Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’
Photo / Coverage: टेक्नोलोजी खबर

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन्। यहाँस्थित इजरायली राजदूतावासमा मङ्गलबार अपराह्न ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारले नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकता दिएर बेग्लै मन्त्रालयसमेत स्थापना गरेको बताए। ‘सम्माननीय प्रधानमन्त्री अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट नै राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्छ भन्नेमा दृढ हुनुहुन्छ,’ सरकारले पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशत रकम अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्याएको जानकारी दिँदै मन्त्री पुनले भने। कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, ड्रोन, कृषि तथा जैविक चिकित्सा इन्जिनियरिङलगायत क्षेत्रमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना सरकारको रहेको उनले बताए। नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले साइबर सुरक्षा र कृत्रिम बौद्धिकता क्षेत्रमा इजरायलले हासिल गरेको अनुभव प्रस्तुत गर्दै ज्ञान आदानप्रदान तथा संस्थागत साझेदारीमार्फत नेपालसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। त्यस अवसरमा चार सदस्यीय इजरायली प्रतिनिधिमण्डलले इजरायल– नेपाल सम्बन्धबारे चर्चा गर्दै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका विविध आयामबारे जानकारी दिएको थियो। नेपालको भौगोलिक वनोट र अनुकूल मौसमका कारण नेपाललाई साइबर सुरक्षाको केन्द्रका रूपमा विकास गर्न सकिने प्रमण्डलको भनाइ थियो।–रासस The post ‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चिनियाँ टेक कम्पनी ह्वावे व्यापारिक रहस्य चोर्ने षड्यन्त्र गरेकोमा अमेरिकी जुरीद्वारा दोषी ठहर
TechnologyJust now

चिनियाँ टेक कम्पनी ह्वावे व्यापारिक रहस्य चोर्ने षड्यन्त्र गरेकोमा अमेरिकी जुरीद्वारा दोषी ठहर

अमेरिकी जूरीले मंगलबार चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजीजलाई व्यापार गोप्य कुराहरू चोर्ने र बैंकहरूलाई ठगी गर्ने षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेको छ। ह्वावे वायरलेस दूरसञ्चार नेटवर्कहरूको लागि विश्वको सबैभन्दा ठूलो उपकरण आपूर्तिकर्ताहरू मध्ये एक हो। तर जूरीहरूले ह्वावेलाई आपराधिक ठगी षड्यन्त्रमा संलग्न हुनु जस्तो सबैभन्दा गम्भीर आरोपबाट मुक्त गरेको एपीन्यूजले रिपोर्ट गरेको छ। परिणामस्वरूप कम्पनीका वकिलले- यो माथिदेखि तलसम्म भ्रष्ट ...

टेक्नोलोजी खबर
इजरायलको साइबर सुरक्षा र एआई प्रविधिबारे काठमाडौंमा छलफल
TechnologyJust now

इजरायलको साइबर सुरक्षा र एआई प्रविधिबारे काठमाडौंमा छलफल

नेपालस्थित इजरायली दूतावासले साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) र उदीयमान प्रविधिमा इजरायलको अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्ने उद्देश्यले मंगलबार काठमाडौंमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रम आयोजना गरेको छ। सोमबार आयोजित कार्यक्रममा सरकार, सूचना प्रविधि, एआई, बैंकिङ तथा अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले इजरायलले अनुसन्धान र नवप्रवर्तनमा गरेको लगानीबाट नेपालले सिक्न सक्ने बताए। उनले इजरायलले ...

टेक्नोलोजी खबर
गुगलविरुद्ध मलेसियामा १४ करोड ६० लाख डलरको मुद्दा
TechnologyJust now

गुगलविरुद्ध मलेसियामा १४ करोड ६० लाख डलरको मुद्दा

काठमाडौं । युट्युबमार्फत फैलिरहेका अनलाइन जुवा, ठगी तथा हानिकारक सामाग्री नियन्त्रण गर्न असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलर बराबरको मुद्दा दायर गरेको छ ।मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले बुधबार गुगलले देशको कानुनी व्यवस्था र इजाजतपत्रका सर्त उल्लङ्घन गरेको आरोपमा दुईवटा छुट्टाछुट्टै मुद्दा अघि बढाएको जानकारी दिएको हो ।आयोगका अनुसार मुद्दामध्ये एउटा युट्युबमा प्रसारित जुवा, अनलाइन ...

आइसिटी समाचार
त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एक वर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा सञ्चालन गर्ने
TechnologyJust now

त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एक वर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा सञ्चालन गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग (सीडीजेएमसी) ले डिजिटल कन्टेन्ट क्रिएसन (डिजिटल सामाग्री उत्पादन) विषयमा एक वर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।डिजिटल युगमा बढ्दो सामाग्री उत्पादनको आवश्यकता र सम्भावनालाई ध्यानमा राख्दै विभागले डिजिटल स्टोरीटेलिङ तथा सामाग्री सिर्जनासम्बन्धी व्यावहारिक सीप विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याउन लागेको हो ।विभागका अनुसार यस कार्यक्रममा जुनसुकै विषयमा ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement