Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

डाटा चोरीको घटनामा करिब १ लाख ५० हजार उबर चालकको लाइसेन्स विवरण चोरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
डाटा चोरीको घटनामा करिब १ लाख ५० हजार उबर चालकको लाइसेन्स विवरण चोरी
Photo / Coverage: टेक्नोलोजी खबर

उबरले आफ्नो एक प्रविधि सेवा प्रदायक कम्पनीमा अक्टोबरमा भएको डाटा चोरीको घटनामा करिब १ लाख ५० हजार चालकको व्यक्तिगत तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवरण चोरी भएको जनाएको छ। अमेरिकाका विभिन्न राज्यका महान्यायाधिवक्ताको कार्यालयमा यसै साता दर्ता गरिएका सूचनाअनुसार, क्यालिफोर्निया र आयोवासहितका राज्यमा उबरले उक्त घटनाबारे जानकारी गराएको छ। उबरका अनुसार, अक्टोबर ९ मा सेवा प्रदायक कम्पनीले ह्याकरहरूले आफ्नो प्रणालीमा अनधिकृत प्रवेश गरी आन्तरिक लगइन विवरण चोरी गरेको जानकारी दिएको थियो। ती विवरण प्रयोग गरेर ह्याकरहरूले उबरको डाटा पहुँच गरेका थिए। त्यसपछि कम्पनीले प्रभावित चालकहरूलाई सेवा प्रदायकसँग भण्डारण गरिएका उनीहरूका व्यक्तिगत विवरण चोरी भएको जानकारी दिन थालेको जनाएको छ। चोरी भएको विवरणमा चालकहरूको नाम, ठेगाना, जन्ममिति र सवारी चालक अनुमतिपत्र नम्बर समावेश छन्। उक्त सेवा प्रदायक कम्पनी फायरवर्क्स एआई रहेको टेकक्रन्चले उल्लेख गरेको छ। यसले डेभलपरहरूलाई खुला तौल भएका कृत्रिम बुद्धिमता मोडेलहरू प्रयोग गर्न पहुँच प्रदान गर्छ। फायरवर्क्सले गत महिना आफ्नो प्रणालीमा डाटा चोरी भएको जानकारी दिएको थियो। उक्त घटनामा ह्याकरहरूले ग्राहकहरूको बिलिङ विवरण र केही निजी कृत्रिम बुद्धिमता डाटासेटसमेत चोरी गरेका थिए। अनलाइन उत्पादकत्वसम्बन्धी स्टार्टअप नोटियन र कृत्रिम बुद्धिमतामा आधारित कोडिङ स्टार्टअप कर्सरले पनि फायरवर्क्समा भएको ह्याकिङका क्रममा आफ्ना डाटा चोरी भएको पुष्टि गरेका छन्। उबरका अनुसार, फायरवर्क्सको प्रणालीमा अनधिकृत पहुँच पत्ता लगाउन कम्पनीले सुरक्षा सतर्कता प्रणाली सक्रिय राखेको थियो। तर, ह्याकरहरूले फायरवर्क्सकै आन्तरिक लगइन विवरण प्रयोग गरेकाले ‘कुनै सुरक्षा सतर्कता जारी भएन।’ उबरका प्रवक्ताले भने, “चालकहरूलाई पठाइएका सूचनाहरू हाम्रा तेस्रो पक्षीय सेवा प्रदायक फायरवर्क्स डट एआईलाई प्रभावित पारेको सुरक्षा घटनासँग सम्बन्धित छन्। उक्त कम्पनीसँग उबरको केही डाटा पहुँच गर्ने अनुमति थियो।” प्रवक्ताले थप प्रश्नको जवाफका लागि फायरवर्क्ससँग सम्पर्क गर्न आग्रह गरेका छन्। फायरवर्क्सका प्रवक्ताले पनि आफ्ना केही प्रणालीमा अनधिकृत पहुँच भएको सुरक्षा समस्या पहिचान गरेको र त्यसबाट ग्राहकहरूको डाटा प्रभावित भएको पुष्टि गरेका छन्। तर, उनले घटनाबारे थप प्रश्नको जवाफ दिएनन्। फायरवर्क्सले आफ्नो प्रणालीमा भएको डाटा चोरीका लागि आर्थिक लाभ लिन खोज्ने साइबर अपराधी समूहलाई जिम्मेवार ठहर गरेको छ। उक्त समूहको उद्देश्य ठूला भाषा मोडेल (एलएलएम) प्रयोग गर्न आवश्यक टोकनहरू चोरी गरी बिक्री गर्नु रहेको कम्पनीले जनाएको छ। हालसम्म कुनै पनि परिचित साइबर अपराधी समूहले उक्त डाटा चोरीको जिम्मेवारी लिएको छैन। ओरेगनका महान्यायाधिवक्ताको कार्यालयमा दर्ता गरिएको सूचनाअनुसार, फायरवर्क्समा भएको डाटा चोरीबाट कुल १ लाख ४९ हजार ३४६ जना प्रभावित भएको उबरले जनाएको छ। टेकक्रन्चले यसअघि उबरले क्यालिफोर्निया, इलिनोइस, म्यासाचुसेट्स, रोड आइल्यान्ड र साउथ क्यारोलिनाका चालकहरूलाई घटनाबारे जानकारी गराएको समाचार प्रकाशित गरेको थियो। यसबाहेक टेक्सास र भर्मोन्टमा पनि डाटा चोरीसम्बन्धी सूचना दर्ता गरिएको पाइएको छ। उबरका प्रवक्ताले उक्त घटनाबाट कति चालक प्रभावित भएका छन् वा कति चालकलाई सूचना पठाउन लागिएको छ भन्ने खुलाएनन्। प्रभावित चालकको संख्या अझै बढ्ने हो वा होइन भन्ने पनि स्पष्ट भएको छैन। यसबारे सोमबार पठाइएको थप प्रश्नको जवाफ उबरले दिएको छैन। यस वर्ष उबरको यो दोस्रो सार्वजनिक रूपमा थाहा भएको डाटा चोरीको घटना हो। यसअघि अगस्टमा कम्पनीको ट्रक ढुवानी सेवा इकाइ उबर फ्रेटमा पनि सुरक्षा घटना भएको थियो। उक्त घटनामा एक ह्याकर समूहले डाटा चोरी गरेको दाबी गर्दै कम्पनीसँग फिरौती मागेको थियो। The post डाटा चोरीको घटनामा करिब १ लाख ५० हजार उबर चालकको लाइसेन्स विवरण चोरी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राति पनि सौर्य ऊर्जा उत्पादन गर्न अन्तरिक्षमा हजारौँ ऐना पठाउने तयारीमा रिफ्लेक्ट अर्बिटल
TechnologyJust now

