चीनमा पुटिन र सीसँग त्रिपक्षीय बैठक गर्न तयार ट्रम्प

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन्। उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने सङ्केत गरेका छन्। ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै ‘युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको छ’ भन्दै टिप्पणी गरेका छन्। यसले वासिङ्टन र किएभबीचको मतभेदलाई थप उजागर गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा त्रिपक्षीय बैठकको सम्भावनाबारे चर्चा भए पनि कुनै ठोस सहमति नभएको बताएका छन्। नोभेम्बर १८ र १९ मा सेन्जेनमा हुने सम्मेलनमा तीनै देश सहभागी हुँदैछन्। चिनियाँ विदेश मन्त्रालयले भने सम्भावित भेटबारे जानकारी नभएको जनाएको छ। युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले ‘क किएभको सहभागिताबिना हुने बैठकले पुटिनलाई युद्ध जारी राख्न प्रोत्साहित गर्नेछ’ भन्दै चेतावनी दिएका छन्। पेस्कोभले पनि ‘अन्तिम शान्ति सम्झौताका लागि युक्रेनी प्रतिनिधिको सहभागिता आवश्यक छ’ भनेका छन्। यसैबीच, रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ। सोमबार खार्किभ क्षेत्रमा रुसी ड्रोन प्रहार हुँदा बालबालिकासहित छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। युक्रेनले अमेरिकामाथि महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध नगराएको आरोपसमेत लगाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जुम्लामा बम विस्फोट, दुई जना घाइते, एकको अवस्था गम्भीर
नौरते नेपालीसिँजा (जुम्ला), कात्तिक ३ गते । जुम्लाको हिमा गाउँपालिका –२ ओदीमा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार बिहान बम विस्फोट हुँदा हिमा गाउँपालिका–२... ...

भाकल पूरा गर्न बुढासुब्बामा भीड
सुनसरी।धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ। बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भीड लागेको हो। मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार यहाँ मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ। भक्तजनले सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वासका ...

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व, गतवर्ष मात्र २१ करोड ६९ लाख संकलन
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आवमा रु २१ करोड ६९ लाख ९७ हजार ...

कांग्रेसको विभाजन यात्रा : २००९ देखि ०८२ सालसम्म
काठमाडौँ । नेपाली कांग्रेसमा समानान्तर महाधिवेशन भइरहेका छन् । संस्थापनले महाधिवेशन सम्पन्न गरिसकेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी तल्लो... ...


