Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

झापाको रतुवा खोलामा बन्दैछ ५८५ मिटर लामो नमूना पुल, ६० प्रतिशत काम सकियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
झापाको रतुवा खोलामा बन्दैछ ५८५ मिटर लामो नमूना पुल, ६० प्रतिशत काम सकियो
Photo / Coverage: पर्दाफास

एशियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नती भइरहेको काँकडभित्ता–लौकही सडक खण्डअन्तर्गत झापाको रतुवा खोलामा नमूना पुल धमाधम निर्माण भइरहेको छ । झापाको रतुवा लोहेन्द्रा र वक्रा तीन वटा पुललाई एउटा प्याकेजमा ठेक्का लगाएर धमाधम काम भइरहेको हो । काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्ड अन्तर्गत रहेको यो पुल निर्माणको हालसम्मको भौतिक प्रगती ६० प्रतिशत पुगेको छ । भने तीन वटा पुलको लागत ५ अर्ब ५० करोड रहेको छ । तीन सय मिटर भन्दा लामा पुलहरूलाई आकर्षक बनाउन ल्याण्डमार्क ब्रिजको रूपमा निर्माण भइरहेको काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतीले जानकारी दिए । उनले पूर्वी खण्डमा पनि तीन सय भन्दा लामा पुलहरु यही नमूनाअनुसार काम गरिरहेको बताए । तीन वटा पुलको एउटै प्याकेजको साढे ५ अर्बको ठेक्का सम्झौता रकम रहेको बताए । दुई नम्बरको ४० किलोमिटरको लागि साढे ९ अर्बको रहेको बताए । तीन नम्बर पयकेजको भने साढे ४ अर्ब रहेको बताए । उनले भने, ‘रतुवा पुल, लोहेन्द्रा र बखरा तीन वटा पुल पश्चिम खण्ड अन्तर्गत पर्दछन् । यी लामा पुलहरु आकर्षक बनाउने हिसावले ल्याण्डमार्क ब्रिजको रूपमा विकास गर्ने हिसावले बीचका स्प्यानहरुलाई लामो स्प्यानमा लैजाने र चौडा बनाउने हिसावले अघि बढेका छौँ । अहिले रतुवाको हेर्दा ३ वटा स्प्यान लगभग २ हजार ८ सय मिटरका रहेका छन् । जम्मा ५८५ मिटर रहेको पुलमध्ये बीचको तीन स्प्यान ८८ मिटरको तीन वटा रहेको छ । चौडाई पनि साढे १६ मिटर छ ।’ झापाको दमक नगरपालिका र कमल गाउँपालिका जोड्ने रतुवा पुल खोलामा कुल ५ सय ८५ मिटरको पुलको बिचको ८८ मिटरका तीन स्पानमा स्टील फ्याब्रिकेशन गरेर पुल निर्माण भइरहेको छ । ग्याल्बनाइज्ड स्टील प्रयोग गर्न निर्माण कम्पनीले मोरङको उर्लाबारीमा फ्याक्टी बनाएर काम गरिरहेको छ । निर्माण कम्पनी कोभेक सिआरीजिसी टुण्डी कन्टक्शनले काम गरिरहेको छ । भने स्टीलको काम चिनियाँ पक्षको प्रत्यक्ष सहभागीतामा भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस विवादमा प्रकाशशरण महतको दाबी- कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन
OthersJust now

कांग्रेस विवादमा प्रकाशशरण महतको दाबी- कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन

नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने बताएका हुन् । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रचारप्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना ...

पर्दाफास
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान
OthersJust now

विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान

विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ । शनिबार विश्व हिन्दू परिषद् नेपाल, धनुषाको अगुवाई र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा ६१ वटा भार लिएर ५२ जनाको समूह अयोध्याको लागि प्रस्थान गरेका हुन् । प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर आउनका लागि निमन्त्रणा दिने परम्परा रहेको छ । शनिबारदेखि व्यवसायिक रुपमा सुरु भएको ...

पर्दाफास
स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
OthersJust now

स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य प्रभावकारी नभएसम्म नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement