अमेरिकी जूरीले मंगलबार चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजीजलाई व्यापार गोप्य कुराहरू चोर्ने र बैंकहरूलाई ठगी गर्ने षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेको छ। ह्वावे वायरलेस दूरसञ्चार नेटवर्कहरूको लागि विश्वको सबैभन्दा ठूलो उपकरण आपूर्तिकर्ताहरू मध्ये एक हो। तर जूरीहरूले ह्वावेलाई आपराधिक ठगी षड्यन्त्रमा संलग्न हुनु जस्तो सबैभन्दा गम्भीर आरोपबाट मुक्त गरेको एपीन्यूजले रिपोर्ट गरेको छ। परिणामस्वरूप कम्पनीका वकिलले- यो माथिदेखि तलसम्म भ्रष्ट छ र ठगी, चोरी र झूट बोल्ने कर्पोरेट संस्कृति छ भन्ने सरकारको भनाईलाई खारेज गर्ने बताए। अभियोजकहरूले संगठित अपराध र लागुऔषधसम्बन्धी मुद्दाहरूमा सामान्यतया प्रयोग गरिने अभियोग लगाउँदै, ह्वावेले आफ्ना प्रतिस्पर्धी तथा साझेदारहरूबाट बौद्धिक सम्पत्ति र प्राविधिक रहस्यहरू चोर्नका लागि अवैध गतिविधिहरू सञ्चालन गरेको आरोप लगाएका थिए। दोषी ठहरिएका विषयहरूमा इरान र उत्तर कोरियालगायत अमेरिकी प्रतिबन्धको दायरामा रहेका देशहरूसँग व्यापार गरेको तथा आफ्ना गलत कार्यहरू लुकाउने प्रयासस्वरूप अमेरिकी सरकारी अधिकारीहरू र बैंकहरूसामु झूटो बयान दिएको आरोपहरू समावेश छन्। रिपोर्टअनुसार, यो मुद्दामा ह्वावेले अर्बौं डलर बराबरको जरिवानाको सामना गर्नुपर्ने हुन सक्छ। कुल १२ ओटा अभियोगमध्ये हुवावे १० ओटामा दोषी ठहरिएको छ। ब्रुकलिनको संघीय अदालतमा चलेको यस मुद्दामा कुनै पनि व्यक्ति प्रतिवादी थिएनन्, तर आगामी सेप्टेम्बरमा सजाय निर्धारण हुँदा कम्पनीले अर्बौं डलर जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्छ। “अमेरिकी राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने, अमेरिकी वाणिज्यको मर्यादा उल्लंघन गर्ने र अमेरिकी कानुनको कार्यान्वयनमा अवरोध पुर्याउने हुवावेको दशकौँ लामो प्रवृत्तिजस्ता गम्भीर अपराधहरू विरलै हुन्छन्,” ब्रुकलिनस्थित अमेरिकी न्यायाधिवक्ता जोसेफ नोसेला जुनियरले एक विज्ञप्तिमा भने। “कुनै पनि व्यक्ति वा कम्पनी कानुनभन्दा माथि छैन,” महान्यायाधिवक्ता टड ब्लान्चेले भने। ह्वावेका वकिलहरूले बताएअनुसार, अमेरिकी अनुसन्धानकर्ताहरूले कम्पनीका २ लाखभन्दा बढी कर्मचारीहरूमध्ये केही थोरै व्यक्तिहरूले गरेका छिटपुट गल्तीहरूलाई आधार बनाएर, वास्तवमा अस्तित्वमै नभएको एउटा ठूलो षड्यन्त्रको गलत कथा सिर्जना गरेका थिए। ह्वावेका वकिल ब्रायन हेबरलिगले कम्पनीले दोषी ठहरिएका फैसलाहरूविरुद्ध पुनरावेदन गर्ने बताए, तर ‘र्याकेटिरिङ’ सम्बन्धी षड्यन्त्र र न्याय सम्पादनमा अवरोध पुर्याउने षड्यन्त्रसम्बन्धी आरोपहरूबाट भने कम्पनीले सफाइ पाएकोमा उनले सन्तोष व्यक्त गरे। उनले ती ‘निर्दोष’ ठहरिएका फैसलाहरूलाई “कम्पनी र यसको इमानदारीपूर्वक कानुन पालना गर्ने संस्कृतिको पक्षमा आएको न्यायपूर्ण नतिजा” भनी टिप्पणी गरे। यस फैसलाले ह्वावेको विश्वव्यापी व्यावसायिक भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने कुरा स्पष्ट छैन। सुरक्षासम्बन्धी चिन्ताका कारण, विगत केही वर्षदेखि यस कम्पनीलाई अमेरिकी दूरसञ्चार सेवा प्रदायकहरूलाई उपकरणहरु बिक्री गर्न अनुमति दिइएको छैन। साथै, क्यानडा र बेलायत लगायतका अन्य पश्चिमा मित्र राष्ट्रहरूले पनि यसलाई ‘कालोसूची’ मा राखेका छन्। The post चिनियाँ टेक कम्पनी ह्वावे व्यापारिक रहस्य चोर्ने षड्यन्त्र गरेकोमा अमेरिकी जुरीद्वारा दोषी ठहर appeared first on Technology Khabar.
चिनियाँ टेक कम्पनी ह्वावे व्यापारिक रहस्य चोर्ने षड्यन्त्र गरेकोमा अमेरिकी जुरीद्वारा दोषी ठहर

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर





