चीनको गुइझोउमा केरा खेतीमा प्रविधिः ड्रोनको प्रयोगले बढायो उत्पादकत्व

दक्षिण–पश्चिम चीनको गुइझोउ प्रान्तमा केरा खेती गर्ने किसानका लागि पछिल्लो समय ड्रोन प्रविधि वरदान सावित भएको छ । दुर्गम पहाडी भेगमा अवस्थित गुइझोउका मुख्य केरा उत्पादन क्षेत्रहरूमा परम्परागत रूपमा हातैले केरा ओसारपसार गर्दा हुने ढिलाइ र कष्टलाई कम गर्न ड्रोनको व्यापक प्रयोग शुरु गरिएको छ । चीनको सेहेङ काउन्टीस्थित यान्जिया टाउनमा गरिएको यो प्रविधिको प्रयोगले कृषि क्षेत्रमा आधुनिक औद्योगिकीकरणको नयाँ ढोका खोलेको छ । एकपटकमा १०० किलोग्रामसम्म केरा बोक्न सक्ने क्षमता भएको ड्रोनले निकै कम समयमा उत्पादनलाई बजार वा संकलन केन्द्रसम्म पुर्याउन मद्दत गरिरहेको छ । प्राप्त तथ्यांकअनुसार यस्तो एक ड्रोनले एकतर्फी यात्राका लागि जम्मा दुईदेखि तीन मिनेटको समय मात्र लगाउँछ । यसअघि परम्परागत विधिबाट एकजना व्यक्तिले दिनभरिमा मुस्किलले ५०० किलोग्राम केरा मात्रै ओसार्न सक्थ्यो । तर ड्रोनको प्रयोगले सोही समय अवधिमा ५ देखि ८ टनसम्म केरा ढुवानी गर्न सम्भव भएको छ । यस प्रविधिले किसानको श्रम लागत घटाउनुका साथै उत्पादित केराको गुणस्तर कायम राख्न पनि ठूलो भूमिका खेलेको छ । पहाडी इलाकाका कठिन बाटोमा भारी बोकेर हिँड्नुपर्ने किसानहरूको बाध्यतालाई ड्रोनले हटेपछि स्थानीयस्तरमा कृषि उत्पादनको बिक्री र वितरणमा समेत तिब्रता आएको छ । सरकारी निकाय र स्थानीय कृषि सहकारीहरूले यो प्रविधिलाई थप प्रभावकारी बनाउन आधुनिक सञ्जाल विस्तार गरिरहेका छन् ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

६ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ । आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट... ...

जलवायुजन्य विपद् सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ
काठमाडौं।हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उक्त कुरा थाइल्यान्डको बैङ्ककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौं मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रमा बताएका हुन्। संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित कार्यक्रममा बुधबार बिहान मन्तव्य दिँदै ...

‘कबड्डी ५’ को कमाइ ७ करोड नाघ्यो
काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘कबड्डी ५’ ले घरेलु बक्स अफिसमा ७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । चलचित्रका निर्माता मणिराम पोखरेलका अनुसार मंगलबारसम्ममा ‘कबड्डी ५’ ले देशभरबाट ७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको हो । प्रदर्शनको सुरुवाती दिनदेखि नै चलचित्रले आक्रामक व्यापार गर्दै आएको छ । आइतबारसम्ममा ५ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको चलचित्रले ...

भोटेकोशी-कालीगण्डकी बाढी प्रभावित ४९ वडाको क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन संसदीय समितिको निर्देशन
काठमाडाैँ । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद्बाट प्रभावित ४९ वटै वडाको छुट्टाछुट्टै क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन सरकारसँग माग गरेको छ । समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित प्रत्येक वडामा मानवीय क्षति, बेपत्ता भएका व्यक्ति, कृषि तथा अन्य क्षेत्रमा भएको क्षति र राहत वितरणको वास्तविक विवरण उपलब्ध कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई निर्देशन ...


