Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/स्वचालित नेटवर्कका लागि साझा दृष्टिकोण विकास गर्दै टेल्स्ट्रा र एरिक्सन

स्वचालित नेटवर्कका लागि साझा दृष्टिकोण विकास गर्दै टेल्स्ट्रा र एरिक्सन

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वचालित नेटवर्कका लागि साझा दृष्टिकोण विकास गर्दै टेल्स्ट्रा र एरिक्सन

टेलिकम कम्पनी टेल्स्ट्रा र एरिक्सनले नेटवर्कको ज्ञान व्यवस्थापनमा साझा दृष्टिकोण अपनाएर स्वचालनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सहकार्य अघि बढाएका छन्। दुवै कम्पनीले गत वर्ष अक्टोबरदेखि सहकार्य गर्दै आएका छन्। यसअघिको सहकार्यमा व्यावसायिक आवश्यकतामा आधारित प्रयोगका क्षेत्र पहिचान गर्ने, प्रस्तावित समाधानको परीक्षण गर्ने र दूरसञ्चार उद्योगका लागि व्यावहारिक निष्कर्ष निकाल्ने ढाँचा तयार गर्ने विषय समेटिएको थियो। टेलिकम्स डटकमका अनुसार नयाँ सहकार्यमा साझा नेटवर्क ज्ञानको प्रयोगबाट विभिन्न प्रणालीबीच सहज समन्वय हुने, विश्वासिलो र प्रभावकारी स्वचालित नेटवर्क विकास गर्न सकिने सम्भावनाको अध्ययन गरिनेछ। यसमा नेटवर्क स्वचालनलाई थप विकसित गर्न आवश्यक ज्ञान, विश्वास र त्यसको व्यवस्थापनसम्बन्धी आधार तयार पार्ने विषयमा ध्यान दिइनेछ। यसका लागि दुवै कम्पनीले संयुक्त कार्यसमूहको नेतृत्व गर्नेछन्। कार्यसमूहले आफ्नो अध्ययनका निष्कर्ष सार्वजनिक गर्नुका साथै आगामी अनुसन्धानका सम्भावित विषय पहिचान गर्नेछ। ती निष्कर्षलाई टेलिकम उद्योगका संस्थाहरू, विशेषगरी टीएम फोरमसँग साझा गर्ने योजना छ। यसबाट उद्योगभरि साझा मापदण्ड र प्रविधि अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कम्पनीहरूको दृष्टिकोणअनुसार स्वचालित नेटवर्कका लागि ‘नलेज प्लेन’ अर्थात् नेटवर्कसम्बन्धी ज्ञानलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने संरचना आवश्यक हुन्छ। यसले नेटवर्कको अवस्था कस्तो छ, कस्तो हुनुपर्छ र त्यसले के काम गर्नुपर्छ भन्ने विषय समेट्छ। यसमा नेटवर्क इन्जिनियरिङका नियम, नीति र सुरक्षासम्बन्धी सीमाहरू पनि पर्छन्। तर, विभिन्न सेवा प्रदायक र उपकरण निर्माता कम्पनीले नेटवर्कसम्बन्धी ज्ञान व्यवस्थापनका आफ्नै तरिका विकास गर्दा शब्दावली, संरचना र विश्वासको स्तरमा भिन्नता देखिन सक्छ। यसले ज्ञान छुट्टाछुट्टै प्रणालीमा सीमित हुने जोखिम बढाउँछ। फलस्वरूप विभिन्न नेटवर्क, उपकरण निर्माता र प्रणालीबीच समन्वय गर्न कठिन हुने तथा स्वचालन विस्तारको गति सुस्त हुन सक्ने कम्पनीहरूले जनाएका छन्। सहकार्य तीन प्रमुख क्षेत्रमा केन्द्रित हुनेछ। पहिलो, नेटवर्कसम्बन्धी ज्ञान वर्गीकरण गर्न साझा शब्दावली र उद्योगस्तरको मापदण्ड विकास गर्ने। दोस्रो, विभिन्न नेटवर्क, उपकरण निर्माता, सूचना संरचना र समयअनुसारको परिवर्तनबीच ज्ञान आदानप्रदान तथा एकीकृत गर्ने साझा विधि तयार पार्ने। तेस्रो, स्वचालित प्रणालीमा प्रयोग हुने एआई एजेन्टलाई विश्वासिलो ज्ञानमा आधारित बनाउँदै तिनको नतिजालाई भरपर्दो बनाउने विषयमा अध्ययन गर्ने। टेल्स्ट्राका प्रमुख वास्तुकार मार्क स्यान्डर्सले स्वचालित नेटवर्कका लागि छुट्टाछुट्टै कामको स्वचालन मात्र पर्याप्त नहुने बताएका छन्। उनका अनुसार नेटवर्कको अवस्था, त्यसले गर्नुपर्ने काम र निर्णय लिन प्रयोग गरिएको ज्ञान कत्तिको विश्वासिलो छ भन्ने विषयमा साझा बुझाइ आवश्यक हुन्छ। एरिक्सनसँगको सहकार्यले यस्ता आधारभूत चुनौती सम्बोधन गर्न र विभिन्न प्रणालीबीच समन्वय हुने भरपर्दो स्वचालित नेटवर्क विकास गर्न सहयोग गर्ने उनले बताएका छन्। एरिक्सनका व्यवसाय तथा सञ्चालन सहयोग प्रणालीसम्बन्धी समाधान क्षेत्रका प्रमुख मात्स कार्लसनले पनि स्वचालित नेटवर्कको विकासका लागि दूरसञ्चार उद्योगबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनका अनुसार ज्ञान व्यवस्थापन, ज्ञान आदानप्रदान र विश्वासिलो एआईसम्बन्धी साझा दृष्टिकोणले विभिन्न नेटवर्क र प्रविधिमा स्वचालित प्रणालीलाई एकरूपमा सञ्चालन गर्न सहयोग गर्नेछ। गत वर्ष मध्य लन्डनमा आयोजित एरिक्सनको ओएसएस/बीएसएस समिट २०२५ का क्रममा दुई कम्पनीले पहिलो चरणको सहकार्य घोषणा गरेका थिए। त्यतिबेला स्यान्डर्सले नेटवर्क स्वचालनतर्फको प्रगति सधैँ एकै गतिमा अघि नबढ्ने बताएका थिए। उनले सन् २०२५ लाई एआई एजेन्टको वर्ष र सन् २०२६ लाई एआई ओन्टोलोजी अर्थात् ज्ञान तथा अवधारणाबीचको सम्बन्ध व्यवस्थित रूपमा परिभाषित गर्ने प्रविधिको वर्षका रूपमा व्याख्या गरेका थिए। एआई ओन्टोलोजीसम्बन्धी उनको अनुमान कति पूरा भएको छ भन्ने विषयमा फरक धारणा हुन सक्छन्। तर, टेल्स्ट्रा र एरिक्सनले नेटवर्क स्वचालनबाट थप लाभ लिन सहकार्य जारी राखेका छन्। उनीहरूको पछिल्लो जोड नेटवर्क स्वचालनलाई थप विकसित गर्न समग्र दूरसञ्चार उद्योगले ज्ञान व्यवस्थापन र आदानप्रदानका साझा आधार अपनाउनुपर्नेमा छ। The post स्वचालित नेटवर्कका लागि साझा दृष्टिकोण विकास गर्दै टेल्स्ट्रा र एरिक्सन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

