Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

कारको डिकीबाट ११७ किलो गाँजा बरामद, चालक फरार

Share:WhatsAppFacebookX (Twitter)Telegram
कारको डिकीबाट ११७ किलो गाँजा बरामद, चालक फरार
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । मकवानपुरमा प्रहरीले कारको डिकीबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ। भीमफेदी गाउँपालिका–२ भैँसेस्थित प्रहरी चेकपोस्टमा गए राति नियमित चेकजाँचका क्रममा गाँजा बरामद भएको हो। प्रहरीका अनुसार राति करिब १ः४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको बा ४४३१ नम्बरको कारलाई जाँचका लागि रोकिएको थियो। सो क्रममा चालकले डिकीमा केही नभएको बताएर फरार भएपछि प्रहरीले कारको डिकी खोलेर जाँच गरेको थियो। जाँचका क्रममा डिकीभित्र साना–ठूला गरी गाँजाका ९ वटा पोका फेला परेका थिए। तौल गर्दा ११७ किलो ९१० ग्राम गाँजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। गाँजा बरामद भए पनि कार चालकको पहिचान खुल्न सकेको छैन। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। बरामद कार र गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान अघि बढाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आगामी निर्वाचनमा फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिबिच भीषण सङ्घर्ष हुनेछ : बादल
Latest NewsJust now

आगामी निर्वाचनमा फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिबिच भीषण सङ्घर्ष हुनेछ : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिबिच भीषण सङ्घर्ष हुने बताएका छन् । बिहीबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले आगामी स्थानीय,... ...

रातोपाटी
भैंसेमा दुर्घटना भएको सुमोका चालकले भने– झ्याप्प आँखा बन्द भयो, केही देखिनँ
Latest NewsJust now

भैंसेमा दुर्घटना भएको सुमोका चालकले भने– झ्याप्प आँखा बन्द भयो, केही देखिनँ

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका, भैंसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौँ जाँदै गरेको उक्त... ...

रातोपाटी
धान उत्पादनमा वृद्धि
Latest NewsJust now

धान उत्पादनमा वृद्धि

शेरबहादुर सार्की बाजुरा, मङ्सिर ३ गते । बाजुरामा धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष ७०९ मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको हो । यहाँका स्थानीय तहले किसानलाई उन्... ...

गोरखापत्र
‘मृत्यु मार्ग’
Latest NewsJust now

‘मृत्यु मार्ग’

सडकमा निस्किएको एउटा मोटरसाइकल, त्यसमा सवार दुई जना मानिस र उनीहरूको गन्तव्य। सामान्य देखिने यो यात्राको अन्त्य कतिपय अवस्थामा अस्पतालको आकस्मिक कक्ष, शवगृह वा परिवारको जीवनभर नमेटिने शोकमा पुगेर हुन्छ। दुर्घटना भएको केही सेकेन्डमै कसैको जीवन समाप्त हुन्छ, कसैको शरीर अपाङ्गतामा सीमित हुन्छ र कसैको परिवारको आर्थिक तथा सामाजिक आधार भत्किन्छ। सडक दुर्घटना नेपालमा यतिबेला केवल यातायात व्यवस्थापनको समस्या होइन, ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play