विश्व भोकमरी सूचकांकमा नेपालको सुधार

काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ । शनिवार सार्वजनिक प्रतिवेदनअनुसार नेपालको भोकमरीको अवस्था मध्यम श्रेणीमा रहे पनि अघिल्लो वर्षको तुलनामा सामान्य सुधार देखिएको हाे । प्रतिवेदनअनुसार नेपालले यस वर्ष १०० पूर्णाङ्कमा १४.५ अंक प्राप्त गरेको छ । सन् २०२५ मा नेपालको अंक १४.८ थियो । यसअघि सन् २०२४ मा १४.७ अंक रहेको नेपालले पछिल्लो वर्ष केही गिरावट बेहोरे पनि यसपटक सुधार गरेको हो । भोकमरी सूचकांकमा कम अंकले तुलनात्मक रूपमा राम्रो अवस्था जनाउँछ । नेपालको भोकमरीको अवस्था विगत दुई दशकमा उल्लेख्य सुधार भएको तथ्यांकले देखाउँछ । सन् २००० मा नेपालको जीएचआई अंक ३७.१ थियो । त्यतिबेला नेपाल गम्भीर भोकमरीको श्रेणीमा थियो । सन् २०१८ मा १८.४ अंक रहेको नेपालको सूचकांक क्रमशः घट्दै आएको छ । दक्षिण एसियाली मुलुकसँग तुलना गर्दा नेपालको अवस्था क्षेत्रीय औसतभन्दा राम्रो देखिएको छ । सूचकांकमा श्रीलंका १०.२ अंकसहित ५३औँ, नेपाल १४.५ अंकसहित ७२औँ, बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १००औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा छन् । अफगानिस्तान १०८औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बालेन सरकार : रहस्य नै रहस्यमा छ महिना पार
प्रधानमन्त्री बालेन शाहले सरकारको नेतृत्व सम्हालेको लगभग सात महिना पुग्न लागेको छ। संविधानतः बहुमतप्राप्त सरकारको आयु पाँच बर्ष हुने भएपनि नेपालमा औसत सरकारहरुको आयु नै छ–सात महिना हुने गरेको सन्दर्भमा चाहिँ यो अवधि कम होइन। विहानीले दिउँसोको संकेत गर्नुपर्नेमा मध्यान्ह हुँदासमेत सरकारले आफूलाई कुनै पृथक रुपमा प्रस्तुत गर्न सकेन। यस अवधिमा अघिल्ला सरकारहरूभन्... ...

हारको संघारमा पुगेको भारतको सनसनीपूर्ण जित, तिलक र नितिशले कोरे विजयरेखा
तिलकले २६ बलमा अविजित रहँदै ५१ रन बनाए भने नितिशले १३ बलमा अविजित रहँदै २६ रनको योगदान दिए। ...

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए
दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए । ...

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए, दुई जना घाइते
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए। ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पो... ...


