Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको आरोपमा आठ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको आरोपमा आठ जना पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौँ । खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ महानगरपालिका–२८ स्थित खसी बजारमा बाख्रा तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरेको सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले शनिबार आठ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा सिन्धुली, मुगु, ललितपुर, धादिङ, काभ्रेपलाञ्चोक र दोलखा जिल्लाका २१ देखि ५० वर्ष उमेर समूहका व्यक्ति रहेका छन्। प्रहरीले बजार क्षेत्रमा चेकजाँच गर्ने क्रममा बीएडी ६७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा करिब ५६७ किलोग्राम बाख्राको मासु लोड भइरहेको अवस्थामा फेला पारेको जनाएको छ। प्रारम्भिक सूचनाअनुसार बाख्रा तथा पाठीको मासुलाई खसीको मासुका रूपमा बिक्री गर्न लागिएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानपछि घटनाको वास्तविकता र संलग्नताको थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतीय सहयोग र हवाई मार्गको स्वागत गर्दै कांग्रेसले सोध्यो– ‘सीमाको विषय किन उठेन ?’
Latest NewsJust now

भारतीय सहयोग र हवाई मार्गको स्वागत गर्दै कांग्रेसले सोध्यो– ‘सीमाको विषय किन उठेन ?’

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको हालै सम्पन्न भारत भ्रमणमा सीमाको विषय नउठेकोमा आपत्ति जनाएको छ । प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि सीमाका विषयमा वर्तमान प्रधानमन्त्रीले देखाएको प्रस्तुतिलाई... ...

रातोपाटी
नेपालगन्ज म्याराथनको उपाधि विदेशी खेलाडीको पोल्टामा
Latest NewsJust now

नेपालगन्ज म्याराथनको उपाधि विदेशी खेलाडीको पोल्टामा

१२औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीले जितेका छन्। शनिबार भएको म्याराथनमा केन्याका जुलियस मुरिउकीले २ः२०ः२५ घण्टामा निर्धारित दुरी पुरा गर्दै पहिलो भए। उनले नगद दुई लाख, ट्रफी र पदक प्राप्त गरेका छन्। म्याराथनमा कुलबहादुर बस्नेत दोस्रो र कृष्णबहादुर तेस्रो भए। कुलबहादुरले नगद एक लाख र कृष्णबहादुरले पचास हजार प्राप्त गरे। उनीहरुले क्रमश... ...

नेपालखबर
चितवन रंगशालामा काम थाल्न मन्त्री लम्सालको निर्देशन
Latest NewsJust now

चितवन रंगशालामा काम थाल्न मन्त्री लम्सालको निर्देशन

चितवन । मन्त्री सुनील लम्सालले चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण तथा व्यवस्थापनका लागि आवश्यक बजेटको इस्टिमेट तत्काल पठाउन र काम सुरु गर्न निर्देशन दिएका छन् । रंगशालाको अवलोकनका क्रममा मन्त्री लम्सालले निर्माण तथा व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै दुईदेखि तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । रंगशालाका प्रतिनिधिले निर्माण तथा व्यवस्थापनका ...

केन्द्रबिन्दु
साउदी अरबमा मिसाइल प्रहार
Latest NewsJust now

साउदी अरबमा मिसाइल प्रहार

साउदी अरब । साउदी अरबले शनिबार राजधानी रियादलाई लक्षित क्रुज मिसाइल खसालिएको जनाएको छ । यसअघि हुथी मिडियाले यमनमा साउदी आक्रमणको रिपोर्ट गरेको थियो । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement