Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर एनपीएल खेल्न नेपाल आइपुगे

Share:WhatsAppFacebookX (Twitter)Telegram
दक्षिण अफ्रिकी स्टार डेभिड मिलर एनपीएल खेल्न नेपाल आइपुगे
Photo / Coverage: विश्वखबर

काठमाडौं – दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न बुधबार बिहान काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मिलरलाई एनपीएल टोली कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए। उनी पहिलोपटक नेपाल आएका हुन् । कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीका रूपमा मिलरलाई टोलीमा अनुबन्ध गरेको हो । बायाँहाते ब्याटर मिलर आक्रामक ब्याटिङ र दबाबपूर्ण परिस्थितिमा खेलको नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमताका लागि परिचित छन् । ३७ वर्षीय मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै दुई शतक र नौ अर्धशतकसहित दुई हजार ८०४ रन बनाएका छन्। त्यस्तै, १८० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आठ शतक र २४ अर्धशतकसहित चार हजार ७६२ रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा पनि उनको प्रदर्शन प्रभावशाली छ। विभिन्न घरेलु तथा फ्रेन्चाइज प्रतियोगिताका ५८४ खेलमा उनले चार शतक र ५३ अर्धशतकसहित १२ हजार ४३५ रन बनाएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्स, राजस्थान रोयल्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबाट खेलिसकेका मिलर सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक उपाधि जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनले सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए । सीमित ओभरको क्रिकेटमा लामो अनुभव र आक्रामक ब्याटिङ क्षमता भएका मिलरको आगमनले कर्णाली याक्सको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतीय विदेश सचिव मिस्रीले आज परराष्ट्र, अर्थ र भौतिक पूर्वाधारमन्त्रीसँग भेटवार्ता गर्ने
Latest NewsJust now

भारतीय विदेश सचिव मिस्रीले आज परराष्ट्र, अर्थ र भौतिक पूर्वाधारमन्त्रीसँग भेटवार्ता गर्ने

काठमाडौं । दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् । मिस्री आज बिहान नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री बालेन शाहको मङ्सिर पहिलो सातादेखि हुने भनिएको भारत भ्रमणको तयारीका लागि उनी नेपाल आएका हुन् । उनले आज […] ...

लोकपथ
सार्वजनिक संस्थानको स्वायत्तता सुनिश्चित गर्ने चुनौती
Latest NewsJust now

सार्वजनिक संस्थानको स्वायत्तता सुनिश्चित गर्ने चुनौती

नेपाल सरकारले हालै जारी गरेको सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२ ले सार्वजनिक संस्थानहरूको व्यवस्थापनलाई नयाँ दिशातर्फ उन्मुख गर्ने अपेक्षा जगाएको छ। उक्त नीतिको पहिलो बुँदामै 'सार्वजनिक संस्थानको व्यवस्थापनमा... ...

रातोपाटी
दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
Latest NewsJust now

दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु

काठमाडौँ । बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ सुरु भएको छ । भट्टको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको छ । भट्टका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play