मकवानपुर । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज बिहान ८ : ३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । सुमोमा चालकसहित १० जना सवार रहेकामा ७ जना घाइते भएका छन् । दुर्घटनामा २ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
भीमफेदीमा सुमो दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






