Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आर्थिक चिन्ता र राजनीतिक असन्तुष्टिले अमेरिकी युवा मतदाताको मध्यावधि निर्वाचन प्राथमिकता निर्धारण गर्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आर्थिक चिन्ता र राजनीतिक असन्तुष्टिले अमेरिकी युवा मतदाताको मध्यावधि निर्वाचन प्राथमिकता निर्धारण गर्दै
Photo / Coverage: टक्सार

अमेरिकामा भएको मध्यावधि निर्वाचन जारी रहँदा युवा मतदाताहरूमा आर्थिक चिन्ता र राजनीतिक प्रणालीप्रतिको असन्तुष्टि बढ्दै गएको देखिएको छ । युवा अमेरिकी मतदाताहरूले बढ्दो महँगी, घरजग्गाको मूल्य, इन्धनको लागत, प्रजनन स्वास्थ्य अधिकार तथा आप्रवासी समुदायमाथि भइरहेका कारबाहीलाई प्रमुख चासोका विषय बनाएका छन् । सिलिकन भ्यालीकी विद्यार्थी माया ओर्सीले बढ्दो जीवनयापन खर्च आफ्नो प्रमुख चिन्ता रहेको बताएकी छन् । उनले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार र आप्रवासी समुदायप्रति भइरहेको व्यवहारबारे पनि चासो व्यक्त गरेकी छन् । त्यस्तै, विद्यार्थी कालेइ केलीले घरजग्गाको मूल्य अत्यधिक बढेकाले आफ्नो पुस्ताका लागि घर किन्न कठिन हुँदै गएको बताएकी छन् । यसअघिको पुस्ताभन्दा पछिल्लो पुस्ताको आर्थिक अवस्था कमजोर हुनुको कारणबारे उनले प्रश्नसमेत गरेकी छन् । अर्का विद्यार्थी जोर्डन कोलिन्सले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आफ्नो प्रमुख चिन्ता रहेको बताएका छन् । यद्यपि, युवा मतदाताहरूको राजनीतिक दृष्टिकोण र निर्वाचनमा सहभागिताबारे भने फरक–फरक धारणा देखिएका छन् । केही युवाले दुईदलीय राजनीतिक प्रणालीप्रति असन्तुष्टि जनाएका छन् भने केहीले राजनीतिमा पर्याप्त चासो र जानकारी नभएको बताएका छन् । कालेइ केलीले यसपटक आफू मतदानमा सहभागी हुने बताउँदै निर्वाचनमा कसलाई समर्थन गर्ने भन्नेबारे अझै स्पष्ट नभएको उल्लेख गरेकी छन् । अर्का विद्यार्थी क्यामरन हफले स्थानीय तहमा रिपब्लिकन पार्टीलाई समर्थन गर्ने भए पनि संघीय तहमा पार्टीका थोरै उम्मेदवारलाई मात्रै समर्थन गर्ने बताएका छन् । यसैबिच, ४२ अमेरिकी राज्यको मतदाता अभिलेखसम्बन्धी हालै गरिएको विश्लेषणअनुसार सन् २०२२ को मध्यावधि निर्वाचनअघिको सोही अवधिको तुलनामा यसपटक १८ देखि २९ वर्ष उमेर समूहका दर्ता भएका मतदाताको संख्या तीन प्रतिशतले बढी रहेको पाइएको छ । राष्ट्रिय स्तरका जनमत सर्वेक्षणहरूले युवा मतदातामाझ डेमोक्र्याटिक पार्टीका लागि समर्थन बढाउने अवसर रहेको संकेत गरेका छन् । तर राजनीतिक असन्तुष्टिलाई कुनै एक दलप्रतिको व्यापक समर्थन वा मतदानमा निश्चित सहभागिताका रूपमा बुझ्न नहुने विश्लेषणले देखाएको छ । आर्थिक भविष्यप्रतिको अनिश्चितता र राजनीतिक नेतृत्वप्रतिको अविश्वासका बीच अमेरिकी युवा मतदाताको प्राथमिकतामा मध्यावधि निर्वाचन महत्वपूर्ण चासोको विषय बनेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतीय विदेश सचिव मिस्रीले आज परराष्ट्र, अर्थ र भौतिक पूर्वाधारमन्त्रीसँग भेटवार्ता गर्ने
Latest NewsJust now

भारतीय विदेश सचिव मिस्रीले आज परराष्ट्र, अर्थ र भौतिक पूर्वाधारमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं । दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् । मिस्री आज बिहान नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री बालेन शाहको मङ्सिर पहिलो सातादेखि हुने भनिएको भारत भ्रमणको तयारीका लागि उनी नेपाल आएका हुन् । उनले आज […] ...

लोकपथ
सार्वजनिक संस्थानको स्वायत्तता सुनिश्चित गर्ने चुनौती
Latest NewsJust now

सार्वजनिक संस्थानको स्वायत्तता सुनिश्चित गर्ने चुनौती

नेपाल सरकारले हालै जारी गरेको सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२ ले सार्वजनिक संस्थानहरूको व्यवस्थापनलाई नयाँ दिशातर्फ उन्मुख गर्ने अपेक्षा जगाएको छ। उक्त नीतिको पहिलो बुँदामै 'सार्वजनिक संस्थानको व्यवस्थापनमा... ...

रातोपाटी
दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
Latest NewsJust now

दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु

काठमाडौँ । बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ सुरु भएको छ । भट्टको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको छ । भट्टका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play