Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड
Photo / Coverage: टेक्नोलोजी खबर

न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ। कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएकी छन्। उनका अनुसार निर्णय मानिसले गरे पनि, एल्गोरिदम वा एआई प्रणालीमार्फत भए पनि त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सम्बन्धित व्यवसायले नै लिनुपर्नेछ । क्यालिननले एआई प्रयोगका कारण व्यवसायको जवाफदेहिता र जिम्मेवारी कम नहुने उल्लेख गर्दै उपभोक्तालाई उपलब्ध गराइने सूचना सही र विश्वसनीय हुनुपर्ने, व्यावसायिक निर्णय कानुनअनुरूप हुनुपर्ने तथा उपभोक्ताप्रति निष्पक्ष व्यवहार सुनिश्चित गर्नुपर्ने बताइन्। पछिल्लो समय व्यवसायहरूले व्यावसायिक निर्णय प्रक्रिया, उपभोक्तासँगको अन्तरक्रिया, कारोबार सञ्चालन तथा बजार प्रतिस्पर्धामा एआईको प्रयोग बढाउँदै लगेका छन् । नयाँ निर्देशिकाले सन् १९८६ को फेयर ट्रेडिङ एक्ट र कमर्स एक्ट एआई प्रयोग गर्ने व्यवसायमा कसरी लागू हुन्छन् भन्नेबारे स्पष्ट पारेको छ । यसमा सम्भावित कानुनी जोखिम तथा तिनको व्यवस्थापनका व्यावहारिक उपायसमेत समावेश गरिएको छ । आयोगले एआई प्रविधिलाई मात्र नियमन गर्नु आफ्नो उद्देश्य नभएको स्पष्ट पार्दै यसले उपभोक्ता, प्रतिस्पर्धा र बजारमा पार्ने प्रभावलाई प्राथमिकतामा राखेको जनाएको छ । साथै, व्यवसायका सञ्चालक समिति तथा वरिष्ठ व्यवस्थापन अधिकारीहरूलाई एआईको प्रयोगलाई संस्थागत सुशासनको महत्त्वपूर्ण विषयका रूपमा लिन र यसको प्रयोग तथा प्रभावबारे निरन्तर अनुगमन गर्न आयोगले आग्रह गरेको छ। रासस/सिन्ह्वा The post एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राति पनि सौर्य ऊर्जा उत्पादन गर्न अन्तरिक्षमा हजारौँ ऐना पठाउने तयारीमा रिफ्लेक्ट अर्बिटल
TechnologyJust now

राति पनि सौर्य ऊर्जा उत्पादन गर्न अन्तरिक्षमा हजारौँ ऐना पठाउने तयारीमा रिफ्लेक्ट अर्बिटल

रातको समयमा पनि सौर्य ऊर्जा उत्पादन गर्न सकिने प्रविधि विकास गर्ने उद्देश्यसहित अमेरिकी स्टार्टअप कम्पनी रिफ्लेक्ट अर्बिटलले अन्तरिक्षमा सूर्यको प्रकाश परावर्तन गर्ने हजारौँ ऐना पठाउने योजना अघि बढाएको छ। कम्पनीले सौर्य फार्महरूमा रातको समयमा समेत सूर्यको प्रकाश पुर्‍याउन पृथ्वीको कक्षमा ऐना जडित स्याटेलाइटहरूको समूह राख्न लागेको हो। यसबाट सौर्य ऊर्जा उत्पादनको समय बढाउनुका साथै आवश्यक परेको समयमा स्वच्छ ऊर्जा उपलब्ध गराउन ...

टेक्नोलोजी खबर
‘मनी म्युल’का रूपमा युवा प्रयोग, ठगी गिरोहले बेरोजगार र वृद्धवृद्धालाई शिकार बनाउँदै गरेको सरकारको चेतावनी
TechnologyJust now

‘मनी म्युल’का रूपमा युवा प्रयोग, ठगी गिरोहले बेरोजगार र वृद्धवृद्धालाई शिकार बनाउँदै गरेको सरकारको चेतावनी

साइबर ठगीमा संलग्न संगठित गिरोहले बेरोजगार युवायुवती तथा वृद्धवृद्धालाई विभिन्न बहानामा बैंक खाता खोल्न लगाई त्यसलाई आफ्नो नियन्त्रणमा लिने गरेको भन्दै गृह मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले हालै स्वीकृत गरेको ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ दिग्दर्शन-२०८३ ले यस्तो प्रवृत्ति बढ्दै गएको औंल्याएको छ। दिग्दर्शनअनुसार गिरोहहरूले वित्तीय असाक्षरताको फाइदा उठाउँदै मानिसलाई खाता खोल्न लगाउँछन् र उक्त खाताको डिजिटल भुक्तानी प्रणाली वा ...

टेक्नोलोजी खबर
भारतमा अमेजनको सात अर्ब डलर लगानी
TechnologyJust now

भारतमा अमेजनको सात अर्ब डलर लगानी

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब ९ खर्ब ८० अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ। यस लगानीबाट भारतमा नवीकरणीय ऊर्जा उत्पादन बढाउनुका साथै कम्पनीका सञ्चालनमा प्रयोग हुने विद्युतको कार्बन उत्सर्जन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। भारतले सन् २०३० सम्म पाँच सय गिगावाट स्वच्छ ऊर्जा उत्पादन क्षमता पुर्याउने ...

टेक्नोलोजी खबर
डाटा चोरीको घटनामा करिब १ लाख ५० हजार उबर चालकको लाइसेन्स विवरण चोरी
TechnologyJust now

डाटा चोरीको घटनामा करिब १ लाख ५० हजार उबर चालकको लाइसेन्स विवरण चोरी

उबरले आफ्नो एक प्रविधि सेवा प्रदायक कम्पनीमा अक्टोबरमा भएको डाटा चोरीको घटनामा करिब १ लाख ५० हजार चालकको व्यक्तिगत तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवरण चोरी भएको जनाएको छ। अमेरिकाका विभिन्न राज्यका महान्यायाधिवक्ताको कार्यालयमा यसै साता दर्ता गरिएका सूचनाअनुसार, क्यालिफोर्निया र आयोवासहितका राज्यमा उबरले उक्त घटनाबारे जानकारी गराएको छ। उबरका अनुसार, अक्टोबर ९ मा सेवा प्रदायक कम्पनीले ह्याकरहरूले आफ्नो प्रणालीमा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play