Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

डिजिटल क्यामराको आयात बढ्दो, असोज महिनामा मात्र १८ करोड बढीको आयात

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल क्यामराको आयात बढ्दो, असोज महिनामा मात्र १८ करोड बढीको आयात
Photo / Coverage: टेक्नोलोजी खबर

चालु आर्थिक वर्षको तेस्रो महिना असोज मसान्तसम्म नेपालमा १८ करोड बढीको २० हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा डिजिटल क्यामरा आयात वृद्धि हुँदै गइरहेको पाइएको हो। असोज मसान्तसम्म समग्रमा १८ करोड २५ लाख ५४ हजार रुपैयाँ बराबरको डिजिटल क्यामरा आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको २० हजार ३७२ थान डिजिटल क्यामरा आयात भएको विवरणमा उल्लेख छ। यस अवधिमा सरकारले डिजिटल क्यामराको आयातबाट ३ करोड ३७ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा १८ मुलुकबाट डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। यसरी आयात भएका डिजिटल क्यामराहरुलाई हाइ स्पीड, रेडियशन हार्डेन्ड र अन्यमा वर्गीकरण गरिएको छ। अन्य इलेक्ट्रोनिक्स सामानजस्तै नेपालमा सबैभन्दा धेरै डिजिटल क्यामरा चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट १२ करोड १० लाख १६ हजार रुपैयाँ बराबरको १९ हजार ३९५ थान डिजिटल क्यामरा आयात भएको छ। यसैगरी भारतबाट ७ लाख ६९ हजार रुपैयाँ बराबरको ३३७ थान र जापानबाट १ करोड ५५ लाख १७ हजार मूल्य बराबरको १४४ थान र थाइल्याण्डबाट २ करोड ७२ लाख ९७ हजार बराबरको ३०८ थान डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ। यसबाहेक विश्वका अन्य मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका डिजिटल क्यामराहरु भित्रिएका छन्। विवरण यस्तो छः क्र. सं. देश विवरण (थान) रकम (हजारमा) १ चीन १९३९५ १२१०१६ २ भारत ३३७ ७६९ ३ अमेरिका १६ ९४५० ४ भेतनाम ६५ २३९२ ५ बेलायत ४ ३९४ ६ ताइवान २९ १९८४ ७ जापान १४४ १५५१७ ८ थाइल्याण्ड ३०८ २७२९७ ९ मलेसिया ५७ ९९५ १० सिङ्गापुर ५ ३४३ The post डिजिटल क्यामराको आयात बढ्दो, असोज महिनामा मात्र १८ करोड बढीको आयात appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डेभिड मिलर नेपाल आइपुगे, कर्णाली याक्सबाट एनपिएल खेल्ने
TechnologyJust now

डेभिड मिलर नेपाल आइपुगे, कर्णाली याक्सबाट एनपिएल खेल्ने

१८ कात्तिक, काठमाडौं। कर्णाली याक्सबाट खेल्न डेविड मिलर नेपाल आइपुगे नेपाल प्रिमियर लिग (NPL) मा कर्णाली याक्सबाट खेल्न दक्षिण अफ्रिकाका प्रख्यात ब्याटर डेभिड मिलर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन्। कात्तिक ९ गतेदेखि जारी लिगमा कर्णाली याक्सले शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्ने खेलमा ३७ वर्षीय बायाँहाते विस्फोटक ब्याटर मिलर मैदान उत्रिनेछन्। नेपाल प्रिमियर लिग (NPL) मा कर्णाली […] The post ...

आइसिटी फ्रेम
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
TechnologyJust now

चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने

चीनले वित्तीय नियमन तथा सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन गर्ने भएको छ । देशको सर्वोच्च विधायिका नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को स्थायी समितिको जारी अधिवेशनमा पेस गरिएको प्रतिवेदनअनुसार यस कदमको उद्देश्य वित्तीय निगरानी प्रणालीलाई सुदृढ बनाउनु र वास्तविक अर्थतन्त्रमा वित्तीय सेवाको पहुँच तथा प्रभावकारिता बढाउनु हो । राज्य परिषद्ले पेस गरेको प्रतिवेदनमा वित्तीय क्षेत्रको आगामी विकासका लागि पाँचवटा प्राथमिकता निर्धारण ...

टेक्नोलोजी खबर
तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो
TechnologyJust now

तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो

१८ कात्तिक, काठमाडौं। तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसला तथा ड्राइफ्रुट्सको आयात र मूल्य दुबै बढेको छ । विशेषगरी तिहारलाई लक्षित गर्दै आयात बढाइए पनि आपूर्ति प्रभावित हुँदा बजारमा भाइमसलाको मूल्य बढेको छ । गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ता अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँसम्म पुगेको छ । […] The post ...

आइसिटी फ्रेम
आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): हिमाली क्षेत्रमा हल्का वर्षा र तराईमा हुस्सुको सम्भावना
TechnologyJust now

आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): हिमाली क्षेत्रमा हल्का वर्षा र तराईमा हुस्सुको सम्भावना

१८ कात्तिक, काठमाडौं। आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना आज बुधबार, कात्तिक १८, २०८३ (4th November 2026) देशका पाँच प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल […] The post ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play