Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘भौतिक सफाया’को त्यो चेतावनी

‘भौतिक सफाया’को त्यो चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘भौतिक सफाया’को त्यो चेतावनी

तीन दशकअघि। माओवादीको ‘जनयुद्ध’। संकटकालको समय। हामीले प्रकाशन गरिरहेको ‘सूत्रधारश्री’ साप्ताहिक पत्रिकाको डेस्कको काम सकिएको थियो। डिजाइन सकेपछि ‘ट्रेसिङ’मा पत्रिकाको खाका निकाल्नुपर्ने थियो। डिजाइन तयार भएको सामग्री ‘फ्लपी डिस्क’मा सारेर चोक बजारस्थित कार्यालयबाट नारायणस्थानतिर जाँदै थियौँ। त्यसबेला अरू प्रविधि हामीसम्म आइपुगेको थिएन। राति ९ बजेतिरको कुरा हो। टोलीमा बेनुप भट्टराई, नुतन रञ्जितकार, म र सायद अरू कोही साथी पनि थिए। बीच बाटोतिर पुग्दा कसैले हामीलाई पछ्याएजस्तो लाग्यो। एक जना साथीले पछाडि फर्केर हेरेपछि भने, “विशेष प्रहरीका मान्छेले हामीलाई पछ्याउँदै छन्।” हामी अलि सतर्क त भयौँ, तर पाइला गन्तव्यतिरबाट अन्यत्र मोडेनौँ। प्रिन्ट निकालेपछि भोलिपल्ट बिहानै झापाको बिर्तामोड पुगेर प्रेसमा पत्रिका छपाएर ल्याउनु हाम्रो नियमित काम थियो। अलि अगाडि पुगेपछि “पख्नुस्, पख्नुस्” भन्दै पछ्याउने व्यक्तिले हामीलाई रोक्न खोजे। हामी भने नटेरी अघि बढिरह्यौँ। राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत रहेर काम गर्ने उनले अझ कडा स्वरमा भने, “रोकिनु भनेको सुनेनौ? कि पेस्तोल नै निकाल्नुपर्ने हो?” नरोकिई धरै भएन। हामी रोकियौँ। नजिकै आएर उनले सोधे, “कतातिरको यात्रा हो, यति राति?” उनले हामीलाई राम्ररी चिन्थे। हामी पनि उनलाई चिन्थ्यौँ। हामीले पत्रिकाको कामले टार्क कम्प्युटर सेन्टर जान लागेको बतायौँ। त्यहाँ पुगेर पत्रिका छाप्नुअघि चाहिने ‘ट्रेसिङ पेपर प्रिन्ट’ निकाल्नु थियो। प्रिन्ट निकालेपछि भोलिपल्ट बिहानै झापाको बिर्तामोड पुगेर प्रेसमा पत्रिका छपाएर ल्याउनु हाम्रो नियमित काम थियो। हाम्रो जवाफ सुनेपछि उनले भने, “जे पायो त्यही नछाप्नुहोला। माओवादी आतंककारीलाई उक्साउने खालका कुरा पत्रिकामा आए भने राम्रो हुँदैन। अलि विचार गर्नुहोला।” अस्ति-अस्तितिर तपाईँहरूको पत्रिकामा माओवादी आतंककारीको समाचार खोजी-खोजी हालेको देखियो। यसलाई माथिबाट पनि राम्रो मानेका छैनन्। “त्यस्तो केही पनि छैन। जे भएको हो, त्यही कुरालाई तथ्यका आधारमा समाचार बनाउने हो,” हामीले भन्यौँ। नजिकै उभिएर कुरा गरिरहेका बेला थाहा पायौँ, उनले मदिरा पिएका थिए। सायद त्यसैको सुरमा अलि कडा कुरा गर्दै थिए। पेस्तोलको कुराले अघि नै थर्काइसकेकाले हामीले धेरै लामो कुरा गरिरहन उचित ठानेनौँ। बिदा हुन खोज्यौँ। उनले फेरि भने, “अस्ति-अस्तितिर तपाईँहरूको पत्रिकामा माओवादी आतंककारीको समाचार खोजी-खोजी हालेको देखियो। यसलाई माथिबाट पनि राम्रो मानेका छैनन्।” यति भनेर उनी फर्किएर आफ्नो बाटो लागे। हामी आफ्नै बाटो लाग्यौँ। तीन दशकअघि रिपोर्टिङका क्रममा दक्षिणी इलामको गाउँ दानाबारी गएका बेला सहकर्मी सोमनाथ सुसेली, धीरेन चेम्जोङ र आशीष राई (दिवंगत भएका) का साथ। तस्बिरः बिजयशेखर समाचार लेख्दा दुवैतिरबाट दबाब भोलिपल्ट हाम्रो टोलीका अरू साथीहरू पनि भेला भएर रातिको घटनाबारे छलफल गर्‍यौँ। प्रहरी र प्रशासनका हाकिमसँग भेटेर कुरा गर्ने निष्कर्ष निकालियो। तत्कालीन प्रहरी र प्रशासन प्रमुखसँग भेटेर राति मदिरा पिएको सुरमा हप्कीदप्की गरेको र पेस्तोलको कुरा गर्दै थर्काएको गुनासो गर्‍यौँ। उनीहरूले सम्बन्धित कर्मचारीलाई सम्झाउने प्रतिबद्धता जनाए। तर, उनीहरूले पनि भन्न छाडेनन्, “अप्ठ्यारो बेला छ, आतंककारीहरू उत्साहित हुने गरी समाचार दिने नगरौँ।” अघिल्लो राति हामीलाई थर्काउने व्यक्ति भोलिपल्ट आएर माफी मागेका थिए। माओवादी गतिविधि बढ्दै थियो। हामी गाउँ-गाउँ पुगेर उनीहरूका गतिविधि समेट्थ्यौँ। उनीहरूले सर्वसाधारणमाथि गरेका अन्यायपूर्ण व्यवहार र घटनालाई पनि समाचार बनाउँथ्यौँ। पत्रकारिताको धर्मअनुसार सबै कुरा सन्तुलित रूपमा प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धता छँदै थियो। कतिपयले त ‘भौतिक सफाया’ गर्ने सूचीमा हामीलाई राखेको भन्दै तर्साउने खालका सूचना पनि दिए। तर, यति हुँदाहुँदै पनि हामी स्थानीय प्रशासन, प्रहरी र विशेष प्रहरी भनिने निकायका कर्मचारीको तारो बन्ने गरेका थियौँ। कहिलेकाहीँ माओवादीको पनि। त्यसबेला उत्तरी इलामतिर गोरु माग्दा नदिएपछि एक वृद्धको माओवादीले हत्या गरेका थिए। त्यतिखेर जंगलमा बसेर लडाकुहरूले गोरुलगायत चौपायाको मासु खाने गरेको चर्चा व्यापक थियो। त्यो घटनाको समाचार छाप्यौँ। शीर्षक थियो- ‘हलगोरु नदिँदा माओवादीद्वारा वृद्धको हत्या’। समाचार सही थियो। सबै विवरण तथ्यमा आधारित थिए। तर, “यसले जनसमुदायमा नकारात्मक असर पर्ने” भन्दै माओवादी हामीसँग रिसाए। कतिपयले त ‘भौतिक सफाया’ गर्ने सूचीमा हामीलाई राखेको भन्दै तर्साउने खालका सूचना पनि दिए। त्यसबेलाका यस्ता अनेक घटना छन्। कतिपय सानातिना घटना त सम्झनाबाट हराइसकेका छन्। करिब तीन दशकअघि दार्जिलिङ भ्रमणका क्रममा नेपाल पत्रकार महासंघका पूर्वसभापतिद्वय विष्णु निष्ठुरी, शिव