सम्पर्क नम्बरहरूमा खबर गरिदिन प्रहरीले सबैमा आग्रह गरेको छ: सम्पर्क नम्बरहरू: १००, ०८७-५५००५६, ९८५८३९०५८६, ९८५८३०५५५५ इमेल: dpodolpa@nepalpolice.gov.np
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

अमेरिका, क्यानडादेखि जर्मनीसम्म ह्यालोविनको रौनक, किन मनाइन्छ यो पर्व ?
अमेरिका, क्यानडा, जर्मनी, कोलम्बिया र बोलिभियालगायतका देशमा ह्यालोविन पर्वको रौनक छाएको छ। मानिसहरू भूतप्रेत, विभिन्न डरलाग्दा पात्रको भेषमा सजिएर यो पर्व मनाइरहेका छन्। घर, सडक र सार्वजनिक स्थलहरूमा फर्सीबाट बनाइएका आकृति, बत्ती तथा डरलाग्दा सजावटले विशेष आकर्षण थपेका छन्। हरेक वर्ष अक्टोबर ३१ मा मनाइने ह्यालोविनको सुरुवात प्राचीन सेल्टिक समुदायको ‘साम्हेन’ पर्वबाट भएको मानिन्छ। यस दिन जीवित र मृत आत्माबीचको दूरी ...

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पु¥याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको काम अगाडि बढाउन निर्देशन दिएको हो। हात्तीको आवागमनसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले रेडियो कलर जडान गर्न लागिएको विभागले जनाएको ...

जर्मनीमा जेनजी आन्दोलन उग्र बन्दै, विभिन्न सहरमा झडप र लुटपाट
जर्मनीको फ्याङ्कफर्ट शहरमा शनिबार अबेर राति दङ्गाकारीहरूले पसलहरूमा लुटपाट गरेका छन्। त्यहाँ प्रहरीसँग झडपसमेत भएको छ। जर्मनीका अन्य शहरहरूमा पनि झडपका घटना भएका छन्। यसअघि महँगीविरुद्ध ठूलो मात्रामा प्रदर्शनहरू भएका थिए, जुन धेरै हदसम्म शान्तिपूर्ण थिए। जर्मनीको आर्थिक राजधानी फ्याङ्कफर्टबाहेक बर्लिन, कोलोन र ह्यामबर्गमा पनि हिंसाका घटनाहरू भएका छन्। प्रहरीका अनुसार, प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरिएको थियो। प्रदर्शनकारीहरूले आपतकालीन ...

कांग्रेसलाई एकताबद्ध बनाएर समयअनुसार परिवर्तन गर्नुपर्छ : उपसभापति आचार्य
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति मधु आचार्य ...


