जागिरसँगै फलफूल व्यापार

महेन्द्रनगर।कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत पन्तले सरकारी सेवामा ११ वर्ष बिताइसकेका छन्। बितेका चार वर्षदेखि उनी महेन्द्रनगर बजारमा साइकलमा ड्रागन फ्रुट बिक्री गर्दै आएका छन् । “बिहान एक–डेढ घण्टा र साँझ ५ बजेपछि ड्रागन फ्रुट बिक्री गर्न साइकल लिएर बजारका गल्लीगल्लीमा पुग्छु”, पन्तले भने, “व्यापार गर्न गएको दिन दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म नाफा हुन्छ।” उनले स्थानीय बजारका साथै दाङ, सुर्खेत, नेपालगञ्ज र डडेल्धुराबाट ड्रागन फ्रुट ल्याएर थोक तथा खुद्रा बिक्री गर्दै आएका छन्। “बजारमा यसको माग पनि उच्च छ। कार्यालय समय बाहेकको फुर्सद सदुपयोग गर्न यो व्यापारमा लागेको हुँ”, उनले भने, “यो व्यापार सुरु गरेपछि तलब पनि बचत भएको छ। घरखर्च यसैबाट चलेको छ।” पन्तले रोजगारीका लागि भारतलगायत अन्य मुलुक जाने युवा पनि घुम्ती व्यापारबाट प्रेरित हुनुपर्ने बताए। विदेशमा जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा काम गर्न अप्ठ्यारो मान्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनको जोड छ। “विदेशमा निम्नस्तरको काम गर्न पनि पछि नहट्ने तर स्वदेशमा काम गर्न अप्ठ्यारो मान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ”, उनले भने, “भारतमा मजदुरी गरिरहेका आफ्नै भाइ र बुहारीलाई पनि यही व्यापारमा लगाएको छु। बुहारीले पनि ड्रागन फ्रुट बेचेर मासिक ३० देखि ३५ हजारसम्म बचत गरेकी छन्।” बजारको समस्या नरहेको बताउँदै उनले प्रतिकिलो ४५० देखि ५०० सम्ममा ड्रागन फ्रुट बिक्री गर्दै आएको जानकारी दिए । युवा वर्ग कृषि, व्यापारलगायत आयमूलक काममा लाग्नुपर्नेमा जोड दिँदै उनी सरकारीस्तरबाट पनि युवा स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताउँछन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो
पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन्। परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ। चार लाख लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताइन । उनीका अनुसार उद्योगबाट मासिक रु २५ हजारदेखि रु ...

लागुऔषधसहित ९ जना पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट तीन, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशुली... ...

राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा नवकन्या पूजन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा नवदुर्गाका अवतारका रूपमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित विशेष धार्मिक अनुष्ठानमा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले परम्परागत विधिअनुसार नवकन्याको गोडा धोएर टीका लगाइदिएका थिए। उनीहरूले कन्याहरूलाई दक्षिणा तथा उपहारसमेत प्रदान गरेका थिए। नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा राष्ट्रप्रमुखबाट नवदुर्गास्वरूप नवकन्याको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। ...

हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार
याङगुन।म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चाल्र्स तृतीयले पठाएको प्याकेज सोमबार प्राप्त भएको छ। म्यान्माका अधिकारीहरूले दुई महिनापछि उनको पहिलो तस्बिर सार्वजनिक गर्दै ‘विशेष महिला कैदी’ भनेर उल्लेख गरेका छन्। प्याकेजमा माटोसम्बन्धी दुई पुस्तक, एउटा शिलबन्दी खाम र राजाले पठाएको गोप्य कूटनीतिक पत्र रहेको म्यान्माका राष्ट्रपतीय प्रवक्ताले बताएका छन्। सन् २०२१ को सैनिक विद्रोहबाट सत्ताच्युत भएकी ...