गाउँले, अग्रजहरू धर्म गौतम, धिरेन चेम्जोङ र सहकर्मीहरू बेनुप भट्टराई, बिप्लव भट्टराईलगायतका साथ। अभावबीच बनेको साझा मञ्च त्यतिबेला हाम्रो टोलीमा सुरुमा धर्म गौतम, धीरेन चेम्जोङ, सोमनाथ सुसेली, प्रभाकर प्रधान, विजयशेखर भट्टराई, नुतन रञ्जितकार, विमल प्रधान, मोहनमान श्रेष्ठ र मलगायत थियौँ। ‘सूत्रधारश्री’को सम्पादकको जिम्मेवारी मसँग थियो। असाध्यै मेहनतका साथ हामी पत्रिका निकाल्थ्यौँ। अभावका बीच पनि गुणस्तरलाई कहिल्यै खस्कन नदिने हाम्रो अठोट थियो। त्यही अठोटसँग एकाकार हुन सक्ने साथीहरू पछि थपिँदै गए। बेनुप भट्टराई, उमेश गुरुङ, आशिष राई, नेमिष गौतम, डिल्ली चापागाईंलगायत जोडिए। एउटा दुर्घटनामा परेर आशिषले हामीलाई छाडेर गए। विमल पनि हामीबीच छैनन्। कम्प्युटरका सबै काम ध्रुव खाकीले गर्थे। पत्रिका वितरणलगायत काममा भाइ चित्रनारायण ताम्राकारले सघाउँथे। पत्रिका बन्द भए पनि त्यो टोलीमा रहेर धेरै साथीले आफूलाई दक्ष र परिमार्जित गर्ने मौका पाए। पत्रिकामा असाध्यै थोरै विज्ञापन आउँथ्यो। पत्रिका धान्न हम्मेहम्मे पर्थ्यो। त्यसैले हामी केही आम्दानी हुने खालका काम पनि गर्थ्यौँ। त्यसबाट आएको पैसा पत्रिकामै खर्च हुन्थ्यो। सन्देशमूलक सडक नाटक गर्ने र केही सानातिना अनुसन्धानमूलक काम गर्नेजस्ता गतिविधिबाट विभिन्न निकायको संस्थागत सहयोग पाउँथ्यौँ। काम सबैले गरे पनि कम्प्युटर र वितरणजस्ता काम गर्ने साथीहरूले पारिश्रमिक पाउँथे। धेरै रकम प्रेसमा छपाइका लागि खर्च हुन्थ्यो। त्यसका लागि हाम्रो टोलीका कतिपय साथीले व्यक्तिगत खर्चसमेत बेहोर्थे। पछि मलगायत टोलीका कतिपय साथी कामका सिलसिलामा इलामबाहिर जानुपर्ने भयो। आर्थिक अभाव पनि थियो। यी कारणले गर्दा पत्रिकाले त्यसपछि निरन्तरता पाउन सकेन। पत्रिका बन्द भए पनि त्यो टोलीमा रहेर धेरै साथीले आफूलाई दक्ष र परिमार्जित गर्ने मौका पाए। धेरैजसो काठमाडौंबाट प्रकाशित हुने सञ्चारमाध्यममा काम गर्न थालिसकेका थिए। जो जहाँ पुगे पनि सबैका लागि ‘सूत्रधारश्री’ एउटा ऊर्जाशील मञ्च थियो। अझै पनि भेट हुँदा कुराकानीमा छुट्दै नछुट्ने विषय सूत्रधारश्रीकालीन समय नै हुने गरेको छ। तीन दशक अघिको इलाम सदरमुकाम। तस्बिरः बेनुप भट्टराई जोखिम मोलेर गाउँगाउँमा रिपोर्टिङ पत्रिका निकाल्दाको समयमा प्रायः हरेक महिना टोलीका केही दिन गाउँतिरको भ्रमण हुन्थ्यो। कहिले माओवादीले पूर्वको शान्तिपुरमा सुराकी भन्दै गरेको ‘भौतिक सफाया’को घटनाबारे रिपोर्टिङ गर्न त कहिले पश्चिमको जितपुर क्षेत्रमा तालिम गरिरहेको खबर पछ्याउन हामी पुग्थ्यौँ। एकपटक जितपुरको नवमीभन्दा अलि तल ठूलो संख्यामा माओवादीको टोली बसेको खबर आयो। सल्लाह गरेर हाम्रो टोली त्यतातिर लाग्यो। प्रहरी-प्रशासनको डर त छँदै थियो। तैपनि हामी गयौँ। बन्दुक बोकेका र छापामारको पोसाक लगाएका थुप्रै मानिस त्यहाँ बसेका थिए। टोलीका कमान्डर खाइलाग्दा देखिने ‘मंगल’ उपनामका व्यक्ति थिए। उनी र अरूसँग पनि हामीले उनीहरूको विगत, ‘जनयुद्ध’मा लाग्नुका कारणलगायत अनेक विषयमा कुरा गर्‍यौँ। पछि त्यसबारे समाचार प्रकाशित भयो। समाचार संकलन गरेपछि भेटेसम्म ‘ए-फोर’ पानामा अक्षर खिपेर लेख्नुपर्थ्यो। त्यसपछि फ्याक्स गर्नुपर्थ्यो। स्थलगत रूपमा गरिएको विस्तृत रिपोर्टिङ, हतियारधारी माओवादी लडाकुका तस्बिर र उनीहरूसँगको अन्तरंग कुराकानी प्रकाशित भएपछि प्रहरी-प्रशासनको चासो झन् बढ्यो। उनीहरूबारे सूचना दिनसमेत हामीलाई भनियो। तर, हाम्रो काम त्यो थिएन। हामीले सूचना दिएनौँ। माओवादीले गर्ने गरेका ‘कारबाही’का सूचना सम्पर्क सूत्रमार्फत हामीकहाँ चाँडै आइपुग्थे। हामी तिनलाई समाचारका रूपमा प्रस्तुत गर्थ्यौँ। यही कारणले हामीमाथि ‘माओवादीलाई सघाएको’ भन्ने आरोपसमेत लागेको थियो। जितपुरमा भेटिएका ती कमान्डरको केही समयपछि अन्यत्रै सरुवा भएको खबर आयो। त्यसको केही महिनापछि उनी र अरू केही छापामार मारिएको खबर माओवादीका केही कार्यकर्ता तथा लडाकुले हामीलाई दिएका थिए। तीन दशक अघिको इलाम सदरमुकामस्थित मुख्य चोक बजार। तस्बिरः बेनुप भट्टराई प्रविधि अभावमा समाचार पठाउँदाको सास्ती त्यतिबेलासम्म इलाममा प्रविधिका हिसाबले पत्रकारिता पहिलेभन्दा अलि सहज भइसकेको थियो। नत्र पहिले समाचार संकलन गरेपछि भेटेसम्म ‘ए-फोर’ पानामा अक्षर खिपेर लेख्नुपर्थ्यो। त्यसपछि फ्याक्स गर्नुपर्थ्यो। तत्काल पठाउनुपर्ने समाचार लेखिसकेर फ्याक्स गर्न जाँदा टेलिफोन र फ्याक्स सेन्टर सञ्चालन गरेका मनोज ताम्राकार भन्थे, “भर्खर बिजुली गयो, छाडेर जानुस्, आएपछि पठाइदिन्छु।” निरुपाय भएर फर्किनुपर्थ्यो। वैकल्पिक ऊर्जाको उपलब्धता थिएन। कहिलेकाहीँ समाचार पठाउँदापठाउँदै फ्याक्स मेसिनमा पाना आधा छिरिसकेपछि बिजुली जान्थ्यो। काम बन्दैनथ्यो, तर फ्याक्स मेसिनले निकाल्ने बिलमा पैसा चढिसकेको हुन्थ्यो। यस्ता हैरानी कति-कति! इलाममा फोटो धुलाउने ल्याब नआउँदासम्म क्यामराले खिचेको फोटोको रिल निकालेर प्रिन्ट गर्न बिर्तामोड पठाउनुपर्थ्यो। अलि लामो समाचार र फिचर भने लाइनवाला कापीमा लेखेर आफूले काम गर्ने सञ्चार संस्थाको काठमाडौंस्थित मुख्यालयमा कुरियरमार्फत पठाउनुपर्थ्यो। इलाममा फोटो धुलाउने ल्याब नआउँदासम्म क्यामराले खिचेको फोटोको रिल निकालेर प्रिन्ट गर्न बिर्तामोड पठाउनुपर्थ्यो। फोटो आएपछि मात्र त्यसलाई समाचारसँगै पठाउन पाइन्थ्यो। झापामा पनि ल्याब नहुँदाका बेला अग्रजहरूले विराटनगरबाट फोटो धुलाएर ल्याउने गर्थे। करिब तीन दशकअघिका ती सुरुआती दिन सम्झँदा प्रविधि सहज भएको अहिलेको समयमा ती कुरा कथाजस्तै लाग्छन्। शोकमा बदलिएको नयाँ वर्षको खुसी ऊर्जामय ती दिनमा मिलेर पत्रकारिता गर्दाका अनेक अनुभूति छन्। कतिपय रमाइला त कतिपय कष्टपूर्ण पनि। एक दिन टोलीका साथीहरू माइखोलामा पिकनिकजस्तै गरी नयाँ वर्ष मनाउने योजनामा थियौँ। फिक्कलतिरबाट प्रभाकर प्रधानसहितको टोली आउने र सदरमुकामबाट हाम्रो टोली गएर माइखोलामा भेटी रमाइलो गर्ने निधो भएको थियो। २०५९ वैशाख १ गतेलाई स्वागत गर्ने योजना थियो। अघिल्लो दिनदेखि अलि बिसञ्चो भएकाले म भने जान सकिनँ। साथीहरूले निकै कर गरिरहेका थिए। जान मन हुँदाहुँदै पनि स्वास्थ्यले साथ दिएन। घरमै सुतिरहेको थिएँ। मन भने माइखोलातिरै थियो। नयाँ वर्षको पहिलो दिन साथीहरू उता, आफू यता। मन त्यसै उदास भइरहेको थियो। यस्तैमा मध्याह्नतिर विजयशेखरले निकै अतालिँदै फोन गरे, “खत्तम भयो नि दाइ, माइखोलामा डुबेर आशिष राई बिते।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बालेन सरकार : रहस्य नै रहस्यमा छ महिना पार
ताजा खबरJust now

बालेन सरकार : रहस्य नै रहस्यमा छ महिना पार

प्रधानमन्त्री बालेन शाहले सरकारको नेतृत्व सम्हालेको लगभग सात महिना पुग्न लागेको छ। संविधानतः बहुमतप्राप्त सरकारको आयु पाँच बर्ष हुने भएपनि नेपालमा औसत सरकारहरुको आयु नै छ–सात महिना हुने गरेको सन्दर्भमा चाहिँ यो अवधि कम होइन। विहानीले दिउँसोको संकेत गर्नुपर्नेमा मध्यान्ह हुँदासमेत सरकारले आफूलाई कुनै पृथक रुपमा प्रस्तुत गर्न सकेन। यस अवधिमा अघिल्ला सरकारहरूभन्... ...

नेपालखबर
तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए
ताजा खबरJust now

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए । ...

कान्तिपुर
तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए, दुई जना घाइते
ताजा खबरJust now

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए, दुई जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए। ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पो... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play