चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता

काठमाडौं। चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन महिनाको अवधिमा तीन हजार ६२ जनाले वंशजका आधारमा नेपाली नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त संख्यामा नागरिकता जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकास विकका अनुसार जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता लिएका छन्। यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १५ महिलाले वैवाहिक अङ्गीकृत र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्। साथै ३१ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्। माडीबाट एक महिलाले वैवाहिक अङ्गीकृत र एक जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्। यस अवधिमा कुल ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट १५ महिलाले वैवाहिक अङ्गीकृत र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्। सोही अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन् जसमा १० महिला र १८ पुरुष रहेका छन्। थप चार जनाको नागरिकता रद्द गरिएको छ। प्रशासनले यस अवधिमा राष्ट्रिय परिचयपत्र, राहदानी र अन्य सिफारिससम्बन्धी काम पनि गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट ११ हजार ९९७ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको र चार हजार ३७० वटा परिचयपत्र वितरण गरिएको छ। राहदानीका लागि पाँच हजार ८५२ जनाको सिफारिस गरिएको र चार हजार २४३ वटा राहदानी वितरण गरिएको सूचना अधिकारी विकले जानकारी दिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

‘भौतिक सफाया’को त्यो चेतावनी
तीन दशकअघि। माओवादीको ‘जनयुद्ध’। संकटकालको समय। हामीले प्रकाशन गरिरहेको ‘सूत्रधारश्री’ साप्ताहिक पत्रिकाको डेस्कको काम सकिएको थियो। डिजाइन सकेपछि ‘ट्रेसिङ’मा पत्रिकाको खाका निकाल्नुपर्ने थियो। डिजाइन तयार भएको सामग्री ‘फ्लपी डिस्क’मा सारेर चोक बजारस्थित कार्यालयबाट नारायणस्थानतिर जाँदै थियौँ। त्यसबेला अरू प्रविधि हामीसम्म आइपुगेको थिएन। राति ९ बजेतिरको कुरा हो। टोलीमा बेनुप भट्टराई, नुतन रञ्जितकार, म र सायद अरू कोही साथी पनि थिए। बीच बाटोतिर ...

अमेरिकी सरकार हुँदै सीआइएसम्मको सहकार्यले निर्माण गरेको विशाल निगरानीतन्त्रको दुष्चक्र
अमेरिकी रक्षा विभागको विशाल बजेट र अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) को लगानीका माध्यमबाट अमेजन, एप्पल, फेसबुक, गुगल र पेपालजस्ता दिग्गज प्रविधि कम्पनीहरूको उदय भयो । सरकारले यी... ...

पाल्पा च्याम्पियन्स ट्रफी : करुवा र पाल्पालीको विजयी सुरुवात
उद्घाटन खेलमा करुवा क्रिकेट क्लबले फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबलाई ११२ रन र पाल्पाली क्रिकेट प्लेयर्सले दमकडा क्रिकेट क्लबलाई १६ रनले हराए । ...

विश्व भोकमरी सूचकांकमा नेपालको सुधार
काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ । शनिवार सार्वजनिक प्रतिवेदनअनुसार नेपालको भोकमरीको अवस्था मध्यम श्रेणीमा रहे पनि अघिल्लो वर्षको तुलनामा सामान्य सुधार देखिएको हाे । प्रतिवेदनअनुसार नेपालले यस वर्ष १०० पूर्णाङ्कमा १४.५ अंक प्राप्त गरेको छ । सन् २०२५ मा नेपालको अंक १४.८ थियो । यसअघि सन् २०२४ मा १४.७ अंक रहेको ...


