Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
Photo / Coverage: टेक्नोलोजी खबर

चीनले वित्तीय नियमन तथा सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन गर्ने भएको छ । देशको सर्वोच्च विधायिका नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को स्थायी समितिको जारी अधिवेशनमा पेस गरिएको प्रतिवेदनअनुसार यस कदमको उद्देश्य वित्तीय निगरानी प्रणालीलाई सुदृढ बनाउनु र वास्तविक अर्थतन्त्रमा वित्तीय सेवाको पहुँच तथा प्रभावकारिता बढाउनु हो । राज्य परिषद्ले पेस गरेको प्रतिवेदनमा वित्तीय क्षेत्रको आगामी विकासका लागि पाँचवटा प्राथमिकता निर्धारण गरिएको छ । तीमध्ये लचिलो मौद्रिक नीति कायम राख्ने, वित्तीय नियमनलाई प्रभावकारी बनाउने र वास्तविक अर्थतन्त्रका लागि वित्तीय सेवा विस्तार गर्ने विषय प्रमुख छन्। प्रतिवेदनअनुसार पर्याप्त तरलता सुनिश्चित गर्न चीनले विभिन्न नीतिगत उपकरणको व्यापक प्रयोग गर्नेछ । साथै, मौद्रिक नीतिको ढाँचाको निरन्तर मूल्याङ्कन गरी आवश्यक सुधार गर्नेछ । वित्तीय नियमनलाई थप प्रभावकारी बनाउन गैरकानुनी वित्तीय गतिविधिविरुद्ध कडा कदम चाल्ने, वित्तीय व्यवस्थापन तथा सेवामा एआईको प्रयोगबारे अध्ययन गर्ने र वित्तीय उपभोक्ताको संरक्षणलाई सुदृढ बनाउने योजना पनि प्रतिवेदनमा समेटिएको छ । त्यसैगरी, पूर्वाधार विकास, प्राविधिक नवप्रवर्तन र साना व्यवसायलाई वित्तीय सहयोग विस्तार गर्ने लक्ष्य राखिएको छ । प्रतिवेदनले चिनियाँ मुद्रा युआनको अन्तरराष्ट्रिय प्रयोग विस्तार गर्न, थप विदेशी वित्तीय संस्था तथा दीर्घकालीन पुँजी आकर्षित गर्न र स्वतन्त्र रूपमा नियन्त्रित सीमापार युआन भुक्तानी प्रणालीको विकास गर्न पनि जोड दिएको छ । वित्तीय जोखिम न्यूनीकरणका लागि पुँजी बजारलाई सहयोग पु¥याउन मौद्रिक नीतिका उपकरण प्रयोग गर्ने तथा घरजग्गा क्षेत्रका लागि लागू गरिएको ‘ह्वाइट लिस्ट’ संयन्त्रलाई निरन्तरता दिने उल्लेख छ । चीनले पछिल्लो समय वास्तविक अर्थतन्त्रमा वित्तीय लगानी बढाएको छ । सन् २०२५ अक्टोबरदेखि सन् २०२६ सेप्टेम्बरसम्म वास्तविक अर्थतन्त्रमा प्रवाह भएको नयाँ वित्तीय लगानी ३३ ट्रिलियन युआन (करिब चार दशमलव नौ ट्रिलियन अमेरिकी डलर) पुगेको प्रतिवेदनमा उल्लेख छ । यसै अवधिमा साङ्घाई र सेन्जेन स्टक एक्सचेन्जमा ८८ कम्पनी सूचीकृत भएका छन् । तीमध्ये करिब ९० प्रतिशत उच्च प्रविधि क्षेत्रका कम्पनी रहेका छन् । रासस/सिन्ह्वा The post चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सन् २०२८ सम्म बेलायतको महत्त्वपूर्ण पूर्वाधारमा एआईमार्फत साइबर आक्रमण हुन सक्ने चेतावनी
TechnologyJust now

सन् २०२८ सम्म बेलायतको महत्त्वपूर्ण पूर्वाधारमा एआईमार्फत साइबर आक्रमण हुन सक्ने चेतावनी

बेलायतले सन् २०२८ सम्ममा आफ्नो महत्त्वपूर्ण पूर्वाधारमा कृत्रिम बुद्धिमता (एआई) प्रयोग गरेर गरिने साइबर आक्रमणको सामना गर्नुपर्ने सम्भावना रहेको त्यहाँका साइबर सुरक्षा प्रमुखले चेतावनी दिएका छन्। अपराधी समूह र चीन तथा रुसजस्ता देशले आफ्ना साइबर गतिविधिमा एआईको प्रयोग बढाउँदै लगेका बेला यस्तो चेतावनी आएको हो। बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) का प्रमुख रिचर्ड होर्नले मंगलबार यस्तो आक्रमणमा र्‍यानसमवेयरका लागि एआईबाट सञ्चालित ...

टेक्नोलोजी खबर
आईएमई खल्तीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा आशिष गौतम नियुक्त
TechnologyJust now

आईएमई खल्तीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा आशिष गौतम नियुक्त

काठमाडौं । आईएमई खल्ती लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आशिष गौतम नियुक्त भएका छन् । कम्पनीले गौतमलाई कार्यवाहक सीईओको जिम्मेवारी प्रदान गरेको जानकारी दिएको हो ।नयाँ जिम्मेवारीसँगै उनले कम्पनीको रणनीतिक प्राथमिकतालाई अघि बढाउने, नवप्रवर्तनलाई थप सुदृढ बनाउने तथा कम्पनीको समग्र व्यावसायिक वृद्धि र विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।गौतमको नेतृत्वमा आईएमई खल्तीले डिजिटल भुक्तानी तथा ...

आइसिटी समाचार
नेपाल बैंक र फिनतारा सोलुसन्सबीच सम्झौता : शून्य प्रतिशत डाउन पेमेन्टमै इएमआई सुविधा
TechnologyJust now

नेपाल बैंक र फिनतारा सोलुसन्सबीच सम्झौता : शून्य प्रतिशत डाउन पेमेन्टमै इएमआई सुविधा

काठमाडौं । नेपाल बैंक लिमिटेड र ‘बाई नाउ पे लेटर’ (बीएनपीएल) प्लेटफर्म ‘वानबीएनपीएल’ (ONEBNPL) सञ्चालन गर्ने फिनटेक कम्पनी फिनटारा सोलुसन्सबीच बैंकका क्रेडिट कार्डबाहकहरूलाई तत्काल किस्ताबन्दी (ईएमआई) सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।काठमाडौंस्थित नेपाल बैंकको केन्द्रीय कार्यालयमा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार नेपाल बैंकका योग्य क्रेडिट कार्ड बाहकहरूले ‘वानबीएनपीएल’को व्यापारिक सञ्जालमार्फत वस्त ...

आइसिटी समाचार
नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, लगानीमा जोखिम घट्यो
TechnologyJust now

नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, लगानीमा जोखिम घट्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रेटिङमा स्तरोन्नति भएको छ । रेटिङ प्रदान गर्ने कम्पनी इक्रा नेपालले इन्स्योरेन्सको वित्तीय विवरणका आधारमा डबल 'ए' रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको लगानीमा जोखिम घटेको अर्थ दिन्छ । यसअघि इक्रा नेपालले कम्पनीलाई डबल ‘ए’ माइनस रेटिङ प्रदान गरेको थियो ।इक्रा नेपालका अनुसार, कम्पनीको सोल्भेन्सी अनुपातमा सुधार, लगानीको विविधीकरण र बजारमा बलियो उपस्थितिका ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play