Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस विवादमा प्रकाशशरण महतको दाबी- कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस विवादमा प्रकाशशरण महतको दाबी- कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने बताएका हुन् । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रचारप्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ समारोहमा उनले उक्त कुरा बताएका हुन् । संयोजक डा.महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गरेका हुन् । पार्टीभित्र देखिएको विवादका सन्दर्भमा बोल्दै महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गरे । सामाजिक सञ्जालको प्रभाव र विभिन्न भ्रमका कारण पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन उनले आग्रह गरेका हुन् । ‘हामी आधिकारिक कांग्रेस हौँ भनेर मैदानमा निस्किएका छौँ। नेपाली कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन,’ महतले भने, ‘सामाजिक सञ्जालको प्रभावमा परेर बहकिनुभएका साथीहरूलाई पनि हामी स्वागत गर्छौँ। हाम्रो उद्देश्य एकीकृत पार्टी निर्माण गर्नु हो।’ उनले महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि उनले बताए । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो। महतले पार्टीको संगठनात्मक एकता र समावेशी सहभागिता महाधिवेशनको प्राथमिकता हुनुपर्ने उनले बताए । नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको छ । यसअघि महाधिवेशनको मूल तयारी समितिले प्रचार–प्रसार समितिको संयोजकमा डा.महतलाई जिम्मेवारी दिएको थियो । त्यस्तै, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा एनपी साउद, प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिमा डा.अमित कार्कीलाई जिम्मेवारी दिइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान
OthersJust now

विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान

विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ । शनिबार विश्व हिन्दू परिषद् नेपाल, धनुषाको अगुवाई र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा ६१ वटा भार लिएर ५२ जनाको समूह अयोध्याको लागि प्रस्थान गरेका हुन् । प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर आउनका लागि निमन्त्रणा दिने परम्परा रहेको छ । शनिबारदेखि व्यवसायिक रुपमा सुरु भएको ...

पर्दाफास
स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
OthersJust now

स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य प्रभावकारी नभएसम्म नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताए । ...

अनलाइन खबर
नारायणीमा प्रस्तावित सिग्नेचर पुलको ठेक्का तोड्ने पूर्वाधारमन्त्रीको चेतावनी
OthersJust now

नारायणीमा प्रस्तावित सिग्नेचर पुलको ठेक्का तोड्ने पूर्वाधारमन्त्रीको चेतावनी

‘यो ठेकेदारले देशभरीका प्रोजेक्ट यस्तै बनाएर राखेको छ, एकसर्टमा सबै टर्मिनेट गरिदिने हो । यस्ताले देशलाई नै क्रोनिक बनाउछन् । अर्कोपटक आउँदा कि तालिकामा काम हुनुपर्‍यो या ठेक्का तोडेको हुनुपर्छ,’ मन्त्री लम्सालले भने । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement