Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

सप्तरी । राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ । तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो । तिहारमा प्रयोग गरिने माटोको दियो, कलश, घैला तथा छठपर्वमा प्रयोग गरिने बाँसको कोनिया, नाङ्लो, ढाकीलगायतका सामग्रीको माग दसैँपछि बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले जानकारी दिए । उनले भने, “बाँसले बनाएको सामग्री बेचेको एक दशक भयो । अन्य समयमा ठिकठिकै व्यापार भए पनि दसैँदेखि छठसम्म राम्रो व्यापार हुँदै आएको छ । अन्य सिजनमा दिनको एक हजारको हाराहारीमा व्यापार हुँदै आए पनि दसैँदेखि तिहारसम्म दोब्बर व्यापार हुँदै आएको उनले बताए । विवाह व्रतबन्ध, मृत्युु संस्कार घरमा लगाइने पूजाबाहेकमा माटो र बाँसका सामग्री आवश्यकता नपर्ने हुनाले किन्नुपर्ने बाध्यता छैन । तर, तिहार र छठ मधेसमा सबैले अनिवार्य मनाउने हुनाले किन्नैपर्ने बाध्यता भएको राजविराज नगरपालिका वडा नं २ की ममता झाले बताए । उनले मधेसको हरेक चाडपर्व तथा पूजामा माटोका भाँडा र बाँसका सामग्री नभई नहुने हुनाले यो सिजनमा उक्त सामग्रीको व्यावसायिक कारोबार बढ्ने गरेको बताए । जिल्लाको विभिन्न पालिकामा बसोबास गर्ने स्थानीय कुमालले बनाएको माटोका र मरिक (डोम) समुदायले बनाएको बाँसका सामग्रीले बजार लिएपछि स्थानीयस्तरको लगानी स्थानीयस्तरमै रहने सकारात्मक रहेको राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले बताए । उनले माटो र बाँसबाट निर्माण गरिएका सामग्री स्थानीयले आफ्नै ठाउँमा खरिदबिक्री गर्नु सकारात्मक पक्ष रहेको बताए । बाँस र माटोका सामग्री खरिदबिक्री गर्न जिल्लावासीले अन्य जिल्लाको भर पर्नुपरेको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

त्रिवि परिसर आसपासका सडकमा लेन मार्किङ र जेब्रा क्रसिङ निर्माण
ताजा खबरJust now

त्रिवि परिसर आसपासका सडकमा लेन मार्किङ र जेब्रा क्रसिङ निर्माण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै कीर्तिपुर तथा त्रिवि क्षेत्रका सडकहरूमा लेन मार्किङ र जेब्रा क्रसिङ निर्माण गरिएको छ। प्रतियोगिता... ...

रातोपाटी
तिहारसम्म सयपत्री फूल जोगाउने चिन्तामा किसान
ताजा खबरJust now

तिहारसम्म सयपत्री फूल जोगाउने चिन्तामा किसान

भद्रपुर (झापा), कात्तिक ११ गते । झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म कसरी जोगाएर राख्ने भन्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुले... ...

गोरखापत्र
पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह
ताजा खबरJust now

पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह

काठमाडौं । पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली ...

कर्पोरट खबर
चीनको गुइझोउमा केरा खेतीमा प्रविधिः ड्रोनको प्रयोगले बढायो उत्पादकत्व
ताजा खबरJust now

चीनको गुइझोउमा केरा खेतीमा प्रविधिः ड्रोनको प्रयोगले बढायो उत्पादकत्व

दक्षिण–पश्चिम चीनको गुइझोउ प्रान्तमा केरा खेती गर्ने किसानका लागि पछिल्लो समय ड्रोन प्रविधि वरदान सावित भएको छ । दुर्गम पहाडी भेगमा अवस्थित गुइझोउका मुख्य केरा उत्पादन क्षेत्रहरूमा परम्परागत रूपमा हातैले केरा ओसारपसार गर्दा हुने ढिलाइ र कष्टलाई कम गर्न ड्रोनको व्यापक प्रयोग शुरु गरिएको छ । चीनको सेहेङ काउन्टीस्थित यान्जिया टाउनमा गरिएको यो प्रविधिको प्रयोगले कृषि क्षेत्रमा आधुनिक औद्योगिकीकरणको नयाँ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play