Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

जलवायु संकटमा हिमाली क्षेत्रलाई नबिर्सन परराष्ट्रमन्त्री खनालको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु संकटमा हिमाली क्षेत्रलाई नबिर्सन परराष्ट्रमन्त्री खनालको आग्रह
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरलाई विश्व समुदायले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । टर्कीको अन्ताल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जलवायु न्यायका लागि नेपालको आवाज उठाएका हुन् । खनालले गत अगस्ट २६ मा नेपालमा भएको हिमाली विपत्तिलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उक्त घटनामा १ हजार ४०० भन्दा बढीको ज्यान गएको र ५ हजारभन्दा बढी बेपत्ता भएको बताएका छन्। केही मिनेटमै महत्त्वपूर्ण पूर्वाधार ध्वस्त भएको र पुनर्निर्माणमा नेपालको कुल अर्थतन्त्रको करिब १० प्रतिशत बराबर खर्च लाग्ने उनले उल्लेख गरेका छन् । विज्ञानले समेत उक्त विपत्तिमा जलवायु परिवर्तनको भूमिका पुष्टि गरेको उल्लेख गर्दै उनले सगरमाथादेखि समुद्रसम्म जलवायु परिवर्तनले जनजीवन, प्राकृतिक भूगोल र भविष्यमा गम्भीर असर पारिरहेको बताए। अगस्टदेखि अक्टोबरसम्म नेपालले तीनवटा ठूला विपत्ति सामना गर्नुपरेको पनि उनले जानकारी दिए । खनालले विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि मानव जीवन र जीविकोपार्जनको आधार बनेका हिमाल तीव्र गतिमा पग्लिरहेको बताए। नेपालको करिब आधा भूभाग सामुदायिक वन संरक्षणमा रहेको, जलविद्युत्मा आधारित ऊर्जा प्रणाली रहेको र खरिद हुने नयाँ सवारीसाधनमध्ये ७० प्रतिशतभन्दा बढी विद्युतीय रहेको उनले उल्लेख गरे । नेपालले भुटान र किर्गिस्तानसँग मिलेर हिमाल तथा जलवायु परिवर्तनको विषयलाई सम्मेलनको कार्यसूचीमा औपचारिक रूपमा समावेश गर्न माग गरेको पनि उनले बताए । उनले हिमाली क्षेत्रमा तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यलाई प्राथमिकता दिन, हिमाल र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना बनाउन तथा जलवायु अनुकूलन र वित्तीय संरचनामा हिमाल केन्द्रित सूचक समावेश गर्न सम्मेलनका अध्यक्षहरूलाई आग्रह गरेका छन् । विश्वको करिब २७ प्रतिशत भूगोल र १५ प्रतिशत जनसंख्यालाई प्रत्यक्ष असर गर्ने हिमाली क्षेत्रको विषयलाई अन्तर्राष्ट्रिय समुदायले अझै पर्याप्त प्राथमिकता दिन नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरे । विपत्तिपछि प्राप्त सहानुभूतिलाई व्यवहारमा उतार्ने बेला आएको उल्लेख गर्दै खनालले प्रतिबद्धतालाई कार्यान्वयनमा बदल्न र हिमाली समुदायप्रति बलियो ऐक्यबद्धता जनाउन विश्व समुदायसँग आग्रह गरेका छन् । उनले जलवायु न्यायका लागि सबै साझेदारसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको पनि बताए । The post जलवायु संकटमा हिमाली क्षेत्रलाई नबिर्सन परराष्ट्रमन्त्री खनालको आग्रह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसिया कप क्रिकेटः नेपालले टस जित्यो
Latest NewsJust now

एसिया कप क्रिकेटः नेपालले टस जित्यो

काठमाडौँ। ओमानमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान विरुद्धको खेलमा नेपाललले ‘टस’ जितेको छ । ओमानको ए आई अमेरत क्रिकेट मैदानमा भएको टसमा नेपालले आफ्नो समूह चरणको अन्तिम पाकिस्तान विरुद्धको खेलमा टस जितेर पहिला ‘फिल्डिङ’ रोजेको हो । त्यसअनुरुप अब पाकिस्तानले पहिला ‘ब्याटिङ’ गर्नेछ । नेपाल एसिया कपबाट यसअघि नै बाहिरिसकेको छ । लगातार दुई खेलमा हार बेहोरेपछि ...

नेपालन्युज
एनपीएलका चार खेल खेलेर स्वदेश फर्किए डेभिड वार्नर
Latest NewsJust now

एनपीएलका चार खेल खेलेर स्वदेश फर्किए डेभिड वार्नर

काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन् । काठमान्डु गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनी स्वदेश फर्किएको जानकारी दिएका हुन् । केसीले वार्नरको योगदानको प्रशंसा गर्दै सुरक्षित यात्राको शुभकामना दिएका छन् । साथै, आगामी दिनमा पुन: भेट हुने अपेक्षासमेत व्यक्त गरेका छन् । वार्नरले एनपीएलमा ...

कर्पोरट खबर
१२७ रन बनाउँदै नेपालबाट फर्किए डेभिड वार्नर
Latest NewsJust now

१२७ रन बनाउँदै नेपालबाट फर्किए डेभिड वार्नर

काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन्। काठमान्डु गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनी स्वदेश फर्किएको जानकारी दिएका हुन्। केसीले वार्नरलाई सुरक्षित यात्राको शुभकामना दिँदै टोली र नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्। साथै, भविष्यमा पुनः भेट हुने अपेक्षासमेत व्यक्त गरेका छन्। वार्नरले एनपीएलमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play