राष्ट्र बैंकको वेबसाइट डाउन, साइबर सुरक्षा सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह
प्रविधिJust now

राष्ट्र बैंकको वेबसाइट डाउन, साइबर सुरक्षा सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह

नेपाल राष्ट्र बैंकको वेबसाइट डाउन भएको छ। यसअघि सरकारी निकायका वेबसाइटहरु मात्र डाउन रहेकोमा केन्द्रिय बैंकले पनि साइबर सुरक्षाका कारण वेबसाइट डाउन गरिएको जानकारी दिएको छ। वेब प्रविधि (पिएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर राख्दै बैंकको वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी गराएको छ। यस अवधिमा नेपाल राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना वा जानकारीका लागि बैंकको आधिकारिक ...

टेक्नोलोजी खबर
राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द
प्रविधिJust now

राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द

काठमाडौं । वेब प्रविधि पीएचपी (PHP) मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटसहित केही सेवा अस्थायी रूपमा बन्द गरेको छ ।राष्ट्र बैंकले आज सूचना जारी गर्दै सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारी प्राप्त गर्न बैंकका आधिकारिक ...

आइसिटी समाचार
एआई कोडिङ टुलको सुरक्षा जोखिम उजागर, ओपनकोड कन्सोलमा ह्याकरको प्रवेश
प्रविधिJust now

एआई कोडिङ टुलको सुरक्षा जोखिम उजागर, ओपनकोड कन्सोलमा ह्याकरको प्रवेश

काठमाडौं । खुला स्रोतको एआई कोडिङ टुल ओपनकोडको अनलाइन प्लेटफर्ममा साइबर आक्रमण हुँदा १.४ प्रतिशत प्रयोगकर्ता प्रभावित भएका छन् । आक्रमणकारीले ओपनकोड कन्सोलमा भण्डारण गरिएका एपीआई कीमा पहुँच पाएको आशङ्का गरिएको छ । यस घटनापछि केही प्रयोगकर्ताको खातामा सयौँदेखि एक हजार डलरभन्दा बढी रकमसम्म अनधिकृत खर्च भएको गुनासो सार्वजनिक भएको छ ।क्लाउड कोड र कर्सरजस्ता एआई कोडिङ टुलको विकल्पका रूपमा ...

आइसिटी समाचार
नयाँ म्याकबुक प्रोदेखि आईप्याड मिनीसम्म, एप्पलका नयाँ उत्पादन आउँदै
प्रविधिJust now

नयाँ म्याकबुक प्रोदेखि आईप्याड मिनीसम्म, एप्पलका नयाँ उत्पादन आउँदै

काठमाडौं । आईफोन १८ सिरिजपछि एप्पलले आफ्नो म्याक र आईप्याड उत्पादनमा पनि महत्त्वपूर्ण अपग्रेड गर्ने तयारी गरेको छ । विभिन्न रिपोर्टअनुसार, कम्पनीले अक्टोबर २८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने कार्यक्रममा नयाँ म्याकबुक प्रो, अपग्रेड गरिएको आईप्याड मिनी र अन्य म्याक कम्प्युटर सार्वजनिक गर्न सक्नेछ ।एप्पलका विश्वव्यापी मार्केटिङसम्बन्धी वरिष्ठ उपाध्यक्ष ग्रेग जोस्वियाकले सामाजिक सञ्जालमा गरेको पोस्टपछि नयाँ उपकरण सार्वजनिक हुने ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play