राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा नवकन्या पूजन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा नवदुर्गाका अवतारका रूपमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित विशेष धार्मिक अनुष्ठानमा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले परम्परागत विधिअनुसार नवकन्याको गोडा धोएर टीका लगाइदिएका थिए। उनीहरूले कन्याहरूलाई दक्षिणा तथा उपहारसमेत प्रदान गरेका थिए। नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा राष्ट्रप्रमुखबाट नवदुर्गास्वरूप नवकन्याको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। सोही ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति भवनमा वैदिक विधिपूर्वक कन्या पूजन गरिएको हो। दुर्गा भवानीका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको प्रतीकका रूपमा नौ जना कन्याको पूजा गर्ने धार्मिक मान्यता छ। पूजाका क्रममा राष्ट्रपति पौडेल र प्रथम महिला पौडेलले कन्याहरूको गोडा जलले धोएर निधारमा रातो टीका तथा जमरा लगाइदिएका थिए। उनीहरूले कन्याहरूलाई वस्त्र, फलफूल र दक्षिणासमेत प्रदान गरेका थिए। हिन्दू धार्मिक मान्यताअनुसार नवरात्रमा बालिकालाई देवीशक्तिको प्रतीक मानेर पूजा गर्ने परम्परा छ। यस्तो पूजाले मुलुकमा सुख, शान्ति र समृद्धि कायम हुने तथा दैवी शक्तिको प्रभाव स्थापित हुने धार्मिक विश्वास रहिआएको छ। सो अवसरमा पुरोहितहरूले स्वस्तिवाचन गर्नुका साथै दुर्गा सप्तशती (चण्डी) का मन्त्रहरू पाठ गरेका थिए। घटस्थापनादेखि सुरु हुने दशैंका धार्मिक अनुष्ठानमा शक्तिपीठ तथा घरघरमा गरिने कन्या पूजालाई महत्त्वपूर्ण कृत्यका रूपमा लिइन्छ।
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर बाँड्ने मस्कको घोषणा
अमेरिकी अर्बपति इलोन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर दिने घोषणा गरेका छन्। यो योजना कार्यान्वयन भए अमेरिकाका १८ वर्षमुनिका करिब ७ करोड ३० लाख बालबालिका लाभान्वित हुन सक्नेछन्। स्पेसएक्सको पछिल्लो सेयर मूल्यका आधारमा यसका लागि करिब १० अर्ब ६५ करोड ८० लाख अमेरिकी डलर खर्च हुनेछ। मस्कले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै... ...

पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पेरिसमा जारी प्रदर्शनबारे आप्रवासनलाई दोष दिएका छन् । ट्रम्पले सोमबार पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका छन्। उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशको सीमा बन्द नगरेको भन्दै आलोचना समेत गरे । सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा भइरहेको प्रदर्शन र हिंसाको सम्बन्ध शिक्षा वा घरेलु नीतिका मुद्दासँग नभई आप्रवासनसँग रहेको ...

एनपीएलमा पहिलोपटक डीआरएस, एलबीडब्ल्यूसहित रनआउट र नो बलको पनि रिभ्यू हुने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा डीआरएस प्रयोग गरिने जानकारी एनपीएलको आधिकारिक फेसबुक पेजमार्फत दिइएको हो। डीआरएस प्रयोगसँगै प्रतियोगितामा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न सकिनेछ। यसले खेलका महत्त्वपूर्ण क्षणमा निर्णयको शुद्धता बढाउनुका साथै खेललाई थप प्रतिस्पर्धात्मक बनाउन सहयोग गर्ने अपेक्षा ...

युक्रेनी राष्ट्रपतिले गरे अमेरिकाको चर्काे आलोचना, जानाजानी मिसाइल रोकेको आरोप
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर मिसाइलको आपूर्ति जानाजानी रोकेको आरोप लगाएका छन् । उनको आरोपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनको बढ्दो मतभेदलाई थप गहिरो बनाएको छ । जेलेन्स्कीले सोमबार अमेरिकी सिनेटरहरूसँगको कुराकानीमा युरोपेली देशहरूले युक्रेनको आवश्यकता सूची (पीयूआरएल) कार्यक्रमअन्तर्गत भुक्तानी गरिसकेका मिसाइलको आपूर्ति अमेरिकी रक्षा मन्त्रालयले ढिलाइ गरिरहेको बताए […] ...


