Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/डिज्नीले क्यारेक्टर डट एआईका अधिकांश कर्मचारीलाई नियुक्त गर्ने

डिज्नीले क्यारेक्टर डट एआईका अधिकांश कर्मचारीलाई नियुक्त गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिज्नीले क्यारेक्टर डट एआईका अधिकांश कर्मचारीलाई नियुक्त गर्ने

च्याटबोट स्टार्टअप क्यारेक्टर डट एआईले यसै साताको सुरुमा टाट पल्टिएको घोषणा गरेपछि यसका धेरै कर्मचारीले डिज्नीमा काम गर्ने अवसर पाउने भएका छन्। क्यारेक्टर डट एआईका पूर्वप्रमुख कार्यकारी अधिकृत करणदीप आनन्द हालै डिज्नीको पहिलो प्रमुख प्रविधि अधिकृत (सीटीओ) बनेका थिए। यसअघि स्टार्टअपले डिज्नी आफ्ना केही सम्पत्ति २ करोड डलरमा खरिद गर्न सहमत भएको जनाएको थियो। ब्लुमबर्गले फेला पारेको कानुनी दस्तावेजमा क्यारेक्टर डट एआईर डिज्नीबीच भएको सम्झौताबारे थप विवरण सार्वजनिक भएको छ। दस्तावेजअनुसार डिज्नीले क्यारेक्टर डट एआईका कम्तीमा ६० जना कर्मचारीलाई रोजगारीको प्रस्ताव दिने सहमति जनाएको छ। यो कम्पनीका अधिकांश कर्मचारीको सङ्ख्या हो। उनीहरूलाई वार्षिक करिब ६ करोड डलर पारिश्रमिक दिइने अनुमान गरिएको छ। टेकक्रञ्चका अनुसार दस्तावेजमा डिज्नीमा काम गर्ने प्रस्ताव पाएका क्यारेक्टर डट एआईका “अत्यधिक बहुमत” कर्मचारीले उक्त प्रस्ताव स्वीकार गरेको पनि उल्लेख छ। यद्यपि, यो प्रारम्भिक खरिद प्रस्ताव मात्र भएकाले अर्को कम्पनीले यसभन्दा बढी रकमको प्रस्ताव पेस गर्न सक्नेछ। दस्तावेजअनुसार ठूलो र सक्रिय प्रयोगकर्ता आधार भए पनि उच्च लागत तथा सम्भावित कानुनी मुद्दाबाट उत्पन्न हुने दायित्व र नियामक निकायको निगरानीका कारण क्यारेक्टर डट एआईको व्यवसाय प्रभावित भएको छ। कम्पनीविरुद्ध १४ वर्षीय एक बालककी आमाले मुद्दा दायर गरेकी थिइन्। उनले आफ्नो छोराले आत्महत्या गर्नुअघि क्यारेक्टर डट एआईको एउटा च्याटबोटप्रति अत्यधिक लगाव राखेको आरोप लगाएकी थिइन्। बालबालिकाको सुरक्षासम्बन्धी चिन्ताका कारण कम्पनीमाथि सरकारी निकायहरूले अनुसन्धान पनि गरिरहेका छन्। The post डिज्नीले क्यारेक्टर डट एआईका अधिकांश कर्मचारीलाई नियुक्त गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

स्वचालित नेटवर्कका लागि साझा दृष्टिकोण विकास गर्दै टेल्स्ट्रा र एरिक्सन
प्रविधिJust now

स्वचालित नेटवर्कका लागि साझा दृष्टिकोण विकास गर्दै टेल्स्ट्रा र एरिक्सन

टेलिकम कम्पनी टेल्स्ट्रा र एरिक्सनले नेटवर्कको ज्ञान व्यवस्थापनमा साझा दृष्टिकोण अपनाएर स्वचालनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सहकार्य अघि बढाएका छन्। दुवै कम्पनीले गत वर्ष अक्टोबरदेखि सहकार्य गर्दै आएका छन्। यसअघिको सहकार्यमा व्यावसायिक आवश्यकतामा आधारित प्रयोगका क्षेत्र पहिचान गर्ने, प्रस्तावित समाधानको परीक्षण गर्ने र दूरसञ्चार उद्योगका लागि व्यावहारिक निष्कर्ष निकाल्ने ढाँचा तयार गर्ने विषय समेटिएको थियो। टेलिकम्स डटकमका अनुसार नयाँ सहकार्यमा ...

टेक्नोलोजी खबर
फोल्डेबल आईफोनको डिस्प्ले मर्मत महँगो, अन्य पार्ट्सको मूल्य कति ?
प्रविधिJust now

फोल्डेबल आईफोनको डिस्प्ले मर्मत महँगो, अन्य पार्ट्सको मूल्य कति ?

काठमाडौं । एप्पलको पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन ‘आईफोन डुओ’को मर्मत खर्च सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार, फोनको भित्री डिस्प्ले फेर्न मात्रै ९९९ अमेरिकी डलर खर्च गर्नुपर्नेछ । अन्य गम्भीर क्षतिको मर्मत खर्च भने १ हजार ४९९ डलरसम्म पुग्न सक्छ ।द टेलिग्राफका अनुसार, फोनको बाहिरी डिस्प्ले प्रतिस्थापन गर्न ३७९ डलर लाग्नेछ । त्यस्तै, ब्याट्री सेवा र पछाडिको क्यामेरा मर्मतका ...

आइसिटी समाचार
युट्युबको अध्ययन : ७२ प्रतिशत युवा क्रिएटरले भिडियो र तस्बिर बनाउन प्रयोग गर्छन् एआई
प्रविधिJust now

युट्युबको अध्ययन : ७२ प्रतिशत युवा क्रिएटरले भिडियो र तस्बिर बनाउन प्रयोग गर्छन् एआई

काठमाडौं । भिडियो निर्माणमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढिरहेको छ । युट्युबले सार्वजनिक गरेको नयाँ अध्ययनअनुसार, पछिल्लो एक वर्षमा भिडियो अपलोड गरेका १४ देखि ४४ वर्ष उमेर समूहका ७२ प्रतिशत क्रिएटरले भिडियो वा तस्बिर बनाउन एआई टुल प्रयोग गरेका छन् ।युट्युबको ‘कल्चर एन्ड ट्रेन्ड्स’ कार्यक्रमअन्तर्गत अनुसन्धान संस्था एनआरजीसँगको सहकार्यमा गरिएको अध्ययनले एआई क्रिएटरहरूको सिर्जनात्मक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा ...

आइसिटी समाचार
क्वान्टम साइबर आक्रमणबाट नेटवर्क जोगाउन तोशिबाले ल्यायो नयाँ सुरक्षा प्लेटफर्म
प्रविधिJust now

क्वान्टम साइबर आक्रमणबाट नेटवर्क जोगाउन तोशिबाले ल्यायो नयाँ सुरक्षा प्लेटफर्म

काठमाडौं । जापानी प्रविधि कम्पनी तोशिबाले भविष्यमा क्वान्टम कम्प्युटरबाट हुन सक्ने साइबर आक्रमणको जोखिम कम गर्न क्वान्टम-सेफ नेटवर्किङ (क्यूएसएन) प्लेटफर्म सार्वजनिक गरेको छ । यसले विद्यमान नेटवर्क संरचना परिवर्तन नगरी क्वान्टम-सुरक्षित सञ्चार प्रणाली विस्तार गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।नयाँ प्लेटफर्म इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक, डाटा सेन्टर सञ्चालक, निजी क्षेत्रका कम्पनी र सरकारी निकायलाई लक्षित गरी विकास गरिएको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play