चोरीका गरगहनासहित वीरगञ्जबाट महिला पक्राउ

पर्सा । पर्सामा चोरीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकी महिलाको साथबाट करिब चार लाख ११ हजार रुपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिक रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना ती महिलाको साथबाट बरामद गरिएको हो। प्रहरीका अनुसार बरामद गरिएका गरगहनामा एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जुम्लामा बम विस्फोट, दुई जना घाइते, एकको अवस्था गम्भीर
नौरते नेपालीसिँजा (जुम्ला), कात्तिक ३ गते । जुम्लाको हिमा गाउँपालिका –२ ओदीमा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार बिहान बम विस्फोट हुँदा हिमा गाउँपालिका–२... ...

भाकल पूरा गर्न बुढासुब्बामा भीड
सुनसरी।धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ। बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भीड लागेको हो। मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार यहाँ मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ। भक्तजनले सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वासका ...

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व, गतवर्ष मात्र २१ करोड ६९ लाख संकलन
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आवमा रु २१ करोड ६९ लाख ९७ हजार ...

कांग्रेसको विभाजन यात्रा : २००९ देखि ०८२ सालसम्म
काठमाडौँ । नेपाली कांग्रेसमा समानान्तर महाधिवेशन भइरहेका छन् । संस्थापनले महाधिवेशन सम्पन्न गरिसकेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी तल्लो... ...