राति पनि सौर्य ऊर्जा उत्पादन गर्न अन्तरिक्षमा हजारौँ ऐना पठाउने तयारीमा रिफ्लेक्ट अर्बिटल

रातको समयमा पनि सौर्य ऊर्जा उत्पादन गर्न सकिने प्रविधि विकास गर्ने उद्देश्यसहित अमेरिकी स्टार्टअप कम्पनी रिफ्लेक्ट अर्बिटलले अन्तरिक्षमा सूर्यको प्रकाश परावर्तन गर्ने हजारौँ ऐना पठाउने योजना अघि बढाएको छ। कम्पनीले सौर्य फार्महरूमा रातको समयमा समेत सूर्यको प्रकाश पुर्‍याउन पृथ्वीको कक्षमा ऐना जडित स्याटेलाइटहरूको समूह राख्न लागेको हो। यसबाट सौर्य ऊर्जा उत्पादनको समय बढाउनुका साथै आवश्यक परेको समयमा स्वच्छ ऊर्जा उपलब्ध गराउन ...

टेक्नोलोजी खबर
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड
TechnologyJust now

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ। कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएकी छन्। उनका अनुसार निर्णय मानिसले गरे पनि, एल्गोरिदम वा एआई ...

टेक्नोलोजी खबर
‘मनी म्युल’का रूपमा युवा प्रयोग, ठगी गिरोहले बेरोजगार र वृद्धवृद्धालाई शिकार बनाउँदै गरेको सरकारको चेतावनी
TechnologyJust now

‘मनी म्युल’का रूपमा युवा प्रयोग, ठगी गिरोहले बेरोजगार र वृद्धवृद्धालाई शिकार बनाउँदै गरेको सरकारको चेतावनी

साइबर ठगीमा संलग्न संगठित गिरोहले बेरोजगार युवायुवती तथा वृद्धवृद्धालाई विभिन्न बहानामा बैंक खाता खोल्न लगाई त्यसलाई आफ्नो नियन्त्रणमा लिने गरेको भन्दै गृह मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले हालै स्वीकृत गरेको ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ दिग्दर्शन-२०८३ ले यस्तो प्रवृत्ति बढ्दै गएको औंल्याएको छ। दिग्दर्शनअनुसार गिरोहहरूले वित्तीय असाक्षरताको फाइदा उठाउँदै मानिसलाई खाता खोल्न लगाउँछन् र उक्त खाताको डिजिटल भुक्तानी प्रणाली वा ...

टेक्नोलोजी खबर
भारतमा अमेजनको सात अर्ब डलर लगानी
TechnologyJust now

भारतमा अमेजनको सात अर्ब डलर लगानी

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब ९ खर्ब ८० अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ। यस लगानीबाट भारतमा नवीकरणीय ऊर्जा उत्पादन बढाउनुका साथै कम्पनीका सञ्चालनमा प्रयोग हुने विद्युतको कार्बन उत्सर्जन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। भारतले सन् २०३० सम्म पाँच सय गिगावाट स्वच्छ ऊर्जा उत्पादन क्षमता पुर्याउने ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play