Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी

11/1/2026, 12:15:07 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पु¥याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको काम अगाडि बढाउन निर्देशन दिएको हो। हात्तीको आवागमनसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले रेडियो कलर जडान गर्न लागिएको विभागले जनाएको छ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन र विश्लेषण गरी हात्तीको आवागमन तथा बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्न सकिने बताइन्। यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ। मन्त्री चौधरीका अनुसार रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरिनेछ। हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट रेडियो कलर जडान गर्नुका साथै त्यसपछिको नियमित अनुगमनसमेत गरिनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

भारतले सफलतापूर्वक प्रक्षेपण गर्‍यो नयाँ पुस्ताको नेभिगेसन उपग्रह
राजनीतिJust now

भारतले सफलतापूर्वक प्रक्षेपण गर्‍यो नयाँ पुस्ताको नेभिगेसन उपग्रह

भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ बनाउने उद्देश्यले शुक्रबार राति नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार ‘एनभिएस–०३’ नामक उपग्रहलाई जीएसएलभी–एफ१८ रकेटमार्फत आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार शुक्रबार राति ११:५१ बजे प्रक्षेपण गरिएको हो। प्रक्षेपण सफलतापछि इसरोले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘जीएसएलभी&ndash... ...

फरकधार
मधेशी युवालाई आग्रह : पुराना मधेशवादी दलप्रति भरोसा घट्यो, अब आफैं नेतृत्व लिनू
राजनीतिJust now

मधेशी युवालाई आग्रह : पुराना मधेशवादी दलप्रति भरोसा घट्यो, अब आफैं नेतृत्व लिनू

कलैया- मधेशको राजनीति अब पुरानै नेतृत्व र आश्वासनको भरमा अघि बढ्न नसक्ने भन्दै वक्ताहरूले नयाँ पुस्तालाई नेतृत्व लिन आह्वान गरेका छन्। मधेश आन्दोलनबाट स्थापित राजनीतिक उपलब्धि संरक्षण गर्दै अधुरा मुद्दा सम्बोधन गर्न युवा पुस्ता आफैँ अघि सर्नुपर्ने उनीहरूको निष्कर्ष छ। बाराको कलैयास्थित करण राज प्यालेसमा शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा भएको ‘मधेश अबको बाटो’ […] ...

काठमाण्डुपाटी
चीनमा निर्माण क्षेत्रमा रोबोटको कमाल, मानिसभन्दा ३० प्रतिशत बढी दक्ष
राजनीतिJust now

चीनमा निर्माण क्षेत्रमा रोबोटको कमाल, मानिसभन्दा ३० प्रतिशत बढी दक्ष

चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका छन् । दक्षिण चीनको ग्वाङ्झाउमा भवनका बाहिरी भाग सफा गर्न रोबोट प्रयोग भइरहेको छ । यसअघि मानिसले जोखिम मोलेर गर्दै आएको अग्ला भवनका झ्याल सफा गर्ने काम अहिले रोबोटले गर्न थालेका छन् । रोबोटले भवनको बाहिरी ...

फरकधार
भाजपा अध्यक्ष नविन र राष्ट्रिय एकता दलका अध्यक्ष यादवबीच नेपाल–भारत सम्बन्ध र सनातन सभ्यताबारे छलफल
राजनीतिJust now

भाजपा अध्यक्ष नविन र राष्ट्रिय एकता दलका अध्यक्ष यादवबीच नेपाल–भारत सम्बन्ध र सनातन सभ्यताबारे छलफल

भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नविन र नेपालस्थित राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवबीच भेटवार्ता भएको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play