Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह

पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह

काठमाडौं । पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ। प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनाका आधारमा यात्रा योजना बनाउन आग्रह गरिएको छ। खुम्बु, मनाङलगायतका हिमाली क्षेत्रमा तथा काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ। The post पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
ताजा खबरJust now

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद, कात्तिक ११ गते । भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बुधबार बिहान तट पार गरेको चक्रवातले तीव्... ...

गोरखापत्र
एन्फा मुख्यालयको ताला खुल्यो, वरिष्ठ उपाध्यक्ष खड्काले बोलाए केन्द्रीय समिति बैठक
ताजा खबरJust now

एन्फा मुख्यालयको ताला खुल्यो, वरिष्ठ उपाध्यक्ष खड्काले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालयमा लगाइएको ताला खुलेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कात्तिक १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । ... ...

रातोपाटी
भोटेकोशी र कालीगण्डकी बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक माग
ताजा खबरJust now

भोटेकोशी र कालीगण्डकी बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक माग

बुधबार बसेको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानीनोक्सानी र क्षतिको विवरण उपलब्ध गराउन माग गरेका हुन् । ...

कान्तिपुर
विपद्बाट भएको क्षतिको पुनःस्थापनाका लागि ५७ मिलियन डलर तत्काल आवश्यक
ताजा खबरJust now

विपद्बाट भएको क्षतिको पुनःस्थापनाका लागि ५७ मिलियन डलर तत्काल आवश्यक

काठमाडाैँ । रसुवा–भोटेकोशी विपद्बाट भएको क्षतिको प्रारम्भिक अनुमानअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको छ । तर प्रारम्भिक पुनःस्थापनाका लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. महेश्वर ढकालले गैरआर्थिक क्षतिको मूल्याङ्कन गर्दा आवश्यक रकम प्रारम्भिक ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play