दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन्। परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ। चार लाख लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताइन । उनीका अनुसार उद्योगबाट मासिक रु २५ हजारदेखि रु ३० हजारसम्म आम्दानी हुने गरेको छ। गाउँघरमा महिलाहरू भेला भएर सालका पातबाट दुनाटपरी बनाउने परम्परालाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादन सुरु गरिएको पौडेलले बताइन। मेसिनबाट बनाइएका दुनाटपरी हातले बनाइएकाभन्दा आकर्षक र बलिया हुने उनी बताउँछिन्। ’दुनाटपरी उत्पादनले महिलालाई आम्दानीको अवसर दिएको छ। यसले भोजभतेरमा प्रयोग हुने प्लास्टिकका प्लेटलाई प्रतिस्थापन गर्न पनि सहयोग पुर्याएको छ, उनीले भनिन्न। गाउँका वनमा सालका रूख प्रशस्त भए पनि पात संकलन गर्ने जनशक्ति अभाव हुँदा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको पौडेलले बताइन। पात संकलन गरेर मात्रै पनि दैनिक रु पाँच सयदेखि रु एक हजारसम्म कमाउन सकिन्छ । ’लाफा बनाउने र टपरी उत्पादन गर्ने कामबाट पनि राम्रै आम्दानी भइरहेको छ। घरमा त्यसै बसेर समय खेर फाल्नुभन्दा दुनाटपरी बनाएर बिक्री गर्दा घरखर्च चलाउन सहयोग पुगेको छ,’ पौडेलले भनिन्न । उद्योग सञ्चालनमा आएपछि पहिले घरमै समय बिताउने महिलाहरू नियमित रूपमा उत्पादनमा संलग्न हुन थालेका छन् । सामूहिक रूपमा काम गर्दा सीप आदानप्रदान हुनुका साथै आम्दानीको अवसर पनि सिर्जना भएको सञ्चालक मञ्जु रेग्मीले बताइन। गबाट उत्पादित सानो दुनाको खुद्रा मूल्य प्रतिगोटा रु दुई र थोकमा १०० वटाको रु १९० मा बिक्री हुने गरेको छ। चारकुने टपरी खुद्रामा प्रतिगोटा सात र थोकमा छ रुपैइाँ मा बिक्री गरिन्छ । लाफा खुद्रामा १३ र थोकमा ११ रुपैयाँमा बिक्री हुने गरेको छ। उत्पादित दुनाटपरीको माग स्थानीय बजारमा मात्रै सीमित छैन । बाहिरी जिल्लाबाट पनि माग आउने गरेको रेग्मीले बताइन बजारका चाट पसल तथा पूजासामग्री पसलसँग सम्पर्क गरेर उत्पादन बिक्री गर्ने गरिएको छ। ’सुरुआती चरणमै धेरैले उत्पादन मन पराउनुभएको छ । गाउँगाउँबाट दिदीबहिनीहरूले पात ल्याउनुहुन्छ। बर्खामा पात पाउन कठिन हुने भएकाले अहिले नै संकलन गरेर गोदाममा राखेका छौँ,’ रेग्मीले भनिन्न। यो उद्यममा लागेपछि महिलाको आयस्रोत बढेको छ। पहिले टपरी बुन्न सिकेका महिलाहरू अहिले मेसिनको सहायताले आफैँ दुनाटपरी उत्पादन गर्न सक्षम भएका छन्। बजारमा दुनाटपरीको माग बढ्दै गए पनि कच्चा पदार्थ र मेसिनको अभावमा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको उद्यमीहरू बताउँछन्। सालका रूख प्रशस्त भएका वन क्षेत्रमा पात संकलन गर्ने जनशक्ति अभाव हुँदा उत्पादन प्रभावित हुने गरेको छ उद्योगकी सचिव कल्पना पोखरेल खनालले वडा कार्यालयबाट एउटा मेसिन सहयोग प्राप्त भए पनि बजारको मागअनुसार उत्पादन बढाउन थप सहयोग आवश्यक रहेको बताइन। स्थानीय सरकारले थप मेसिन उपलब्ध गराउनुका साथै कच्चा पदार्थ व्यवस्थापनमा सहयोग गरे उद्योग विस्तार गर्न सहज हुने उनीको भनाइ छ । ’पहिले घरमा बसेर दिन बित्थ्यो, अहिले दिदीबहिनीहरू भेला भएर काम गर्दा आम्दानी पनि भएको छ । वनमा खेर जाने पात र खाली समयको सदुपयोग गरेर एक जनाले मासिक रु पाँच हजारसम्म कमाउने गरेका छन्,’ खनालले भनिन्न। उद्योगबाट हुने आम्दानीले महिलालाई घरखर्च चलाउन र आफ्ना आवश्यकता पूरा गर्न सहयोग पुगेको छ। प्लास्टिकका भाँडाको प्रयोग घटाउन तथा वातावरणमैत्री सामग्रीको प्रवद्र्धन गर्न स्थानीय सरकारले पनि भूमिका खेल्नुपर्ने खनालको सुझाव छ। विवाह, व्रतबन्ध, पूजापाठ, धार्मिक अनुष्ठान तथा भोजभतेरमा दुनाटपरीको प्रयोग हुँदै आएको छ। दुनाटपरी उत्पादनबाट परम्परागत सीप र संस्कृतिको संरक्षणका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न मद्दत पुगेको छ। The post दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर बाँड्ने मस्कको घोषणा
अमेरिकी अर्बपति इलोन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर दिने घोषणा गरेका छन्। यो योजना कार्यान्वयन भए अमेरिकाका १८ वर्षमुनिका करिब ७ करोड ३० लाख बालबालिका लाभान्वित हुन सक्नेछन्। स्पेसएक्सको पछिल्लो सेयर मूल्यका आधारमा यसका लागि करिब १० अर्ब ६५ करोड ८० लाख अमेरिकी डलर खर्च हुनेछ। मस्कले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै... ...

पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पेरिसमा जारी प्रदर्शनबारे आप्रवासनलाई दोष दिएका छन् । ट्रम्पले सोमबार पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका छन्। उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशको सीमा बन्द नगरेको भन्दै आलोचना समेत गरे । सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा भइरहेको प्रदर्शन र हिंसाको सम्बन्ध शिक्षा वा घरेलु नीतिका मुद्दासँग नभई आप्रवासनसँग रहेको ...

एनपीएलमा पहिलोपटक डीआरएस, एलबीडब्ल्यूसहित रनआउट र नो बलको पनि रिभ्यू हुने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा डीआरएस प्रयोग गरिने जानकारी एनपीएलको आधिकारिक फेसबुक पेजमार्फत दिइएको हो। डीआरएस प्रयोगसँगै प्रतियोगितामा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न सकिनेछ। यसले खेलका महत्त्वपूर्ण क्षणमा निर्णयको शुद्धता बढाउनुका साथै खेललाई थप प्रतिस्पर्धात्मक बनाउन सहयोग गर्ने अपेक्षा ...

युक्रेनी राष्ट्रपतिले गरे अमेरिकाको चर्काे आलोचना, जानाजानी मिसाइल रोकेको आरोप
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर मिसाइलको आपूर्ति जानाजानी रोकेको आरोप लगाएका छन् । उनको आरोपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनको बढ्दो मतभेदलाई थप गहिरो बनाएको छ । जेलेन्स्कीले सोमबार अमेरिकी सिनेटरहरूसँगको कुराकानीमा युरोपेली देशहरूले युक्रेनको आवश्यकता सूची (पीयूआरएल) कार्यक्रमअन्तर्गत भुक्तानी गरिसकेका मिसाइलको आपूर्ति अमेरिकी रक्षा मन्त्रालयले ढिलाइ गरिरहेको बताए […] ...


