Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

Share:WhatsAppFacebookX (Twitter)Telegram
पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पेरिसमा जारी प्रदर्शनबारे आप्रवासनलाई दोष दिएका छन् । ट्रम्पले सोमबार पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका छन्। उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशको सीमा बन्द नगरेको भन्दै आलोचना समेत गरे । सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा भइरहेको प्रदर्शन र हिंसाको सम्बन्ध शिक्षा वा घरेलु नीतिका मुद्दासँग नभई आप्रवासनसँग रहेको बताए। सीमा नियन्त्रण कडा पार्न र आफूले अपराधी भनेर वर्णन गरेका व्यक्तिहरूलाई देशबाट निष्कासन गर्न असफल भए युरोपेली देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिए। ‘फ्रान्समा जे भइरहेको छ, त्यो अत्यन्त दुःखद अवस्था हो। किनभने त्यहाँ भइरहेको घटनाको सम्बन्ध आप्रवासनसँग छ, विद्यालयसँग होइन, अरू कुनै कुरासँग होइन। यो आप्रवासनकै विषय हो,’ ट्रम्पले भने। उनले थपे कि फ्रान्समा थप अशान्ति हुन नदिन आफूले यसअघि नै राष्ट्रपति म्याक्रोंलाई देशको सीमा बन्द गर्न सल्लाह दिएका थिए। ‘मैले राष्ट्रपति म्याक्रोंलाई आफ्नो सीमा बन्द गर्न भनेको थिएँ। पहिलो कार्यकालमा, वर्षौँअघि उहाँलाई पहिलो पटक भेट्दा नै यस्तो भनेको थिएँ। आफ्नो सीमा बन्द गर्नुहोस्, नत्र तपाईंले समस्याबाहेक केही पाउनुहुने छैन। अहिले उनीहरूले धेरै समस्या भोगिरहेका छन्। उनीहरूले आफ्नो देशलाई माया नगर्ने, त्यहाँका भवन र कलालाई माया नगर्ने मानिसहरूलाई देशभित्र प्रवेश गर्न दिएका छन्,’ ट्रम्पले भने। म्याक्रोंसँगको आफ्नो सम्बन्धबारे उल्लेख गर्दै ट्रम्पले फ्रान्सेली राष्ट्रपति आफ्नो मित्र भएको तर विश्वभरका मानिसहरूलाई फ्रान्स प्रवेश गर्न दिएर उनले गल्ती गरेको बताए। ‘इमानुएल मेरा मित्र हुन्। मैले उनलाई धेरै पहिले नै फ्रान्समा ठूलो गल्ती गरिरहनुभएको छ भनेको थिएँ। तपाईंले संसारभरका सबै मानिसलाई आउन दिइरहनुभएको छ। पूरै संसार नै आइरहेको छ,’ उनले भने। ‘र, तपाईंलाई थाहै छ, पेरिस चाँडै नै मुस्लिम सहर बन्नेछ। त्यो त सहमति भएको कुरा थिएन। त्यो हाम्रो सहमति थिएन। मैले इमानुएललाई आफ्नो सीमा बन्द गर्नुपर्छ भनेको थिएँ,’ ट्रम्पले थपे। युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले महादेशभरिका देशहरूले सीमा नियन्त्रण बलियो बनाउनुपर्ने र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई देशबाट हटाउनुपर्ने चेतावनी दिए। फ्रान्स, इटाली र अन्य युरोपेली देशहरूमा भइरहेको अशान्तिको उदाहरण दिँदै ट्रम्पले आप्रवासनप्रतिको आफ्नो आलोचना दोहोर्याए। फ्रान्समा निरन्तर अशान्ति भइरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। हिंसात्मक घटना र लुटपाटपछि फ्रान्सेली अधिकारीहरूले विभिन्न क्षेत्रमा रातिको समयमा आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै सुरक्षा व्यवस्था कडा पारेका छन्। बोर्दो सहरको केन्द्रमा सप्ताहन्तमा व्यापक लुटपाट र हिंसा भएपछि स्थानीय अधिकारीहरूले साथमा अभिभावक नभएका नाबालिगहरूका लागि एक सातासम्म रातिको कफ्र्यु लगाउने घोषणा गरेका छन्।(एएनआइ)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

ट्रम्पले भने, ‘म्याक्रोंले ठूलो गल्ती गरे, पेरिस चाँडै मुस्लिम सहर बन्नेछ’
ताजा खबरJust now

ट्रम्पले भने, ‘म्याक्रोंले ठूलो गल्ती गरे, पेरिस चाँडै मुस्लिम सहर बन्नेछ’

पेरिस– अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने बताएका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इम्यानुएल म्याक्रोंको आप्रवासन नीतिलाई जिम्मेवार ठहर्‍याएका छन्। ट्रम्पले लामो समयदेखि आप्रवासनमा कडाइ गर्नुपर्ने पक्षमा बोल्दै आएका छन्। डोनाल्ड ट्रम्पले आफूले करिब आठ वर्षअघि म्याक्रोंलाई अन्य देशबाट ठूलो सङ्ख्यामा मानिसहरूलाई फ्रान्स प्रवेश गर्न दिनु गल्ती हुने चेतावनी दिएको […] ...

काठमाण्डुपाटी
दिवंगत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारका लागि जुट्यो १६ लाख रुपैयाँ
ताजा खबरJust now

दिवंगत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारका लागि जुट्यो १६ लाख रुपैयाँ

स्वर्गीय पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारको सहयोगार्थ नेपाल अमेरिका पत्रकार संघ (नेजा) मार्फत संकलित रकम नेपाल पत्रकार महासंघको तर्फबाट स्व. उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायलाई हस्तान्तरण गरिएको छ। स्व उपाध्यायकी धर्मपत्नीको मिर्गौला रोगको उपचार र बुबाको हेरचाहमा सहयोग पुर्‍याउने उद्देश्यले नेजाको पहलमा संकलन भएको १६ लाख ७ हजार ८३२ रुपैयाँ ९ पैसा प्र... ...

नेपालखबर
बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त
ताजा खबरJust now

बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक बिनोदकुमार दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिंग अफिसर) मा नियुक्त भएका छन् । मलेसियाली क्रिकेट सङ्घले मंगलबार उनको नियुक्ति घोषणा गरेको हो । करिब ३० वर्षको क्रिकेट अनुभव भएका दासले नेपाली राष्ट्रिय टोलीको कप्तान, प्रशिक्षक तथा क्रिकेट प्रशासकका रूपमा काम गरिसकेका छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रशिक्षक प्रशिक्षकसमेत हुन् । मलेसियाली ...

कर्पोरट खबर
गण्डकीमा सघन उपचारका लागि २५ शैंया थप
ताजा खबरJust now

गण्डकीमा सघन उपचारका लागि २५ शैंया थप

कास्की।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैंयाको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ। यससँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शैंया संख्या ३५ पुगेको छ। नयाँ कक्षमा १६ शैंयाको सघन उपचार कक्ष, आठ शैंयाको कोरोनरी केयर युनिट र एक शैंयाको आइसोलेसन आइसियू रहेको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलले जानकारी दिए। यसअघि अस्पतालमा १० शैंयाको आइसियू सञ्चालनमा थियो। प्रतिष्ठानले एक करोड ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play